सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी
१२ भदौ २०७७
•
८ मिनेट पाठ
सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी
मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको । उहाँले हुर्काएका विरुवाहरुको छाँयामा उहाँले हुर्काएको मान्छे म, उहाँलाई कृषकै भनेर सम्झन्छु ।




द्दण्द्धघ साल तिरको कुरा हो । एकपटक घरमा २५ जनाजति चौधरी दाइहरु आउनुभयो । सबैको हातमा खन्ती, फरुवा, बेल्छाहरु थिए । बुवाले लामो डोरीको रोल फुकाउन थाल्नुभो, उनीहरुले टुप्पो तान्न थाले । म पनि त्यो गुडिरहेको डोरीको रोल पछिपछि कुदे । वरिपरि डोरी गाडेपछि, सबै जनाले जोरजोरले खन्न थाल्नुभयो । लगातार ३५ दिनसम्म खनेपछि सम्भवतः कर्णालीकै पहिलो माछा पाल्ने ठूलो पोखरी तयार भयो । खोलाको ड्यामबाट घटघट गर्दै पानी तान्ने पम्पसेट कराउन थाल्यो । 

ताल भरियो अनि त्यसमा माछाको भुराहरु हालियो । तालभरि माछा हालेपछि वरिपरिका सर्पहरु तालका डिल  डिलमा भेटिन थाले । माछाका भुराहरु यिनका आहारा थिए । सर्पले माछाका भुराहरु नास गर्न थालेपछि बुवा दुःखी हुनुभयो । उहाँ दुःखी   हुँदा म रुम रुम भये , अब सबै सर्पहरु मार्नुपर्छ हाम्रो सल्लाह भयो ।

गाउँभरिका भुराभुरीलाई खेरेर बुवाले एउटा सर्प मार्नेलाई एक रुपैयाँ इनाम राख्नुभयो । बाँसका लामा लट्ठी बोकेर हामीहरु सर्प खोज्न निस्कियौं । चेतन र मैले एउटा सर्प देख्यौ, देख्न वित्तिकै उसले लट्ठीले ठटायो ।  सर्पको पुच्छरमा लाग्यो । मैले पनि जिव्रो टोकेर त्यही पुच्छरमा बजारेँ । पुच्छरको गहिरो घाउ बोकेर सर्प तिव्र गतिमा कुद्यो । हामीले पिछा छोडेनौं । 

म्याराथुन चल्यो अनि फुच्चे सर्पले हामी फुच्चेलाई छक्याउँदै झ्याम्म पानीमा कुद्यो ।हामी निरास भयेऊ ।  उताबाट गणेश र गोविन्द पाँच वटा मरेका सर्प बोकेर आए । हामी दंग भयौ । छाती फुलाएर नाकका पोराहरु फुलाएर आफु पनि अलिकति फुल्लिएर गणेशले भने, ‘केटा हो, सर्प मार्नु छ भने विस्तारै हिड्नु पर्छ, तिखा आँखा पार्नु पर्छ,सानो लट्ठी बनाउनु पर्छ अनि प्याट्ट सर्पको टाउकोमै बजाउनु पर्छ, केवल टाउको ।

कोरोना भाइरसको सामना गरिरहेका संसारका विभिन्न देश अनि प्रदेश र स्थानीय सरकारहरुले गणेशको सर्प मार्ने  जुक्ती सुन्न र बुझ्न जरुरी छ ।म एक ‘किसान’ बुवाको चिकित्सक छोरो । विश्वलाई कोरोनाले आक्रान्त पारिरहेको बेला मलाई सर्पको टाउको बजार्दाको घटना याद भइरहन्छ । मलाई लाग्छ– कोरोना विषालु सर्प नै हो । अब यसको टाउकोमा कसरी बजार्ने त ?

करिब ५ महिनादेखि कोरोनारुपी सर्पको पुच्छरमा न्वारानदेखिको बल लगाइरहेका संसारका धेरै  सरकारको लट्ठी अब टाउकोतिर सर्दै छ जस्लाई कोरोना रोक्थाम ९अयचयलब अयलतचय०० होइन उन्मुलन ९अयचयलब भष्mिष्लबतष्यल० भन्न थालेका छन कोइ  कोइ। स्वास्थ्यको विज्ञानमा कोरोना नियन्त्रण र उन्मुलन उस्तै–उस्तै देखिए पनि गराइमा भने आकाश पातालको फरक हुन्छ । न्यूजिल्याण्ड, सिंगापुरजस्ता राष्ट्रहरुले कसरी कोरोना उन्मूलनको विधि सुरु देखी नै अपनाए ? के कर्णालीमा पनि त्यो संभव छ?

कर्णालीको सन्दर्भभा कोरोना सर्पको टाउको बबई र कपुरकोटमा छ१ केही समय अगाडि कर्णाली सिमामा ९बवइ र कपुरकोट नाकामा०जीवानन्द भाइको साथीहरुको टोली दिन रात खटिएका थिए । झट्ट हेर्दा १९–२० वर्षका यी ठिटाठिटीको साहस अंग्रेजविरुद्ध लडेका बलभद्र कुँवरको जस्तै थियो । टाउकोको तापक्रम लिन्थे र घामपानी केही नभनी ठिङ्ग उभिएर रजिष्टरका पानामा कोरी रहन्थे ।

सिंगापुरको सिमामा पनि जीवानन्द भाइजस्तै स्वास्थ्यकर्मीहरु बस्छन् । उनीहरु पनि तापक्रम लिन्छन् । रजिष्टरका पानाहरु रंगाउँछन । तर एउटा कार्य बढी गर्छन् । त्यहाँ सिमामै बाहिरबाट आउनेको पीसीआर स्वाव संकलन हुन्छ । १२ घण्टामै रिपोर्ट आउँछ । अनि नेगेटिभ भए ७ देखि १४ दिन क्वारिन्टीन र पोजिटिभ आए घर वा अस्पतालको आइसोलेसनतिर उनीहरुलाई पुर्याइन्छ । खर्चको हिसाब हेर्दा उनीहरु पुरा कोरोना खर्चको लग भग आधा रकम सिमामै खनाउँछन् । थोरै खर्च तर ठीक ठाउँ मा गर्दा गज्जब हुदो रहेछ । उदाहरण  तेस्तै छ ।

यो खर्चले भेन्टिलेटर र अक्सिजन प्लान्टजस्ता झन् महँगो सामान किन्ने अर्को खर्च बचाउँदा रहेछन् । सीमामै गरिएको लगानीले समुदायमा कन्ट्याक्ट टेसिङ, उपचार लगायतको लगानी लग भग ७५ प्रतिशतले घटाउँदो रहेछ । अनि सबैभन्दा चुरो कुरो सिमामै ठूलो लगानी गर्दा आर्थिक र मानवीयले लकडाउन गर्न नपर्ने नै गरिदिने रहेछ, जसले देशलाई आर्थिक विपत्तिबाट बचाउँदो रहेछ ।

कर्णालीका सिमामै आर्थिक र मानविय लगानी बढाई १२ घण्टामै स्वाब परीक्षण, बाहिरबाट आउने नागरिकको सीपको पहिचान, स्वास्थ्यको अवस्था र फोनको सीमको व्यवस्था गर्न सके कोरोनाको टाउकोमै चोटिलो हुने थियो । सुन्दा अप्त्यारिलो लाग्ने यो कुरा थोरै थोरै राष्ट्रहरुले मात्रै गरे । हामी हप्तपिच्छे लकडाउनले छटपट गरिरहँदा ती थोरै राष्ट्र भने खुला बजारमा रमाइरहेका छन् । कोरोना उन्मुलन गर्दैछौं भनेर हामीलाई जिस्क्याइरहेका छन् । अनि प्रेरणा पनि दिइरहेका छन् ।

सिमामै कोरोनाको टाउकोमा ठोक्ने राष्ट्रहरुको अर्को कथा पनि गजवको छ । सिमा मै कोरोना को बाध बाधेर देश भित्र थोरै सन्क्रमित  हुँदा त्यहाँका क्वारिन्टीन र आइसोलेसन खालीखाली रहँदा अस्पतालका आइसीयू पनि खाली नै रहेछन् । फलस्वरुप भविष्यमा खासै काम नलाग्ने अतिरिक्त महँगा स्वास्थ्य सामाग्रीको भारले देशको अर्थतन्त्रलाई कति पनि छोएनछ । न त नयाँ अस्पताल बनाउनु परेछ । हामीकहाँ स्वास्थ्य सामाग्री विकाउनेहरु हरेक तहमा लाम लागेर बसेका छन् !

२० वर्षका जिवानन्दले हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गरिरहँदा कर्णाली छिर्न खोज्ने मानबहादुर पनि २० वर्षकै रहेछन् । पोहोर साल गुजरात गएका उनले यो वर्ष महको डल्लोलाई प्याकिङ गर्न सिकेका छन् । भारतले उनलाई भारु पैसामात्र दिएन, महको काम गर्न पनि सिकाएछ । मानबहादुर जाजरकोट पुग्दा व्यावसायिक रुपमा मौरीपालन र महको बजारीकरण कसरी गर्ने भन्ने जानेका छन  । कोरोनाले घर फर्किएका उनी सिमामा लाइन लागेर पसिना बगाउँदा कर्णालीको योजना आयोग पनि तात्तिनु पर्ने हो । घर  फर्केका हरेक युवायुवतीको क्षमता, अवस्था सिमामै पहिचान गर्ने भियतनामीहरुले युवा पलायन हुन नदिने अवसरको रुपमा लिएछन् कोरोनालाई ।

सानो समूहको कार्यक्षमतालाई सिमामै रेकर्ड गरे ठूलो विवरण थाहा हुन्छ । पूरै तथ्यांकलाई केलाउँदा फर्केका युवायुवतीलाई वर्गिकरण गर्न सकिन्छ । अनि युवा रोजगार कार्यक्रमको टोपी लगाई फेरी बाहिर नफर्किने बनाउन सकिने रहेछ । कर्णालीका योजना आयोगका योजनाहरु फुराउने हातहरु गाउँ छिरेका छन् ।

कालो चस्मा उतार्न जरुरी छ ।

सिमाबाट गाउँ छिर्ने हातहरुमा भएका मोवाइल खाली हुँदा रहेछन् । तीन महिनाको रजिष्टर हेर्दा फोन नम्बरै नभएर गाउँ पुग्नेहरु हराउँछन । सिमामा लगानी बढाउँदा हरेकलाई सिमको उपहार दिए निरन्तर कन्ट्याक टेसिङ पनि हुने रहेछ ।सिमामै, यिन्ले के जानेका छन र गाउमा अब यिन्लाई के गराउने त रु कर्णालीको योजना आयोग लाई जोरो आओस काम ले तातियोस ।

भारतमा   डा। यादवले एउटा रोचक अध्ययन गरेछन् । हाम्रा गतिविधिमध्ये सबैभन्दा समुदायसम्म कोरोना के ले फैलायो त रु उत्तर रहेछ, ‘असुरक्षित यातायात।’ कर्णालीको नाकादेखि गाउँगाउँसम्म कोचिएर यात्रा गर्नेहरुले एक अर्कोलाई कोरोना मात्रै है, धेरै रोगहरु सार्छन । सिमामा सुरक्षाको जाँच, स्वास्थ्यको जाँच, फोनको व्यवस्था, रोजगारीको सम्भाव्यता र कोरोनाको जाँच गरी रिपोर्ट दिएपछि तत्कालै यी व्यक्तिहरु दुई समुहमा छुटिन्छन् । संक्रमित आइसोलेसनमा १४ दिनको लागि र असंक्रमित क्वारेन्टीनमा ७ दिनको  लागि राखिन्छ । अनि समुदायमा कोरोनाको बाटोमा पूर्ण विराम लाग्छ ।

एउटा भेन्टिलेटर किन्ने पैसाले एउटा बस आउँदो रहेछ । एउटा नयाँ अस्पताल बनाउने पैसाले १० बटा बस र त्यो संचालन गर्ने जनशक्तिलाई खर्च पुग्दो रहेछ । नाकाको राम्रो व्यवस्था भए न भेन्टिलेटर किन्नु पर्छ न त नयाँ अस्पताल नै बनाउँनु पर्छ । बरु अहिले को जस्तो खर्चले नयाँ सुरक्चित यातायात संयन्त्रलाई  सरकारी यातायात निर्माण गरी पछि तेसैलाई साझा यातायात झै चलाउन सकिने रहेछ ।

पुछारमा संक्रमितको सकिनसकी उपचार, क्वारिन्टीन, आइसोलेसन व्यवस्थाको कोलाहल समुदायभित्र कुदिकुदी गरिने कन्ट्याक टेसिङ र अर्थ व्यवस्था ढाल्न सक्ने छिनछिनका लकडाउन । यी कठोर र महँगो यात्रा कसरी कम गर्ने रु यो कठिन यात्रामा  एकअर्काप्रतिको अविश्वासबाट कसरी बच्ने रु उत्तर यही हो कोरोना सर्पको टाउकोमै ठोक्ने । यसको लागि सिमामै लगानी गर्ने । सिमामै रोक्ने र सिमामै व्यवस्थापन गर्ने । अर्थात्, कोरोनारुपी सर्पको टाउकोमै प्रहार गर्ने ।

एउटा वालकले भगवानलाई भेटेछ र सोधेछ ‘भगवान यो कोरोनाबाट हामीलाई किन नबचाएको रु’  भगवानले अर्ध मुस्कानमा भनेछन ‘हेर बाबु यो भाइरस पनि मैले बनाएको हो । तिमीलाई पनि मैले नै बनाएको । वास्तवमा मेरो लागि कोरोना भइरस प्रजाति र मासिन प्रजाति एउटै हुन । समान प्राणी । मानिसहरु भगवान हाम्रो मात्रै भन्छन होइन म तपशुपती हुँ  । सबै पशुहरुको देवता ।’

तर म हेरिरहेछु ६ महिनामा कोरोना भाइरसले ६ चोटी आफ्नो रुप फेरेर आफुलाई पृथ्वीमा जीवित राख्ने प्रयासमा छ । मैले तिमी र अरु मानिसलाई पृथ्वीमा बाँच्न प्रचुर मात्रामा सतबुद्धि, दिमाग, हैसला आदि आदि दिएको छु । भाइरस भन्दा यसको प्रयोग धेरै गर मेरो आर्शिवाद यही हो ।

वर्षेसम्म महामारीको बैज्ञानिक व्यवस्थापनको सदबुद्धि प्रयोग होस, अनि सर्प मार्ने टाउकोमै ठोक्ने विधी अब अगाडी प्रयोग होस् । ६ महिनासम्म कोरोना पछिपछि कुदी रहेका हामी जस्ता थकित स्वास्थ्यकर्मीको  झिपिक झिपिक कहिले काही बल्ने बल्ने एउटा सानो सपना  ।

लेखक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छन् ।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस