सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू
२० माघ २०७७
•
८ मिनेट पाठ
सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू
आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्नका लागि आह्वान गर्नु पनि हो। अब एकैछिन सिमसार भन्नाले के बुझिन्छ ? त्यसको बारेमा छलफल गरौँ। सामान्यतः सिमसार भन्नाले सधैँभरि पानीले ढाकेको र पानी जमेको धापिलो क्षेत्रलाई बुझिन्छ। राष्ट्रिय सिमसार नीति २०१२ (परिमार्जित) का अनुसार जमिनको सतहमुनिबाट निस्केको पानी वा वर्षात्को समयमा संकलित पानी जमेर बनेको बाह्रैमास पानी भएको जमिन जसमा पानी निरन्तर बगिरहने पनि हुन सक्छ वा पानी जमिरहने पनि हुन सक्छ। यस्ता भूभाग प्राकृतिक वा मानव निर्मित र स्थायी वा अस्थायी दुवै हुन सक्छन्। उक्त परिभाषालाई आधार मान्दा सिमसार क्षेत्रअन्तर्गत ताल तलैया, पोखरी, आहाल, पानीेले ढाकेर दलदल भएको क्षेत्र, पानीको मूल भएको भाग वा मुहान, धापिलो क्षेत्र, नदीतटीय ढाव र उक्त क्षेत्र वरिपरिको कृषि भूमिसमेत पर्छन्।  

तसर्थ पनि पानी र सिमसार क्षेत्रबीचको सम्बन्ध नङ र मासु जस्तै छ। पानी भएन भने सिमसार क्षेत्रको अस्तित्व नै धरापमा पर्छ। अर्कोतिर सिमसार क्षेत्र नै नरहे पानी जम्मा हुने ठाउँ नै हँुदैन। अनि सिमसार क्षेत्रबाट प्राप्त हुने विभिन्न वस्तु तथा पारिस्थितिकीय सेवाहरू नै समाप्त हुने र मानव सभ्यता नै खतरामा पर्न सक्छ। त्यसैले पनि सिमसार क्षेत्र र पानीको समुचित व्यवस्थापन गर्नु आवश्यक छ र यसो हुन सकेमा मात्र वातावरणीय प्रणाली हराभरा र स्वस्थ राख्न सकिन्छ। अन्ततोगत्वा यसले हाम्रो सामाजिक र आर्थिक प्रणालीलाई समृद्ध बनाउन महत्वपूर्ण टेवा पुग्नेछ। यस वर्षको सिमसार दिवसको नारा ‘सिमसार तथा पानी’ को मुख्य उद्देश्य पनि यहि महत्वलाई उजागर गरी सिमसार क्षेत्र र पानी दुवैलाई संरक्षण, समुचित र वैज्ञानिक व्यवस्थापन गर्न हामी सबैको अहं दायित्वलाई प्रष्ट्याउनु हो। त्यस मानेमा पनि यस वर्षको नारा अत्यन्तै सान्दर्भिक र मार्मिक छ।

सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को पूर्णरूपमा कार्यान्वयन गर्ने, समय–समयमा पुनरावलोकन गर्ने र आवश्यकताअनुरूप परिमार्जन गर्दै लैजानु आवश्यक छ।
यसको महत्व  

मानव जगत्, कृषि तथा जैविक विविधताका लागि सिमसार क्षेत्रहरू अति नै ऊर्वर भूमि मानिन्छ। यस्ता क्षेत्र असंख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान हुन्। कतिपय प्रजातिले आफ्नो प्रजनन कार्यका लागि पनि सिमसार क्षेत्र प्रयोग गर्छन्। खेतीपाती, वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा वन क्षेत्रभित्र वा बाहिर रहेका यस्ता सिमसारको महत्वपूर्ण योगदान छ। विभिन्न तालतलैया, पोखरीहरूले भलबाढीलाई सञ्चय गरी बाढीलगायत अन्य प्राकृतिक प्रकोपबाट संरक्षण गर्न, तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। साथै अध्ययन÷अनुसन्धान कार्यमार्फत प्राकृतिक अवयवसम्बन्धी जानकारी बढाउनसमेत सिमसार क्षेत्रको योगदान अतुलनीय छ।  

विभिन्न प्रतिवेदनले औल्याएअनुसार सिमसार क्षेत्रको पारिस्थितिकीय प्रणाली र यहाँको जैविक विविधता अन्य क्षेत्रको भन्दा धेरै गुनाले प्रचुर र समृद्ध छ। सिमसार क्षेत्रबाट माछालगायतका व्यवसाय सञ्चालन गरी विपन्न तथा खास समुदायका मानिसले जीविकोपार्जन चलाउने अवसर पाएका छन्। यसका अलावा यस्ता स्थानमा मनोरञ्जन र पर्या–पर्यटनसम्बन्धी क्रियाकलापहरू सञ्चालन गरेर असंख्य मानिसले आ–आफ्नो जीविकोपार्जन धान्ने मौका पाएका छन्।

चुनौती

सिमसार क्षेत्रबाट असंख्य फाइदा पाइने भए तापनि (अ) मानवीय गतिविधिले गर्दा सिमसार क्षेत्रहरू विभिन्न समस्याको चपेटामा परिरहेका छन्। जस्तै– सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ र जथाभावीरूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ। सिमसार क्षेत्र र यसको उपल्लो क्षेत्रमा प्रयोग गरिने विभिन्न रासायनिक पदार्थ तथा विषादीहरूको प्रयोगबाट त्यहाँ रहेका विभिन्न वनस्पति र जीवजन्तुलाई नराम्रो असर पुर्‍याएको छ।  

कैयन् सिमसार क्षेत्रहरूको अझै पनि स्पष्ट सिमाना निर्धारण गर्न नसकिएका कारण मानिसले उक्त स्थानहरूको अतिक्रमण गरी घर÷टहरा बनाउने र खेतीपाती गर्ने गरेका छन्। त्यस्तै विभिन्न किसिमका मिचाहा प्रजातिको फैलावट, विषादी तथा करेन्टको प्रयोग गरी माछा तथा जलीय जीवहरूको अवैध संकलन, सिमसार क्षेत्रमा पाइने वस्तुहरूको अधिक संकलन र अवैधरूपमा चोरी निकासी, अव्यवस्थित पूर्वाधार र बस्ती विकास, सिमसार क्षेत्रको वरिपरि जथाभावी सडक बाटोहरूको निर्माण र उपल्लो तटीय क्षेत्रबाट आउने बाढी÷पहिरोले ल्याउने ढुङ्गा–माटो, गेग्¥यान आदि थुप्रिने कारण सिमसार क्षेत्रहरू पुरिँदै जाने र अन्ततः लोप हुने अवस्थामा पुगेका छन्।  

साथै बाहिरबाट आयातित प्रजातिहरूका कारण त्यहाँ भएका रैथाने प्रजातिहरू लोप हुन थालेका छन्। जस्तै– विभिन्न तालतलैयाको वरिपरि पाइने जङ्गली धान, काहुनु, कमल जस्ता रैथाने प्रजातिहरू हाल लोप हँुदै गएको अवस्था छ। साथै शर, कत्ले, वाम जस्ता रैथाने माछाका प्रजातिहरू पनि लोप हँुदै गएका छन्। ठूला ठूला बाँधहरूका कारण पानीमा बस्ने जीवजन्तुहरूलाई तलदेखि माथिसम्म आवत्जावत् गर्न समस्या परेको छ। जसले गर्दा त्यस्ता प्रजातिहरूको जनसंख्या खण्डीकरण हुने र अनुवांंिशक विशेषतामा ह्रास आई उक्त प्रजातिहरू विस्तारै लोप हुन सक्ने खतरा हुन्छ।  

जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षामा भएको परिवर्तनले पनि सिमसार क्षेत्र निकै प्रभावित भएको पाइन्छ। सुक्खा र खडेरीका कारण पानीको मुहान सुक्दै जानाले उक्त क्षेत्रमा पानीको तह कम हुँदै गएको छ। त्यस्तै खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिका कारणले पनि पानीको मात्रा र उपलब्धतामा प्रभाव परेको छ। भूस्खलन र बाढी/पहिरोले गर्दा ढुङ्गा–माटो, गेग्¥यान आदि पदार्थ थुप्रन गई सिमसार क्षेत्रहरू पुरिँदै गएका छन् र उक्त क्षेत्रहरू क्षयीकरण हुँदै गएका छन्।  

सिमसार क्षेत्र र यसको वरिपरि भएका यस्ता प्राकृतिक तथा मानवीय गतिविधिहरूका कारण सिमसार क्षेत्रमा रहेको जलीय जैविक विविधता र परिस्थितिकीय प्रणालीको शृंखलामा नकारात्मक असर देखिन थालिएको छ। यसबाट त्यहाँको स्रोतमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेका छन्। यदि सिमसार क्षेत्रमा यस्ता गलत गतिविधिहरूको यही दरमा निरन्तररूपमा रहिरहने हो भने केही वर्षपछि सिमसार क्षेत्रको अस्तित्व नै खतरामा पर्ने र त्यहाँ रहेको विशिष्ठ सभ्यता नै बिलाएर जान सक्ने तथ्यलाई नकार्न सकिँदैन। साथै नेपाल सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्नु पनि महत्वपूर्ण चुनौतीका रूपमा लिन सकिन्छ।  

संरक्षणका उपाय  

सिमसार क्षेत्र व्यवस्थापनमा महसुस गरिएका उपयुक्त चुनौतीलाई समयमा निराकरण गर्नु अत्यन्त जरुरी छ। पहिलो कुरा त नेपाल सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को पूर्णरूपमा कार्यान्वयन गर्ने, समय–समयमा पुनरावलोकन गर्ने र आवश्यकताअनुरूप परिमार्जन गर्दै लैजानु आवश्यक छ। त्यसैगरी सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारण जनता र विभिन्न निकायका कर्मचारीमा जनचेतना जगाउनका लागि छलफल तथा तालिमहरू आयोजना गर्न सकिन्छ। साथै विभिन्न एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट नियमितरूपमा सिमसार क्षेत्रको महत्व र संरक्षणका उपायबारे सन्देशमूलक सूचनाहरू प्रवाह गर्न सकिन्छ।  

सम्बन्धित सिमसार क्षेत्रको वरिपरि वा उपल्लो तटीय क्षेत्रमा पूर्वाधारहरूको डिजाइन र निर्माण कार्य गर्दा वातावरणीय पक्षलाई ध्यानमा राखीे बायोइन्जिनियरिङ पद्धति अवलम्बन गर्नुपर्छ ताकि उक्त संरचना बनाउँदा पहिरो र माटो कम बगोस् र तल्लो तटीय क्षेत्रमा कम क्षति पुगोस्। साथै सिमसार क्षेत्रबाट विभिन्न प्रकारका पदार्थ, जस्तै– पानी, ढुङ्गा, गिट्टी र बालुवाको जथाभावी उत्खनन गर्ने कार्यमा रोक लगाइ वैज्ञानिक पद्धतिअनुसार संकलन र उत्खनन गर्ने नीतिगत व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ। उक्त व्यवस्थाका विपरित काम गर्ने जोकोहीलाई पनि नियामानुसारको दण्ड/जरिवाना गर्नुपर्छ ताकि अरूले पनि भविष्यमा त्यस्तै गलत मनसायले काम गर्ने आँट गर्न नसकोस्।  

त्यस्तै सिमसार क्षेत्रको राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्व तथा अन्य सर्वस्वीकार्य मापदण्डका आधारमा वर्गीकरण गरी महत्वपूर्ण ठानिएका सिमसार क्षेत्रहरूको एकीकृत व्यवस्थापन योजना तयार गरी त्यसको कार्यान्वयनमा संविधानले प्रदत्त हक अधिकारबमोजिम स्थानीय, प्रादेशिक र संघीय सरकारको जिम्मेवारीहरू स्पष्टरूपमा किटान गर्नु आवश्यक छ। जस्तै– उक्त कार्ययोजनाअनुसारका फिल्डस्तरका कार्यक्रमहरू तयार पारी सम्बन्धित स्थानीय सरकारले कार्यान्वयन गर्ने, सम्बन्धित प्रादेशिक सरकारले नियमितरूपमा अनुगमन गर्ने र प्राविधिक सरसल्लाह दिने साथै संघीय सरकारले उपर्युक्त नीति नियमहरू तयार गरी स्रोतको व्यवस्थापन र लाभको समन्यायिक वितरण गर्ने पद्धति तय गरी सोअनुरूप काम गर्ने परिपाटी बसाउने। साथै बहुसरोकारवाला निकायहरूको मञ्च तयार पारी वर्षमा कम्तीमा दुईपटक बृहत्तर छलफल गरी वार्षिक योजना तयार पार्ने र योजनाअनुरूप प्रगति, सिकाइ र बाधा–अड्चनको समीक्षा गर्ने परिपाटीले सबैको अपनत्व बढाउन र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ।
अर्को समाचार
अत्यधिक दोहनले सङ्कटमा 'सिमसार'
१९ माघ २०८०
•
४ मिनेट पाठ
अत्यधिक दोहनले सङ्कटमा 'सिमसार'
हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ। यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ।

सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ। यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए।

त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन्। सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ। जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो। रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो। सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ। हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ। साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन्। सन्  १९८७  डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो। सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ।

रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताए। यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ। सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो। संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन्। साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो। त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्। नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ। त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन्।

जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा

विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ। निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताए। सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए।

सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताए। विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ। नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन्। विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ। पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ। रासस/भीष्मराज ओझा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस