मोरङको बेलबारी नगरपालिका–४ मा रहेको बेतना सिमसार आन्तरिक पर्यटकको रमाइलो गन्तव्य बनेको छ । त्यति मात्रै नभएर जैविक विविधताको संरक्षण, दुर्लभ वन्यजन्तुको आश्रयस्थल, वातावरणीय अध्ययन तथा अनुसन्धान र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण बेतना सिमसार पछिल्ला वर्षहरूमा कोशी प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको हो ।
विशेषगरी साइबेरियाबाट आउने दुर्लभ चरादेखि विश्वमै दुर्लभ मानिने ‘मयुर पंखी कछुवा’सम्मको बासस्थान एवं आश्रयस्थल बनेको बेतना पछिल्लो समय विद्यार्थी, अनुसन्धानकर्ता, प्रकृतिप्रेमी र पर्यटकको साझा रोजाइ बन्न पुगेको छ । तर, सबैको रोजाइमा परिरहेको सिमसारले जेनजी आन्दोलनका बेला ठूलो क्षति पनि बेहोर्नु पर्यो ।
आन्दोलनका क्रममा यहाँ रहेका भवन, सीसी क्यामेरा तथा अन्य भौतिक संरचना जलाएर ध्वस्त पारिएपछि सिमसारको आम्दानीमा उल्लेख्य गिरावट आएको छ । बेतना सिमसार अहिले पूर्वाधार पुनर्निर्माण, सरकारी सहयोग र दीर्घकालीन संरक्षण योजनाको पर्खाइमा छ ।
कोशी प्रदेश नेपालको पूर्वी भू–भागमा अवस्थित प्राकृतिक विविधताको अनुपम संगम हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि देशकै सबैभन्दा होचो भू–भाग झापाको कचनकवलसम्म फैलिएको यो प्रदेश हिमाल, पहाड र तराईको अनुपम संयोजनले परिचित छ ।
धार्मिक पर्यटन, ऐतिहासिक सम्पदा, औद्योगिक विकास, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यका कारण कोशी प्रदेशले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पर्यटन नक्सामा पनि विशेष पहिचान बनाउँदै आएको छ । यसै प्रदेशको तराई क्षेत्रमा अवस्थित बेतना सिमसारलाई अहिले प्रदेशको पर्यटकीय विकासको नयाँ सम्भावनाका रूपमा हेरिन थालेको छ । केही वर्षअघिसम्म सीमित स्थानीयको जानकारीमा रहेको बेतना अहिले देशभरका पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताको गन्तव्य बनेको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण सिमसार
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार पुग्न सहज छ । इटहरीबाट करिब १५ किलोमिटर पूर्वतर्फ रहेको बेतना सडक सञ्जालसँग प्रत्यक्ष जोडिएकाले दैनिक सयौँ पर्यटक सहजै पुग्ने गरेका छन् । हरियाली जंगल, स्वच्छ जलाशय र चराचुरुङ्गीको मधुर आवाजले भरिएको वातावरणमा प्रवेश गर्दा छुट्टै संसारमा पुगेको अनुभूति हुन्छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अनुसार सिमसार करिब १७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये करिब तीन हेक्टर जलाशय रहेको छ भने बाँकी १७३ हेक्टर क्षेत्रमा घना जंगल फैलिएको छ । यही जंगल र जलाशयको संयोजनले बेतनालाई पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण सिमसार क्षेत्रमध्ये एक बनाएको हो ।
जैविक विविधताको अनुपम भण्डार
बेतना सिमसारको सबैभन्दा ठूलो विशेषता यसको जैविक विविधता हो । एउटै ठाउँमा धेरै प्रजातिका जीवजन्तु, चराचुरुङ्गी, वनस्पति र जलचर पाइने स्थान नेपालमै सीमित छन् । यहाँ ६३ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हरेक वर्ष जाडो सुरु भएसँगै साइबेरियालगायत उत्तरका चिसा भू–भागबाट दुर्लभ चराहरू यहाँ बसाइँ सरेर आउने गर्छन् । असोजको अन्तिम सातादेखि फागुनसम्म चराहरूको आगमनले सिमसारको सौन्दर्य अझ बढाउने गरेको छ ।
त्यसैगरी यहाँ ७५ प्रजातिका पुतली, ५६ भन्दा बढी प्रजातिका वनस्पति, विभिन्न जातका माछा तथा अन्य जलचर जीवहरू पाइन्छन् । जंगल क्षेत्रमा करिब १३ प्रजातिका स्तनधारी वन्यजन्तु बसोबास गर्ने गरेका छन् । सिमसार परिसरमा उद्धार गरेर ल्याइएका केही वन्यजन्तु पनि संरक्षण गरिएको छ । बाँदर, वन बिरालो, खरायो, अजिंगर, हरिण, लोखर्के, चिल, सेतो मुसालगायतका जीवजन्तुलाई सुरक्षित राखिएको छ । यसले सिमसारलाई सानो प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिएको छ ।
विश्वमै दुर्लभ ‘मयुर पंखी कछुवा’को सुरक्षित आश्रय
बेतना सिमसारलाई अन्य सिमसारभन्दा फरक बनाउने सबैभन्दा महत्वपूर्ण पक्ष दुर्लभ कछुवाको संरक्षण हो । यहाँ पाँच प्रजातिका कछुवा पाइन्छन् । जसमा सबैभन्दा महत्वपूर्ण ‘मयुर पंखी कछुवा’ हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष रीता कोइरालाका अनुसार ‘मयुर पंखी कछुवा’ अत्यन्तै दुर्लभ प्रजातिको हो र बेतना यसको प्रमुख संरक्षणस्थलका रूपमा चिनिन्छ । यसबाहेक सुन कछुवा, पुतली कछुवा, घिडिया कछुवा र भुइँ कछुवा पनि यहाँ पाइन्छन् ।
दुर्लभ कछुवाको संरक्षणलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारबाट एक करोड ३९ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताइन् । कछुवाको संरक्षण, प्रजनन तथा व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको छ । यही कारण पछिल्लो समय कछुवा सम्बन्धी अध्ययन गर्न देशका विभिन्न विश्वविद्यालयका विद्यार्थी र अनुसन्धानकर्ताहरू नियमित रूपमा बेतना पुग्ने गरेका छन् ।
अनुसन्धान केन्द्रका रूपमा बढ्दो आकर्षण
पहिले बेतना मुख्यतः वनभोज र घुमफिरको गन्तव्यका रूपमा चिनिन्थ्यो । अहिले यसको परिचय फेरिँदै गएको छ । पछिल्ला वर्षहरूमा वनस्पति विज्ञान, प्राणी विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू नियमित रूपमा आउने गरेको उपाध्यक्ष कोइरालाको भनाइ छ । उनका अनुसार विश्वविद्यालय तथा कलेजका विद्यार्थीले यहाँको पानी, माछा, पुतली, कछुवा, चराचुरुङ्गी र वनस्पतिमा अनुसन्धान गर्दै शोधपत्र तयार पार्ने गरेका छन् । झापा, मोरङ र सुनसरीका शैक्षिक संस्थाहरू मात्र नभएर देशका अन्य प्रदेशबाट पनि विद्यार्थी अध्ययन भ्रमणमा बेतना आउने क्रम बढेको जानकारी कोइरालाले दिइन् । यही कारण बेतना अब सामान्य पर्यटकीय गन्तव्यभन्दा माथि उठेर अनुसन्धान, अध्ययन र जैविक विविधताको प्रयोगशालाका रूपमा विकास हुने दिशामा अघि बढिरहेको छ ।
स्थानीय कृषि र अर्थतन्त्रको आधार
बेतना सिमसारको महत्व पर्यटन वा अनुसन्धानमा मात्र सीमित छैन । यहाँको जलस्रोतले आसपासका करिब एक हजार बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने गरेको छ । २०५७ सालमा गठन भएको बेतौना जलउपभोक्ता समूहमार्फत किसानहरूले यहाँको पानी प्रयोग गर्दै आएका छन् । स्थानीय कृषिको उत्पादन वृद्धि गर्न सिमसारले महत्वपूर्ण भूमिका खेलेको छ । यससँगै देवीथान र अमना–सिसौली सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय संघ संस्थाहरूले पनि संरक्षण अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । चोरीसिकारी नियन्त्रण, वन विनाश रोकथाम तथा अवैध गतिविधि नियन्त्रणका लागि चौकीदार, तारबार तथा सीसी क्यामेराको व्यवस्था गरिएको थियो । तर, जेनजी आन्दोलनका क्रममा अधिकांश भौतिक संरचना नष्ट भएपछि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन ।
यो सिमासारले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ । प्रत्यक्ष रूपमा ११ जना कर्मचारीले रोजगारी पाएका छन् । आवश्यकता अनुसार स्थानीयलाई अन्य विभिन्न काममा पनि संलग्न गराइन्छ । तर, प्रत्यक्ष रोजगारीभन्दा ठूलो प्रभाव अप्रत्यक्ष रोजगारीमा देखिएको छ । सिमसार आसपास अहिले १५ भन्दा बढी होटल सञ्चालनमा छन् । चटपटे, चिया, नास्ता तथा स्थानीय परिकार बिक्री गर्ने व्यवसाय फस्टाएका छन् । सिटी सफारी चालक, साना व्यवसायी तथा स्थानीय व्यापारीको आम्दानीमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
उपाध्यक्ष कोइरालाले भनिन्, ‘बेतना सिमसार आफूले मात्रै आम्दानी गरेको छैन । यहाँ आउने पर्यटककै कारण बाहिर १५ भन्दा बढी होटल सञ्चालनमा छन् । चटपटे बिक्री गर्ने, सिटी सफारीमार्फत पर्यटकलाई ल्याउने–लाने, स्थानीय व्यापार गर्ने धेरैको आम्दानी यसैसँग जोडिएको छ । त्यसैले तीनै तहका सरकारले यसको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिन जरुरी छ ।’ उनका अनुसार सिमसारको वार्षिक आम्दानी करिब ६० देखि ७० लाख रुपैयाँ हुने गरेको छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ भने १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पिकनिक स्पोट र पाइडल डुंगाको भने छुट्टै शुल्क लाग्ने गरेको छ । उक्त आम्दानीबाट बेलबारी नगरपालिकालाई २० प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने हुन्छ । यसबाहेक अन्य कर तथा स्थानीय संघ संस्थालाई सहयोगसमेत उक्त आम्दानीबाट गरिने कोइरालाले बताइन् ।
पर्यटकको बढ्दो आकर्षण
बेतना पूर्वी नेपालको लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यमध्येमा पर्छ । जाडोयाम सुरु भएसँगै यहाँको वातावरण थप जीवन्त बन्छ । साइबेरियाबाट आउने दुर्लभ चराहरू, पानीमाथि तैरिरहेका कछुवा, हरियाली जंगल, स्वच्छ हावा र शान्त वातावरणले गर्दा दैनिक सयौँ पर्यटक बेतनातर्फ आकर्षित हुन्छन् । बेतना सिमसारमा पर्यटकको चहलपहल अत्यधिक बढ्ने समय असोजको अन्तिम सातादेखि फागुन महिनासम्म हो । बेतना घुमघामको मुख्य सिजनमा विद्यालय तथा कलेजका अध्ययन भ्रमण, वनभोज कार्यक्रम, पारिवारिक घुमघाम, संस्थागत भ्रमण र प्रकृति अवलोकनका गतिविधि उल्लेख्य रूपमा हुने गरेको कोइरालाले बताइन् ।
उनका अनुसार सिजनमा बिदाको दिन तथा शनिबार दैनिक करिब दुई हजार जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । अन्य समयमा दैनिक एकदेखि दुई सय पर्यटक नियमित रूपमा सिमसार घुम्न आउने उनले बताइन् । कोइरालाका अनुसार सिमसारमा आउने पर्यटक रमाइलो गर्न मात्रै आउने होइनन् । कतिपय स्वास्थ्यका लागि बिहान–बेलुका पैदल हिँड्न आउँछन् भने धेरै विद्यार्थी अध्ययन तथा अनुसन्धानका लागि पुग्ने गरेका छन् । पछिल्लो समय जीव विज्ञान, वनस्पति विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अनुसन्धान गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको उनले बताइन् ।
उपाध्यक्ष कोइरालाले भनिन्, ‘विद्यार्थीहरू किताब लिएर शान्त माहोलमा पढ्न आउने गर्छन् । विभिन्न जीव र वनस्पतिविज्ञहरू अनुसन्धान गर्न आउँछन् । जीवजन्तुको संरक्षण हाम्रो मुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौं । नेपालको ठूलो सिमसार कैलालीको घोडाघोडी तालपछि बेतना सिमसारलाई मानिएको छ ।’ उनले अझ थप्दै भनिन्, ‘वनस्पति, पुतली, माछा, कछुवा र पानीमा ‘रिसर्च’ गर्ने तथा थेसिस बनाउन आउने विद्यार्थीहरुको संख्या धेरै हुन्छ । झापा, मोरङ र सुनसरीका मात्रै नभई देशका विभिन्न ठाउँका कलेजले विद्यार्थी ल्याउने गरेका छन् ।’ बेतना सिमसार अब पर्यटकीय केन्द्रमा सीमित नरही अध्ययन, अनुसन्धान र जैविक विविधताको संरक्षणसँग जोडिएको शैक्षिक केन्द्रका रूपमा पनि विकसित हुँदै गएको कोइरालाको भनाइ छ ।
सिमसार आउने पर्यटकको दायरा बर्सेनि फराकिलो बन्दै गएको छ । यहाँ कोशी प्रदेशसहित देशका विभिन्न जिल्लाका पर्यटक आउँछन् । भारतीय पर्यटकको पनि आउने गरेका छन् । भारतको ओडिसा, पश्चिम बंगाल र बिहारबाट समेत पर्यटक आउने गरेको तथ्यांक छ । केही तेस्रो मुलुकका पर्यटकले पनि बेतनालाई भ्रमण सूचीमा राख्ने गरेका छन् । राजमार्गसँग जोडिएको भए पनि सिमसारभित्र प्रवेश गरेपछि बाहिरको कोलाहल एकाएक हराउँछ । घना हरियाली, चराचुरुङ्गीको आवाज, चिसो हावा, शान्त वातावरण र पानीको सतहमा तैरिरहेका जीवजन्तुले प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउँछन् । यही विशेषताले बेतनालाई अन्य धेरै पर्यटकीय स्थलभन्दा फरक बनाएको हो ।
उनका अनुसार यहाँका माछा, कछुवा, जलाशय र हरियालीले मानिसलाई प्रकृतिसँग नजिक बनाइदिन्छ । ‘यहाँ भएका माछा, कछुवा र रमणीय वातावरणले आनन्द दिन्छ । अझ यसभित्र एउटा व्यवस्थित चियाखाना सञ्चालन गर्न सकियो भने घुम्न आउने पर्यटकलाई थप सहज हुने थियो,’ भण्डारीले सुझाव दिए । भण्डारीजस्तै धेरै पर्यटकले बेतनालाई व्यवस्थित प्राकृतिक विश्रामस्थलका रूपमा विकास गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।
वनभोज, डुंगा सयर र व्यवस्थित पूर्वाधार
पर्यटकलाई लक्षित गरेर बेतना सिमसारभित्र आवश्यक पूर्वाधार विस्तार गरिएको छ । समितिका अनुसार सिमसार क्षेत्रमा ६० वटा पिकनिक स्पोट (वनभोज स्थल) निर्माण गरिएका छन् । प्रत्येक स्थानमा खानेपानी, बस्ने व्यवस्था, शौचालय तथा सरसफाइको सुविधा छ । सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा जडान गरिएका छन् । पर्यटकका लागि सञ्चालनमा ल्याइएको पाइडल डुंगाले जलाशयको मनोरम दृश्य नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्छ ।
परिसरमा वातावरणीय सौन्दर्य थप्ने उद्देश्यले विभिन्न कलाकार तथा वातावरणविद्को सहयोगमा कमिला, विभिन्न प्रजातिका हाडखोर तथा अन्य जीवजन्तुका कलात्मक प्रतिमासमेत निर्माण गरिएको छ । उद्धार गरेर ल्याइएका बाँदर, वन बिरालो, लोखर्के, अजिंगर, खरायो, हरिण, चिल तथा अन्य वन्यजन्तुको संरक्षण गरिएकाले सिमसारले प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिन थालेको छ ।
आन्दोलनले निम्त्याएको ठूलो क्षति
बेतना सिमसारले प्राकृतिक विपत्तिभन्दा ठूलो क्षति मानवीय गतिविधिबाट बेहोर्नुपरेको छ । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले २०८२ भदौ २४ गते सिमसारभित्र रहेका भवन, सीसी क्यामेरा तथा अन्य भौतिक संरचनामा आगजनी र तोडफोड गरेको थियो । यसबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । पहिले यहाँको भवनमा विभिन्न संघसंस्था, सरकारी निकाय तथा निजी संस्थाले साधारणसभा, गोष्ठी, तालिम र सेमिनार आयोजना गर्ने गर्थे । भवन भाडाबाट सिमसारलाई राम्रो आम्दानी हुने गरेको थियो । तर, भवन पूर्णरूपमा ध्वस्त पारिएपछि सबै गतिविधि पूर्णरूपमा बन्द भएका छन् ।
उपाध्यक्ष कोइरालाले दुःख व्यक्त गर्दै भनिन्, ‘आन्दोलनमा यहाँको भवन जलाएर पूर्णरूपमा ध्वस्त पारिएकाले अहिले बाहिर खुला स्थानमा घुम्न आउने मात्रै छन् । भवन नभएकाले कार्यक्रम गर्न आउँदैनन् । यसले सिमसारको आम्दानी घटेको छ ।’ उनका अनुसार आन्दोलनअघि सिमसारको आन्तरिक आयको महत्वपूर्ण हिस्सा भवन भाडाबाट आउने गरेको थियो । यद्यपि, प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २० लाख रुपैयाँ लागतमा पानीको फोहोरा निर्माण गरिएको छ । त्यसले सिमसारको सौन्दर्य बढाएको भए पनि आन्दोलनबाट ध्वस्त भएका मुख्य पूर्वाधार पुनर्निर्माण हुन अझै बाँकी छन् ।
संरक्षण नै सबैभन्दा ठूलो चुनौती
पर्यटकको संख्या बढ्दै जानु सकारात्मक पक्ष भए पनि त्यससँगै संरक्षणको चुनौती पनि थपिएको छ । सिमसार क्षेत्रमा प्लास्टिकजन्य फोहोर, अव्यवस्थित वनभोज, वन्यजन्तुलाई अनावश्यक रूपमा जिस्क्याउने प्रवृत्ति तथा प्राकृतिक सम्पदाप्रतिको लापरबाही नियन्त्रण गर्नु सजिलो छैन । उपाध्यक्ष कोइरालाका अनुसार सिमसारको आम्दानीको मुख्य स्रोत नै पर्यटक भएकाले उनीहरूको सुरक्षा, सुविधा र प्राकृतिक सम्पदाको संरक्षणलाई समान रूपमा अघि बढाउनुपर्ने अवस्था छ । उनले भनिन्, ‘पर्यटक नआएमा यहाँको संरक्षण गर्न नै समस्या हुन्छ । त्यही भएर हामी सिमसारलाई कसरी संरक्षण गर्ने र पर्यटकलाई कसरी लोभ्याउने भन्ने योजनामै केन्द्रित छौं । प्रदेश सरकारको सहयोग भर्खरै मात्रै प्राप्त गर्न थालेका हौं । नगरपालिकाले सामान्य सहयोग गरेको छ ।’ संरक्षणको काम समितिको प्रयासले मात्र सम्भव नहुँदै बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट नीति, दीर्घकालीन योजना, नियमित बजेट व्यवस्थापन तथा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरिन् ।
बेतना सिमसारले पर्यटकलाई मनोरञ्जन मात्र दिएको छैन । यसले स्थानीय कृषिलाई सिँचाइ, दुर्लभ जीवजन्तुलाई सुरक्षित आश्रय र सयौँ परिवारलाई आम्दानी दिएको छ । विद्यार्थीलाई अनुसन्धानको खुला कक्षा उपलब्ध गराएको छ । प्राकृतिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन विकास, वैज्ञानिक अनुसन्धान, स्थानीय रोजगारी र वातावरणीय सन्तुलनलाई एकसाथ अघि बढाउन सकिएमा बेतना सिमसार भविष्यमा कोशी प्रदेशको मात्र नभएर नेपालकै अन्तर्राष्ट्रिय पहिचान बोकेको उत्कृष्ट सिमसार गन्तव्य बन्ने स्थानीय बताउँछन् । नेपालको सिमसार संरक्षण र प्रकृतिमा आधारित दिगो विकासको नमुना पनि स्थापित हुने उनीहरुको भनाइ छ ।

घना हरियाली, चराचुरुङ्गीको आवाज, चिसो हावा, शान्त वातावरण र पानीको सतहमा तैरिरहेका जीवजन्तुले प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउँछन् । यही विशेषताले बेतनालाई अन्य धेरै पर्यटकीय स्थलभन्दा फरक बनाएको हो ।जानकारहरूका अनुसार ‘बेतना’ नाम पनि यहाँ प्रशस्त पाइने दुई प्रजातिका बेत वनस्पतिबाट रहन गएको हो । जमिनको गर्भबाट वर्षभरि निरन्तर पानी निस्कने भएकाले यहाँका पोखरी कहिल्यै सुक्दैनन् । यही विशेषताले असंख्य जीवजन्तु र वनस्पतिलाई स्थायी एवं सुरक्षित वासस्थान प्रदान गरेको छ ।
जैविक विविधताको अनुपम भण्डार
बेतना सिमसारको सबैभन्दा ठूलो विशेषता यसको जैविक विविधता हो । एउटै ठाउँमा धेरै प्रजातिका जीवजन्तु, चराचुरुङ्गी, वनस्पति र जलचर पाइने स्थान नेपालमै सीमित छन् । यहाँ ६३ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हरेक वर्ष जाडो सुरु भएसँगै साइबेरियालगायत उत्तरका चिसा भू–भागबाट दुर्लभ चराहरू यहाँ बसाइँ सरेर आउने गर्छन् । असोजको अन्तिम सातादेखि फागुनसम्म चराहरूको आगमनले सिमसारको सौन्दर्य अझ बढाउने गरेको छ ।
त्यसैगरी यहाँ ७५ प्रजातिका पुतली, ५६ भन्दा बढी प्रजातिका वनस्पति, विभिन्न जातका माछा तथा अन्य जलचर जीवहरू पाइन्छन् । जंगल क्षेत्रमा करिब १३ प्रजातिका स्तनधारी वन्यजन्तु बसोबास गर्ने गरेका छन् । सिमसार परिसरमा उद्धार गरेर ल्याइएका केही वन्यजन्तु पनि संरक्षण गरिएको छ । बाँदर, वन बिरालो, खरायो, अजिंगर, हरिण, लोखर्के, चिल, सेतो मुसालगायतका जीवजन्तुलाई सुरक्षित राखिएको छ । यसले सिमसारलाई सानो प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिएको छ ।
विश्वमै दुर्लभ ‘मयुर पंखी कछुवा’को सुरक्षित आश्रय
बेतना सिमसारलाई अन्य सिमसारभन्दा फरक बनाउने सबैभन्दा महत्वपूर्ण पक्ष दुर्लभ कछुवाको संरक्षण हो । यहाँ पाँच प्रजातिका कछुवा पाइन्छन् । जसमा सबैभन्दा महत्वपूर्ण ‘मयुर पंखी कछुवा’ हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष रीता कोइरालाका अनुसार ‘मयुर पंखी कछुवा’ अत्यन्तै दुर्लभ प्रजातिको हो र बेतना यसको प्रमुख संरक्षणस्थलका रूपमा चिनिन्छ । यसबाहेक सुन कछुवा, पुतली कछुवा, घिडिया कछुवा र भुइँ कछुवा पनि यहाँ पाइन्छन् ।
दुर्लभ कछुवाको संरक्षणलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारबाट एक करोड ३९ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताइन् । कछुवाको संरक्षण, प्रजनन तथा व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको छ । यही कारण पछिल्लो समय कछुवा सम्बन्धी अध्ययन गर्न देशका विभिन्न विश्वविद्यालयका विद्यार्थी र अनुसन्धानकर्ताहरू नियमित रूपमा बेतना पुग्ने गरेका छन् ।
अनुसन्धान केन्द्रका रूपमा बढ्दो आकर्षण
पहिले बेतना मुख्यतः वनभोज र घुमफिरको गन्तव्यका रूपमा चिनिन्थ्यो । अहिले यसको परिचय फेरिँदै गएको छ । पछिल्ला वर्षहरूमा वनस्पति विज्ञान, प्राणी विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू नियमित रूपमा आउने गरेको उपाध्यक्ष कोइरालाको भनाइ छ । उनका अनुसार विश्वविद्यालय तथा कलेजका विद्यार्थीले यहाँको पानी, माछा, पुतली, कछुवा, चराचुरुङ्गी र वनस्पतिमा अनुसन्धान गर्दै शोधपत्र तयार पार्ने गरेका छन् । झापा, मोरङ र सुनसरीका शैक्षिक संस्थाहरू मात्र नभएर देशका अन्य प्रदेशबाट पनि विद्यार्थी अध्ययन भ्रमणमा बेतना आउने क्रम बढेको जानकारी कोइरालाले दिइन् । यही कारण बेतना अब सामान्य पर्यटकीय गन्तव्यभन्दा माथि उठेर अनुसन्धान, अध्ययन र जैविक विविधताको प्रयोगशालाका रूपमा विकास हुने दिशामा अघि बढिरहेको छ ।
देशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २० लाख रुपैयाँ लागतमा पानीको फोहोरा निर्माण गरिएको छ । त्यसले सिमसारको सौन्दर्य बढाएको भए पनि आन्दोलनबाट ध्वस्त भएका मुख्य पूर्वाधार पुनर्निर्माण हुन अझै बाँकी छन् ।वनस्पति, जलचर, दुर्लभ कछुवा, साइबेरियन चराको बसाइँसराइ, पुतली, जलस्रोत तथा सिमसार पारिस्थितिकीय प्रणालीमाथि अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर बढिरहेको छ । नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका शोधपत्र तयार गर्न बेतनालाई प्रयोग गरिरहेका छन् । वातावरणविद्, जीवविज्ञ, वनस्पतिविज्ञ तथा संरक्षणकर्मीले समेत बेतनालाई पूर्वी नेपालको खुला प्रयोगशाला भन्न थालेका छन् । यस अवस्थाले उचित लगानी, अनुसन्धान पूर्वाधार, प्रयोगशाला, सूचना केन्द्र तथा अन्तर्राष्ट्रिय सहकार्यको व्यवस्था गर्न सकिए बेतना महत्वपूर्ण सिमसार अनुसन्धान केन्द्र बन्न सक्ने सम्भावना बलियो देखिन्छ ।
स्थानीय कृषि र अर्थतन्त्रको आधार
बेतना सिमसारको महत्व पर्यटन वा अनुसन्धानमा मात्र सीमित छैन । यहाँको जलस्रोतले आसपासका करिब एक हजार बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने गरेको छ । २०५७ सालमा गठन भएको बेतौना जलउपभोक्ता समूहमार्फत किसानहरूले यहाँको पानी प्रयोग गर्दै आएका छन् । स्थानीय कृषिको उत्पादन वृद्धि गर्न सिमसारले महत्वपूर्ण भूमिका खेलेको छ । यससँगै देवीथान र अमना–सिसौली सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय संघ संस्थाहरूले पनि संरक्षण अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । चोरीसिकारी नियन्त्रण, वन विनाश रोकथाम तथा अवैध गतिविधि नियन्त्रणका लागि चौकीदार, तारबार तथा सीसी क्यामेराको व्यवस्था गरिएको थियो । तर, जेनजी आन्दोलनका क्रममा अधिकांश भौतिक संरचना नष्ट भएपछि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन ।
यो सिमासारले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ । प्रत्यक्ष रूपमा ११ जना कर्मचारीले रोजगारी पाएका छन् । आवश्यकता अनुसार स्थानीयलाई अन्य विभिन्न काममा पनि संलग्न गराइन्छ । तर, प्रत्यक्ष रोजगारीभन्दा ठूलो प्रभाव अप्रत्यक्ष रोजगारीमा देखिएको छ । सिमसार आसपास अहिले १५ भन्दा बढी होटल सञ्चालनमा छन् । चटपटे, चिया, नास्ता तथा स्थानीय परिकार बिक्री गर्ने व्यवसाय फस्टाएका छन् । सिटी सफारी चालक, साना व्यवसायी तथा स्थानीय व्यापारीको आम्दानीमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
उपाध्यक्ष कोइरालाले भनिन्, ‘बेतना सिमसार आफूले मात्रै आम्दानी गरेको छैन । यहाँ आउने पर्यटककै कारण बाहिर १५ भन्दा बढी होटल सञ्चालनमा छन् । चटपटे बिक्री गर्ने, सिटी सफारीमार्फत पर्यटकलाई ल्याउने–लाने, स्थानीय व्यापार गर्ने धेरैको आम्दानी यसैसँग जोडिएको छ । त्यसैले तीनै तहका सरकारले यसको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिन जरुरी छ ।’ उनका अनुसार सिमसारको वार्षिक आम्दानी करिब ६० देखि ७० लाख रुपैयाँ हुने गरेको छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ भने १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पिकनिक स्पोट र पाइडल डुंगाको भने छुट्टै शुल्क लाग्ने गरेको छ । उक्त आम्दानीबाट बेलबारी नगरपालिकालाई २० प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने हुन्छ । यसबाहेक अन्य कर तथा स्थानीय संघ संस्थालाई सहयोगसमेत उक्त आम्दानीबाट गरिने कोइरालाले बताइन् ।
पर्यटकको बढ्दो आकर्षण
बेतना पूर्वी नेपालको लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यमध्येमा पर्छ । जाडोयाम सुरु भएसँगै यहाँको वातावरण थप जीवन्त बन्छ । साइबेरियाबाट आउने दुर्लभ चराहरू, पानीमाथि तैरिरहेका कछुवा, हरियाली जंगल, स्वच्छ हावा र शान्त वातावरणले गर्दा दैनिक सयौँ पर्यटक बेतनातर्फ आकर्षित हुन्छन् । बेतना सिमसारमा पर्यटकको चहलपहल अत्यधिक बढ्ने समय असोजको अन्तिम सातादेखि फागुन महिनासम्म हो । बेतना घुमघामको मुख्य सिजनमा विद्यालय तथा कलेजका अध्ययन भ्रमण, वनभोज कार्यक्रम, पारिवारिक घुमघाम, संस्थागत भ्रमण र प्रकृति अवलोकनका गतिविधि उल्लेख्य रूपमा हुने गरेको कोइरालाले बताइन् ।
उनका अनुसार सिजनमा बिदाको दिन तथा शनिबार दैनिक करिब दुई हजार जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । अन्य समयमा दैनिक एकदेखि दुई सय पर्यटक नियमित रूपमा सिमसार घुम्न आउने उनले बताइन् । कोइरालाका अनुसार सिमसारमा आउने पर्यटक रमाइलो गर्न मात्रै आउने होइनन् । कतिपय स्वास्थ्यका लागि बिहान–बेलुका पैदल हिँड्न आउँछन् भने धेरै विद्यार्थी अध्ययन तथा अनुसन्धानका लागि पुग्ने गरेका छन् । पछिल्लो समय जीव विज्ञान, वनस्पति विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अनुसन्धान गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको उनले बताइन् ।
उपाध्यक्ष कोइरालाले भनिन्, ‘विद्यार्थीहरू किताब लिएर शान्त माहोलमा पढ्न आउने गर्छन् । विभिन्न जीव र वनस्पतिविज्ञहरू अनुसन्धान गर्न आउँछन् । जीवजन्तुको संरक्षण हाम्रो मुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौं । नेपालको ठूलो सिमसार कैलालीको घोडाघोडी तालपछि बेतना सिमसारलाई मानिएको छ ।’ उनले अझ थप्दै भनिन्, ‘वनस्पति, पुतली, माछा, कछुवा र पानीमा ‘रिसर्च’ गर्ने तथा थेसिस बनाउन आउने विद्यार्थीहरुको संख्या धेरै हुन्छ । झापा, मोरङ र सुनसरीका मात्रै नभई देशका विभिन्न ठाउँका कलेजले विद्यार्थी ल्याउने गरेका छन् ।’ बेतना सिमसार अब पर्यटकीय केन्द्रमा सीमित नरही अध्ययन, अनुसन्धान र जैविक विविधताको संरक्षणसँग जोडिएको शैक्षिक केन्द्रका रूपमा पनि विकसित हुँदै गएको कोइरालाको भनाइ छ ।
सिमसार आउने पर्यटकको दायरा बर्सेनि फराकिलो बन्दै गएको छ । यहाँ कोशी प्रदेशसहित देशका विभिन्न जिल्लाका पर्यटक आउँछन् । भारतीय पर्यटकको पनि आउने गरेका छन् । भारतको ओडिसा, पश्चिम बंगाल र बिहारबाट समेत पर्यटक आउने गरेको तथ्यांक छ । केही तेस्रो मुलुकका पर्यटकले पनि बेतनालाई भ्रमण सूचीमा राख्ने गरेका छन् । राजमार्गसँग जोडिएको भए पनि सिमसारभित्र प्रवेश गरेपछि बाहिरको कोलाहल एकाएक हराउँछ । घना हरियाली, चराचुरुङ्गीको आवाज, चिसो हावा, शान्त वातावरण र पानीको सतहमा तैरिरहेका जीवजन्तुले प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउँछन् । यही विशेषताले बेतनालाई अन्य धेरै पर्यटकीय स्थलभन्दा फरक बनाएको हो ।
पहिले बेतना मुख्यतः वनभोज र घुमफिरको गन्तव्यका रूपमा चिनिन्थ्यो । अहिले यसको परिचय फेरिँदै गएको छ । पछिल्ला वर्षहरूमा वनस्पति विज्ञान, प्राणी विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू नियमित रूपमा आउने गरेको उपाध्यक्ष कोइरालाको भनाइ छ ।यहाँ पुग्ने अधिकांश पर्यटकलाई प्राकृतिक शान्त वातावरणले लोभ्याउने गरेको छ । सहरको व्यस्त जीवनबाट केही घण्टाका लागि भए पनि टाढा बसेर प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि बेतना सिमसार पहिलो रोजाइ बन्न थालेको छ । इटहरीबाट साथीहरूसँग बेतना सिमसार घुम्न आएका विमल भण्डारीले शान्त वातावरणले आफूहरूलाई बारम्बार यहाँ आउन प्रेरित गर्ने बताए । उनले भने, ‘हामी साथीहरू यो सिमसारमा प्रायः आउने गर्छौं । किनभने रमाइलो र शान्त वातावरण छ । हरियाली जंगल, चराचुरुङ्गीको आवाज र स्वच्छ हावाले मन आनन्दित बनाउँछ । जाडो महिनामा साथीभाइका साथै पारिवारिक रूपमा पनि पिकनिकका लागि आउने गरेका छौं ।’
उनका अनुसार यहाँका माछा, कछुवा, जलाशय र हरियालीले मानिसलाई प्रकृतिसँग नजिक बनाइदिन्छ । ‘यहाँ भएका माछा, कछुवा र रमणीय वातावरणले आनन्द दिन्छ । अझ यसभित्र एउटा व्यवस्थित चियाखाना सञ्चालन गर्न सकियो भने घुम्न आउने पर्यटकलाई थप सहज हुने थियो,’ भण्डारीले सुझाव दिए । भण्डारीजस्तै धेरै पर्यटकले बेतनालाई व्यवस्थित प्राकृतिक विश्रामस्थलका रूपमा विकास गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।
वनभोज, डुंगा सयर र व्यवस्थित पूर्वाधार
पर्यटकलाई लक्षित गरेर बेतना सिमसारभित्र आवश्यक पूर्वाधार विस्तार गरिएको छ । समितिका अनुसार सिमसार क्षेत्रमा ६० वटा पिकनिक स्पोट (वनभोज स्थल) निर्माण गरिएका छन् । प्रत्येक स्थानमा खानेपानी, बस्ने व्यवस्था, शौचालय तथा सरसफाइको सुविधा छ । सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा जडान गरिएका छन् । पर्यटकका लागि सञ्चालनमा ल्याइएको पाइडल डुंगाले जलाशयको मनोरम दृश्य नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्छ ।
परिसरमा वातावरणीय सौन्दर्य थप्ने उद्देश्यले विभिन्न कलाकार तथा वातावरणविद्को सहयोगमा कमिला, विभिन्न प्रजातिका हाडखोर तथा अन्य जीवजन्तुका कलात्मक प्रतिमासमेत निर्माण गरिएको छ । उद्धार गरेर ल्याइएका बाँदर, वन बिरालो, लोखर्के, अजिंगर, खरायो, हरिण, चिल तथा अन्य वन्यजन्तुको संरक्षण गरिएकाले सिमसारले प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिन थालेको छ ।
आन्दोलनले निम्त्याएको ठूलो क्षति
बेतना सिमसारले प्राकृतिक विपत्तिभन्दा ठूलो क्षति मानवीय गतिविधिबाट बेहोर्नुपरेको छ । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले २०८२ भदौ २४ गते सिमसारभित्र रहेका भवन, सीसी क्यामेरा तथा अन्य भौतिक संरचनामा आगजनी र तोडफोड गरेको थियो । यसबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । पहिले यहाँको भवनमा विभिन्न संघसंस्था, सरकारी निकाय तथा निजी संस्थाले साधारणसभा, गोष्ठी, तालिम र सेमिनार आयोजना गर्ने गर्थे । भवन भाडाबाट सिमसारलाई राम्रो आम्दानी हुने गरेको थियो । तर, भवन पूर्णरूपमा ध्वस्त पारिएपछि सबै गतिविधि पूर्णरूपमा बन्द भएका छन् ।
उपाध्यक्ष कोइरालाले दुःख व्यक्त गर्दै भनिन्, ‘आन्दोलनमा यहाँको भवन जलाएर पूर्णरूपमा ध्वस्त पारिएकाले अहिले बाहिर खुला स्थानमा घुम्न आउने मात्रै छन् । भवन नभएकाले कार्यक्रम गर्न आउँदैनन् । यसले सिमसारको आम्दानी घटेको छ ।’ उनका अनुसार आन्दोलनअघि सिमसारको आन्तरिक आयको महत्वपूर्ण हिस्सा भवन भाडाबाट आउने गरेको थियो । यद्यपि, प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २० लाख रुपैयाँ लागतमा पानीको फोहोरा निर्माण गरिएको छ । त्यसले सिमसारको सौन्दर्य बढाएको भए पनि आन्दोलनबाट ध्वस्त भएका मुख्य पूर्वाधार पुनर्निर्माण हुन अझै बाँकी छन् ।
संरक्षण नै सबैभन्दा ठूलो चुनौती
पर्यटकको संख्या बढ्दै जानु सकारात्मक पक्ष भए पनि त्यससँगै संरक्षणको चुनौती पनि थपिएको छ । सिमसार क्षेत्रमा प्लास्टिकजन्य फोहोर, अव्यवस्थित वनभोज, वन्यजन्तुलाई अनावश्यक रूपमा जिस्क्याउने प्रवृत्ति तथा प्राकृतिक सम्पदाप्रतिको लापरबाही नियन्त्रण गर्नु सजिलो छैन । उपाध्यक्ष कोइरालाका अनुसार सिमसारको आम्दानीको मुख्य स्रोत नै पर्यटक भएकाले उनीहरूको सुरक्षा, सुविधा र प्राकृतिक सम्पदाको संरक्षणलाई समान रूपमा अघि बढाउनुपर्ने अवस्था छ । उनले भनिन्, ‘पर्यटक नआएमा यहाँको संरक्षण गर्न नै समस्या हुन्छ । त्यही भएर हामी सिमसारलाई कसरी संरक्षण गर्ने र पर्यटकलाई कसरी लोभ्याउने भन्ने योजनामै केन्द्रित छौं । प्रदेश सरकारको सहयोग भर्खरै मात्रै प्राप्त गर्न थालेका हौं । नगरपालिकाले सामान्य सहयोग गरेको छ ।’ संरक्षणको काम समितिको प्रयासले मात्र सम्भव नहुँदै बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट नीति, दीर्घकालीन योजना, नियमित बजेट व्यवस्थापन तथा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरिन् ।
‘बेतना सिमसार आफूले मात्रै आम्दानी गरेको छैन । यहाँ आउने पर्यटककै कारण बाहिर १५ भन्दा बढी होटल सञ्चालनमा छन् । चटपटे बिक्री गर्ने, सिटी सफारीमार्फत पर्यटकलाई ल्याउने–लाने, स्थानीय व्यापार गर्ने धेरैको आम्दानी यसैसँग जोडिएको छ । त्यसैले तीनै तहका सरकारले यसको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिन जरुरी छ ।’उनका अनुसार सीमित आम्दानीले सिमसारको संरक्षण, कर्मचारीको तलब, पूर्वाधार मर्मत, कर तथा अन्य प्रशासनिक खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सीमित आम्दानीबाट असीमित खर्च गर्नु परेकाले सोचेजस्तो विकास गर्न नसकिएको कोइरालाको भनाइ छ । स्थानीय स्तरमा थप रोजगारी सिर्जना गर्न सकेमा सिमसारको समग्र विकासमा ठूलो टेवा पुग्ने उनले बताइन् । बेतना सिमसार कोशी प्रदेशको पहिचान र स्थानीयको जीविकोपार्जनको आधार पनि भएको कोइरालाले बताइन् । सरकारले अझ व्यवस्थित हिसाबले प्रचारप्रसार गर्ने हो भने सिमसार अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय तथा अनुसन्धान केन्द्र बन्ने उनको तर्क छ ।