'त्यो त काठमाडौंमै देखेको'
१८ साउन २०६६
•
४ मिनेट पाठ
'त्यो त काठमाडौंमै देखेको'
जबाफ दिनुअघि मैले इजराइल र प्यालेस्टाइनबारे हाम्रो सरकारी नीती सम्झने प्रयास गरेँ। नसकेपछि कुरा पन्छाउँदै सोधेँ - नेपाल कति दिन बस्यौ त ?

मलाई थाहा थिएन हामी त्यतिबेला कति उचाईमा थियौँ। सायद समुन्द्र सतहबाट लगभग २५ हजार फिटभन्दा माथि ! तर कुरा ताती सकेको थियो। त्यसैले प्रसङ्ग फेर्न गरेको मेरो प्रश्नको जवाफले मलाई नै सतायो।
'म त त्यहाँ दिउसै लुटिए नि ! मेरो पासपोर्ट पैसा सबैथोक लुटियो ! उसको भनाइमा दिग्दारी थियो। मलाई संकोच लागेर आयो। हुन पनि उसका लागि त म नेपालकै प्रतिनिधि थिए। आपुनो मुलुकमा भएको घटनाकॊ नैतिक जिम्मेवारी हुन्छ जस्तै लाग्यो मलाई।
२००४को भदौको कुनै दिन थियो त्यो। सिंगापुर जाने क्रममा काठमाडौंबाट बैंककसम्मको उडानमा ऊ मसँगैको सिटमा थियो। नाम त मैले त्यतिबेला पनि सोधेको थिइन। तर ऊ इजराइली थियो । खरानी रङ्गको हाफ भेष्ट लगाएको सामान्य जीउडालको थियो ऊ। उसको हातमा पनि मैले नबुझ्ने भाषामा लेखिएको उपन्यास जस्तै लाग्ने पुस्तक थियो । म बैंककबाट प्रकाशित दैनिक पत्रिका पढिरहेको थिए।

'कुन कामका लागि जान लागेको ?' उसले तेस्रो प्रश्न गर्यो। अनि म ऊतिर फर्केको थिएँ। हामीबीचको कुराकानी राजनीतिक बन्दै थियो ।

उसले नेपालमा त्यति बेला जारी द्वन्द्वका बारेमा जिज्ञासा राख्दै गयो म भन्दै गए।
'हामी त अहिले आगोको रापमा छौँ ।' मेरो भनाइमा उसले सही थापेको थियो ।
'हो तर तिमीहरु त आगोको रापमा मात्र छौ।'

लगभग २५-२६ वर्षको त्यस युवकले अब आफ्ना नीला आँखा नचाउँदै भन्दा उसको अनुहार बढी गम्भीर भएको थियो।

उसको गम्भीरताले मलाई आफ्ना एक जना गुरुको अनुभव सम्झायो। ०४८ साल तिर हाम्रा एक जना शिक्षक इजराएल भ्रमणमा जानु भएको थियो। एक पटक गाडीमा कतै जाने क्रममा कृत्रिम जंगलबीच हुँइकिइरहेको गाडीलाई एक जना सैनिकले रोकेछ। नजिक गएपछि थाहा भएछ गाडीमा लिफ्ट माग्न रोकेकी उनी लगभग १८-२० वर्षकी युवती रहिछन्। उनी त अनिवार्य सैनिक तालिम लिदै गरेकी विद्यार्थी रहिछन्। शिक्षकले भनेछन् - तिमीले त मसिनगन बोकेकी छौ । हाम्रो देशमा तिम्रा उमेरका युवती पुतलीसँग खेल्छन्।

युवतीले भनिन्- हाम्रा पुर्खाले त्यसैगरी खेलेको हुनाले अहिले हामीलाई मसिनगन बोक्न परिरहेछ। म सम्झनामा कतै हराएको देखेर ऊ अलि दुविधामा देखियो। मैले नै कुरा थालेँ 'तिमी चाही कहाँ जान लागेको नि ?'

उसले आफू दुई चार दिन बैंककमै बस्ने बतायो । यहाँको रात्री जीवन त निकै रमाइलो हुन्छ रे नि! उसले खासै ध्यान नदिए पनि मैले त्यहाँको रात्री जीवनको बारेमा देखेजस्ते गरी बताएँ। थाइल्यान्डको यौन व्यवसाय बारेमा बताउँदै भने - कुनैकुनै ठाउँमा नग्न नृत्य हुन्छ रे ! त्यसबाहेक थाइल्यान्डको मसाज पनि निकै चर्चित छ।

'ए तर त्यो अनुभव त मैले काठमाडौंमै लिइसकेको छु।' उसले लापरबाहीपूर्वक जवाफ फर्कायो। अनि म पनि चूप लाग्नै पर्यो।
अर्को समाचार
विभिन्न राजमार्ग बन्द : काठमाडौंमै रोकिए सवारी साधन
०९ असोज २०८३
•
२ मिनेट पाठ
विभिन्न राजमार्ग बन्द : काठमाडौंमै रोकिए सवारी साधन
फाइल तस्बिर
विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्। बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्।

देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौंमै रोकिएको जानकारी दिए।

उनका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। काठमाडौंबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताए।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिए।

'देशका विभिन्न भागबाट काठमाडौं जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्,' उनले भने।

यस्तै, बिहीबार बिहानैदेखि मुलुकको सङ्घीय राजधानी काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण काठमाडौं उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन्। नदी बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ।

यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गरे।

असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस