शून्यबाट संघर्ष गरेर नेपालको पर्यटन उद्योगमा स्थापित हुनेहरू धेरै छन् । त्यस्तै एकजना कर्मयोगी हुन्–सरोज न्यौपाने। कलेज पढ्न भनेर २०४९ सालमा धादिङबाट काठमाडौं झर्दा उनको मनमा ‘मास्टर’ बन्ने सपना थियो। तर, समयले उनलाई सफल पर्यटनकर्मी बनाइदियो।
उनी साथीसँग मिलेर ठमेलमा ‘वियोण्ड द लिमिट्स ट्रेक्स एण्ड एक्सपिडिसन’ र होटल ‘रोयल स्विट’ चलाउँछन्। उनको कम्पनीले पर्यटकलाई पदयात्रा, सिटी टुर, पर्वतारोहण, जगल सफारी लगायत गराउँछ।
बेल ब्वायका रूपमा पर्यटन क्षेत्रमा पसेका धादिङका सरोज न्यौपाने कहिले भरिया बने त कहिले ट्रेकिङ गाइड अनि कहिले क्लाइम्बिङ गाइड। उनले धेरै अनुभव सँगालेका छन्। समयसँगै उनी कम्पनीका मालिक बने। त्यति मात्र होइन, मुलुकको पर्यटनलाई गति दिने खाका समेत प्रस्तुत गर्न सक्ने भैसके।
मनाङ र मुस्ताङको साँध थोराङ् भञ्ज्याङमा। निरन्तर उकालो लाग्दै गरेको पर्यटन व्यावसायमा कोरोना भाइरसले ब्रेक लगाइदियो। मानव जातिले कल्पना गरेभन्दा बाहिरको कुरा भयो–कोरोना भाइरसको संक्रमण । आधुनिकताको रफ्तारमा हिँडिरहेको संसारलाई यसले ब्रेक लगाइदियो। भाइरसको डरले मान्छेमा मनोवैज्ञानिक समस्या ल्यायो। दैनिक आम्दानीको बाटो बन्द हुँदा पर्यटनकर्मीका मनमा निराशाको बादल मडारिँदैछ।
मान्छेहरू निराश छन्। चिन्ताले चितामा पु-याउँछ। त्यसैले उनी चिन्ता होइन, चिन्तन गर्छन्। इतिहास खोतल्ने हो भने बेलाबेलामा महामारी आएका घटना छन्.।’‘मान्छेको जीवन सधैं सजिलो हुँदैन। कहिलेकाहीँ बाँगोटिँगो रेखामा पनि हिँड्नुपर्छ’, उनको मनोबल दरिलो छ, ‘समस्यासँग आत्तिएर होइन, सामना गरेर अघि बढ्नुपर्छ।
आजको समाजमा देखिएको एउटा प्रवृत्तिले भने उनको मुटु कटक्कै खाएको छ। कोरोना लागेका मान्छेलाई सहानुभूति र हौसला दिनुको साटो उनीहरूबाट तर्केर भाग्नु राम्रो होइन। ‘आखिर रोग त जसलाई पनि लाग्न सक्छ नि’, उनले भने, ‘कतिपय मान्छेमा मानवीयता नै देखिएन। समाज नकारात्मक बन्नु हुँदैन।’
खोप नआएसम्म कोरोनाको सन्त्रास मेटिने छैन। वैज्ञानिकहरू खोप बनाउन सक्रिय छन्। खोप बनेपछि संसारभरका मान्छेले खोपाउनु प-यो। बल्ल पर्यटनले गति लिन्छ।
तिब्बततिरको सगरमाथा वेस क्याम्प। ‘मान्छेहरूले खोप लगाएपछि मात्र विदेशी विमा कम्पनीहरूले पर्यटकका लागि नयाँ विमा योजना ल्याउँछन्। बल्ल घुमफिरको माहौल बन्छ’, न्यौपाने सुझाउँछन्, ‘सरसर्ती हेर्दा पर्यटकको स्वागत गर्न हामीले अझै केही वर्ष कुर्नुपर्छ।’
उनको खल्तीमा दुई रुपैयाँ बाँकी थियो। डेरामा केही खानेकुरा थिएन। उनले सडकमा चटपटे बेच्ने दाइसित एक रुपैयाँको चटपटे दिनुस् न भनेर मागे। तिनले चटपटे बनाइरहेका बेलामा उनले सुटुक्क एक पसर भिजाएको चना झिकेर खाइदिए। दोस्रो दिन पनि त्यसै गरे। तेस्रो दिन उनी भोकै बसे, साँझसम्म गाउँबाट साथी आउने आशामा। तर, त्यो दिन साथी फर्केन।
अहिलेको चुनौती भनेको पर्यटन पुरानै लयमा नफर्किन्जेल कसरी टिकिराख्ने भन्ने नै हो। ट्राभल र ट्रेकिङ कम्पनीको अफिसियल खर्च त्यति ठूलो हुँदैन। यद्यपि कम्पनीमा आबद्ध मजदूरको रोजीरोटी चलाउन समस्या परिसक्यो।
होटल व्यावसायको सामु भने चुनौतीको पहाड उभिएको छ। एकातिर होटल भाडा निकै महँगो हुन्छ अर्कोतिर त्यसमा धेरै लगानी भएको हुन्छ। यस्तो अवस्थामा सरकारले पर्यटनकर्मीलाई खासै राहत दिएको छैन।
लाङटाङ भ्यालीमा। व्यावसायी मात्र होइन, घरभेटी पनि मारमा छन्। उनीहरूले पनि बैंकलाई किस्ता तिर्नुपर्छ। ‘त्यसैले घरभेटी र व्यावसायी दुवैका लागि सरकारले प्याकेज ल्याउनुपर्छ’, उनी भन्छन्, ‘संकटमा परेका व्यावसायीले मुलुकमा सरकार भएको अनुभूति गर्न पाउनुपर्छ।’
वातावरण सहज नभएसम्मको समयलाई पर्यटनकर्मीहरूले कसरी सदुपयोग गर्नुपर्ला? उनी सुझाउँछन्, ‘पर्यटनमा लागेका आम मान्छेहरूको पृष्ठभूमि कृषि नै हो। गाउँघरबाटै आएर हामी पर्यटनमा लागेका हौं। त्यसैले अब हामीले कृषिलाई नै वैकल्पिक आम्दानीको माध्यम बनाउन प्रयत्न गर्नुपर्छ।’
मान्छे आशावादी बन्नुपर्छ। आशाले नै मान्छेलाई बचाउँछ। न्यौपाने पनि आशावादी छन्। केही वर्षपछि मुलुकमा फेरि पर्यटनको घाम उदाउनेछ। उनी फेरि विदेशीहरूसँग हिमालतिर उकालिनेछन्।
अब कुरा गरौं उनको पर्यटन यात्राको। उनको गाउँ बसेरी (गंगाजमुना गाउँपालिका–६, धादिङ) रुबी भ्याली (गणेश हिमाल) पदमार्गमा पर्दछ। उनी सानो छँदा पदयात्राको सिजनमा उनको गाउँ नजिकैको डाँडामा विदेशीहरू टेण्ट टागेर क्याम्पिङ गर्थे। पाँच वर्षे बालक सरोज साथीहरूसँग त्यहाँ पुग्थे। अमेरिकीहरू (विदेशी) बोलेको, हेरेको हेर्न जाँदा तिनले उनलाई पेन, पेन्सिल, बेलुन र चकलेट दिन्थे।
‘उनीहरूले भनेको कुरा म बुझ्दिनथें’, त्यतिबेलै उनले अठोट गरे, ‘यिनले बोलेजस्तै भाषा म पनि सिकेर बोल्नेछु।’
पहिलो पदयात्रा सगरमाथा क्षेत्रको गोक्यो भ्यालीमा गएका थिए भने दोस्रो अन्नपूर्ण सर्किटमा। सगरमाथामा जाँदा उनले २५ किलोको भारी बोकेका थिए भने अन्नपूर्णमा ३५ किलोको।
सगरमाथा बेस क्याम्पमा।त्रिशूलीमा पानी बगिरह्यो। गाउँको बद्रिविशाल माध्यमिक विद्यालयबाट एसएलसी सकेर कलेज पढ्ने सपना बोकेर उनी २०४९ सालमा काठमाडौं आए।
उनी केही रकम बोकेर साथी सुदर्शनसहित काठमाडौं आएका थिए। ठमेल छेउको सरस्वती कलेजमा आइकममा भर्ना हुँदा र ढल्कोमा कोठाभाडा तिर्दा पैसा सकियो। कलेज लागिसकेको थियो। त्यसैले बाटोखर्च लिएर साथी सुर्दशन गाउँतिर लागे, तीन दिनभित्र पैसा लिएर काठमाडौं फर्कने गरी।
सरोजको खल्तीमा जम्माजम्मी दुई रुपैयाँ बाँकी थियो। डेरामा कुनै खानेकुरा थिएन। काठमाडौंमा कसरी टिक्ने भनेर उनले जुक्ति निकाले। अनि क्षेत्रपाटीको सडकमा चटपटे बेच्ने दाइलाई अनुरोध गरेर एक रुपैयाँको चटपटे मागे। तिनले चटपटे बनाइरहेका बेलामा उनले सुटुक्क एक पसर भिजाएको चना झिकेर खाइदिए। खल्तीमा एक रुपैयाँ बाँकी थियो, दोस्रो दिन पनि त्यसै गरे। तेस्रो दिन उनी भोकै बसे, साँझसम्म गाउँबाट साथी फर्केर आउने आशामा।
त्यो दिन साथी आएन। तिनताका अहिलेजस्तो मोबाइल फोन थिएन। गाउँमा ल्याण्डलाइन पनि थिएन। चौंथो दिन उनले कलेजका साथीसँग अनकनाउँदै सापटी मागे। ‘त्यो साथीले ५ रुपैयाँ दियो। त्यो रकमले दुई दिन समोसा खाएँ’, उनले संघर्षका क्षण सम्झिए, ‘पाँचौं दिन सुदर्शनले पैसा लिएर डेरामा आइपुग्नेबित्तिकै सरासर मम पसलमा गएर पेटभरि मम खाएँ।’
उनी पहिलो वर्ष घरबाट पठाएको पैसाले पढे। दोस्रो वर्षदेखि काम गर्दै पढ्न थाले। आइकम दोस्रो वर्षमा पढ्दा एक्सपोर्ट कम्पनी ‘ज्ञानी इन्टरनेशनल’मा काम सुरु गरे। त्यसले नेपाली गलैंचा र मूर्ति लगायत क्यूरियो सामान विदेश पठाउँथ्यो।
सोलुखुम्बुको स्याङ्बोचेमा। त्यहाँ उनको मन अडिएन, केही महिनापछि उनी होटलमा प्रवेश गरे। उनी दरबारमार्गको चारतारे होटलमा बेल व्याय बने। अब उनी पाहुना आउँदा तिनका झोला रिसेप्सनबाट कोठामा लगिदिने सहयोगी बन्न पुगे।
उनी महिना दिनमै बेल क्याप्टेनमा बढुवा भए। त्यहाँ ९ महिना जति काम गरे। त्यहाँबाट ‘फस्ट इन्भाइरोमेण्टल ट्रेकिङ’ कम्पनीमा फड्को मारे। उनलाई घरभित्र गरिने कामभन्दा बाहिरका काममा रुचि थियो । उनी सानैदेखि चुनौती मन पराउँथे।
ट्रेकिङ कम्पनीमा भरियाका रूपमा प्रवेश गरेका। पहिलो पदयात्रा सगरमाथा क्षेत्रको गोक्यो भ्यालीमा र दोस्रो अन्नपूर्ण सर्किटमा गरे। सगरमाथामा जाँदा २५ किलोको भारी बोकेका थिए भने अन्नपूर्णमा ३५ किलोको।
सगरमाथा यात्रामा १ गाइड, ३ भरिया र ६ जना अमेरिकी थिए। जोरसल्ले पुगेपछि दुई विदेशी बिरामी परे। एउटा भरियालाई त्यहीँ छाडेर बाँकी ४ विदेशी, २ भरिया र गाइड उकालो लागे।
नाम्चे पुगेपछि अर्का एक जना पनि बिरामी भए। गाइड दुर्गा गुरुङले भरिया सरोजलाई भने, ‘तपाईँलाई अंग्रेजी बोल्न पनि आउँछ। दुई जना विदेशी लिएर गोक्यो जानुस् है।’
उनी गोक्योतिर लागे। पहिलो पटक पदयात्रामा निस्केका सरोजलाई गाइडको केही अनुभव थिएन, आखिर उनी भरिया न थिए। त्यसैले अरू गाइडले केके कुरा गर्छन्, कसरी विदेशीलाई बुझाउँछन् भन्ने सुन्न नजिक जान्थे। अनि त्यही अनुसार आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे।
अध्ययनशील र बोलैया भएकाले उनलाई सबैले मन पराउँथे। टिहाउस ट्रेकिङमा साँझ जब उनी आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे। त्यतिबेला अन्य टेबलका पाहुना पनि नजिकै आएर उनका कुरा सुन्थे। उनीहरू काठमाडौं फर्केपछि ड्रिङ्क्स खुवाउँथे। टिप्स समेत दिन्थे।
सगरमाथाबाट फर्केर आउँदा विरामी टोलीसँग नाम्चेमा भेट भयो। मेहेनती र इमान्दार भएकाले त्यतिखेर पर्यटकले उनलाई मन पराए। उनीहरू फर्केपछि काठमाडौंमा ५ दिन बसे। तिनले न्यूरोडमा उनलाई टिर्शट, जिन्स पाइन्ट र ब्राण्डेड जुत्ता किनिदिए। नसोचेको उपहार र गाइडको भन्दा पनि बढी टिप्स पाउँदा उनी मख्खिए।
धादिङको बसेरी गाउँमा विद्यालय भवन बनाउन सहयोग गर्ने अमेरिकी नागरिकहरूका साथमा। त्यही सिजनको अर्को महिना दोस्रो यात्रा सुरु भयो अन्नपूर्ण सर्किटमा। उनका गाइड थिए–भिम लामा। साथमा ४ जना अष्टे«लियन पर्यटक थिए। तिनका ३ वटा झोला डोरीले बाँधेर सबैभन्दा अघि लागे न्यौपाने। विदेशी आउँदा उकालीमा मुसुमुस हाँस्दै पर्खिरहेका हुन्थे।
‘यति गहुँगो भारी बोकेर पनि हाँसिरहने भरिया’ भनेर विदेशीहरू चकित पर्थे।
जम्मा दुई पटक पदमार्गमा भरिया बनेर हिँडेपछि अर्को सिजनमा उनी गाइडमा बढुवा भए। गाइड बनेर डुलेको पहिलो पदयात्रा अन्नपूर्ण सर्किट थियो। स्वीजरल्याण्डका दुई जना पर्यटक थिए।
‘तिनलाई खुसी बनाउनुपर्ने थियो’, उनले सम्झिए, ‘म पहिलो पटक गाइड भएको हुँ भन्ने छनकै दिइनँ।’ त्यही बेला उनले गणेश हिमाल पदयात्रा गरे।
अध्ययनशील र बोलैया भएकाले उनलाई सबैले मन पराउँथे। टि हाउस ट्रेकिङमा जाँदा साँझ जब उनी आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे। त्यतिबेला अन्य टेबलका पाहुना पनि नजिकै आएर उनका कुरा सुन्थे। उनीहरू काठमाडौं फर्केपछि ड्रिङ्क्स खुवाउँथे। टिप्स समेत दिन्थे। यसले उनमा पर्यटन मोह झन् बढायो।
केही वर्षपछि उनी पर्वतारोहणतिर पनि लागे। उनी सन् १९९६ मा ८ जना बेलायतीसँगै गोक्यो, चोलापास र आइल्याण्ड पिक पुगे। आइल्याण्ड पिक चढेर फर्केपछि उनमा पर्वतारोहणप्रति तृष्णा जाग्यो। त्यसैले पर्वतारोहणको आधारभूत जानकारी लिन उनले बालाजुमा रक क्लाइम्बिङ सिके।
उनी ट्रेकिङ व्यवसायीहरूको साझा सस्था ‘ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान)को नेतृत्वमा पनि पुगे। सन् २०११ देखि सन् २०१३ सम्म नेतृत्वमा रहँदा नयाँ पर्यटन प्रोडक्ट ‘टान इन्टरनेशनल इको च्यालेन्ज’को अबधारणा ल्याएर मूर्त रुप दिए। त्यस्तै टानले नयाँ पदमार्ग खोज्ने क्रममा राजेन्द्र सुवेदी र उनको नेतृत्वमा गणेश हिमाल क्षेत्रमा ‘रुबी भ्याली पदमार्ग’ एक्सप्लोर गरेर नमुना काम गरे।
उपल्लो डोल्पामा। उनले सन् १९९७ मा लिड गर्न थाले। त्यो वर्ष फिनल्याण्डका एक गोरालाई मेरा पिक, आइल्याण्ड पिक र लोबुचे पिक आरोहणमा गराए। दुई सातामा तीनवटै पिकमा पु¥याए। त्यही वर्षको अर्को महिनामा फेरि स्विस नागरिकलाई आइल्याण्ड पिक चढाए।
पदयात्रामा भन्दा पर्वतारोहणमा चुनौती बढी छ। आखिर चुनौतीमै त छ मजा। उनले आइल्याण्ड पिक ६ पटक, मेरा पिक २ पटक, लोबुचे पिक २ पटक, पाछ्यार्मो (रोल्वालिङ) १ पटक, याला पिक २ पटक, नयाक्याङ १ पटक, चोलु फारइष्ट १ पटक, चोलु वेष्ट १ पटक र टेण्ट पिक १ चोटी चढिसके।
उनी मुलुकभित्रका सबै पदमार्गमा हिँडिसके। कञ्चनजंघा वेस क्याम्प, मकालु बेस क्याम्प, अरुण भ्याली, सगरमाथा आधारशिविर, खाङमाला पास, चोला पास, रोल्वालिङ टासी लाप्चा पास, लाङटाङ भ्याली, रुबी भ्याली, मनास्लु, अन्नपूर्ण क्षेत्र, धौलागिरि क्षेत्र, उपल्लो मुस्ताङ, तल्लो र माथिल्लो डोल्पा, गुरिल्ला लगायतमा पर्यटक घुमाइसके।
उनी नेपालका कुनाकन्दरामा मात्र होइन, विदेशका भूमिमा समेत घुमेका छन्। भारत, तिब्बत, थाइल्याण्ड, बेलायत, बेल्जियम, लक्जेम्बर्ग, नेदरल्याण्ड, दक्षिण अफ्रिका लगायत मुलुकमा। विदेशमा भन्दा स्वदेश नै रमाइलो लाग्छ उनलाई।
घुम्नुमै आनन्द देखेका छन् उनले। भौगोलिक हिसाबले नेपाल सानो छ तर प्राकृतिक, सांस्कृतिक र जैविक विविधताका हिसाबले निकै ठूलो छ। जता डुल्यो उतै रमाइलो हुन्छ। फरकफरक जीवनशैली, संस्कृति र समाजको बनोटले भुतुक्कै बनाउँछ।
भारतको चण्डीगढमा। पर्यटनको अथाह सम्भावन भएको हाम्रो मुलुकले वर्षमा १५ लाख पर्यटक पनि भित्र्याउन सकेको छैन। अनुभवी गाइड न्यौपानेलाई लाग्छ, ‘संसारभरका उत्पादित वस्तु बजारमा पु-याउन मार्केटिङको भूमिका ठूलो हुन्छ। हामीसँग यति धेरै सम्पदा र आकर्षण छन् तर, हामीले उपभोक्ताको माझमा त्यसलाई राम्रोसँग पस्कन सकेका छैनौं।’
नेपालले कनेक्टिभिटीमा जोड दिनुपर्छ। युरोपबाट आउने बजेट ट्राभलरहरू हवाईभाडा महँगो भएकाले यता आउन सक्दैनन्। ‘एउटा पर्यटक छिमेकी दिल्लीमा ५ सय डरलमा आउन सक्छ’, उनी भन्छन्, ‘काठमाडौं आउन त्यही उडान झन्डै दोब्बर मूल्य पर्छ।’
नेपालको पर्यटन विकास गर्न सरकारले नेपाल वायुसेवाको क्षमता बढाएर बढीभन्दा बढी देशमा उडान विस्तार गर्नुको विकल्प छैन। अब सगरमाथा र लुम्बिनीको देश मात्र भनेर बस्नु हुँदैन। हामीसँग भएका सबै सम्पदाको डिजिटल मार्केटिङ जरुरी छ। यसमा नेपाल पर्यटन बोर्डको भूमिका ठूलो हुनुपर्छ।
उनले भरिया र गाइड बनेर ६ वर्ष त्यो कम्पनीमा काम गरे। पर्याप्त अनुभव बटुले। उनलाई विदेशी साथीहरूले पटकपटक भने, ‘तिमी कम्पनी खोल हामी सहयोग गर्छौं।’
विडम्बना ! कोभिड–१९ ले उनीहरूको सपनालाई धक्का दियो। तर आत्तिएका छैनन् उनीहरू। कोरोनालाई पराजित गरेपछि गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ। त्यसको तयारीस्वरूप जनशक्तिलाई तालिम दिने, डिजिटल मार्केटिङ गर्ने, योजना बनाउने र नयाँ रुटहरू प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।
रसुवाको तामाङ हेरिटेज ट्रेलमा। अन्ततः उनी कम्पनी खोल्ने निर्णयमा पुगे। साथीहरूलाई कन्भिन्स गराउन समय लाग्यो। साथीहरूलाई विश्वस्त बनाएर सन् २ हजार अगस्टमा कम्पनी खोले। सुरुमा उनका साझेदार थिए– सुर्दशन न्यौपाने, ध्रुबमित्र न्यौपाने र दयानिधि ढकाल।
पछि सन् २०१४ मा शुदर्शन र ध्रुबमित्र होटलमा सिफ्ट भए। अचेल सरोज र दयानिधि मिलेर कम्पनी चलाउँदै छन्। उनले सन् २०१८ मा साथीहरूसँग मिलेर ठमेलमा होटल ‘रोयल स्विट’ पनि सुरु गरे।
विडम्बना ! कोभिड–१९ ले उनीहरूको सपनालाई धक्का दियो। तर आत्तिएका छैनन् उनीहरू। कोरोनालाई पराजित गरेपछि गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ। त्यसको तयारीस्वरूप जनशक्तिलाई तालिम दिने, डिजिटल मार्केटिङ गर्ने, योजना बनाउने र नयाँ रुटहरू प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।
उनी ट्रेकिङ व्यवसायीहरूको साझा सस्था ‘ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान)को नेतृत्वमा पनि पुगे। सन् २०११ देखि सन् २०१३ सम्म नेतृत्वमा रहँदा नयाँ पर्यटन प्रोडक्ट ‘टान इन्टरनेशनल इको च्यालेन्ज’को अबधारणा ल्याएर मूर्त रुप दिए। त्यस्तै टानले नयाँ पदमार्ग खोज्ने क्रममा राजेन्द्र सुवेदी र उनको नेतृत्वमा गणेश हिमाल क्षेत्रमा ‘रुबी भ्याली पदमार्ग’ एक्सप्लोर गरेर नमुना काम समेत गरे। चल्तीको गणेश हिमाल पदमार्गलाई रुबी भ्याली पदमार्गका रुपमा ब्राण्डिङ गर्ने जस पनि उनीहरूलाई नै जान्छ।
जन्मथलोको स्वागतमा विदेशीका साथमा। सरोज संघर्षले खारिएका पर्यटनकर्मी। उनले दुईचार पैसा कमाएर परिवार त बलियो बनाएका छन् नै, सामाजिक काममा समेत योगदान पु¥याउँदै आएका छन्। सन् २००८ मा आफ्नै गाउँको जलकन्या प्राविमा ४ कोठे पक्की भवन बनाइदिएर सामाजिक काम थालें । त्यही बेलादेखि निजी श्रोतका एक शिक्षकको तलब जोहो गर्दै आएका छन्। उनको होस्टेमा अमेरिकी नागरिक गेरी फिल्ब्रिकको हैंसे छ।
१२ वैशाखमा भुइँचालो आएपछि पनि उनी राहत वितरणमा संलग्न भए। हालका एनआरएनएका सहकोषाध्यक्ष बेलायत निवासी लोक दाहालको सयोजनमा डा. लुक बुकुरको नेतृत्वमा आएको स्वास्थ्य विशेषज्ञ टोलीले धादिङका मुलपानी, बुढाथुम, बसेरी र गोरखाको मान्बुमा स्वास्थ्य शिविर चलायो। शिविरमा उनले १५ दिनसम्म निःशुल्क अनुवादकका रूपमा काम गरे।
पर्यटनकर्मी न्यौपानेको परिवार। उनी बेलाबेलामा गरिबदुःखीको सेवा गर्छन्। उनले कालिमाटी, काठमाडौंको ओसिस अनाथालयलाई दुइटा ल्यापटप सहयोग गरेका छन्। त्यस्तै सन् २०१८ मा कर्नाली प्रदेशको दैलेखमा राउटेको उपचारमा सञ्चालित शिविरमा पनि सक्दो सहयोग पु-याए।
जीवनका २६ वर्ष पर्यटनमा विताएका ४८ वर्षे न्यौपाने काठमाडौंको वनस्थलीमा परिवारसहित बस्छन्। उनका बुबाआमा, दुई छोरा र श्रीमती छन्। लकडाउनले गर्दा उनीहरू यतिबेला गाउँमा छन्।
उनको जीवनकथाले आफ्नो काममा निरन्तर इमान्दारीपूर्वक लागेमा सफल भइन्छ भन्ने सन्देश दिन्छ। उनको सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक शुभकामना!
निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई बढाउनेसम्मका योजना दलहरूको घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले सार्वजनिक गरिको प्रतिज्ञामा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य पनि कांग्रेसको रहेको छ। अहिले नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान ५ प्रतिशत मात्र रहेको छ। अहिले नेपालमा वर्षभरिमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटकको संख्या झन्डै १२ लाख मात्र छ।
पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो। नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।
त्यसबाहेक कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारा पनि प्रतिज्ञापत्रमा उल्लेख गरेको छ। विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ को व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। नेपाली सभ्यता र जीवनशैलीको प्रत्यक्ष अनुभवका लागि सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम संचालन गर्ने पनि कांग्रेसको प्रतिज्ञामा समेटिएको छ।
नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ल्याण्डिङ, पार्किङ, हवाई इन्धनको अतिरिक्त शुल्क आदि घटाई नेपाल खर्चको हिसाबले र आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने पनि कांग्रेसले बताएको छ। आकाशमा हुने विमान होल्डिङ समय न्यूनीकरण व्यवस्था गर्ने पनि कांग्रेसले बताएको छ। नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा सम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने पनि कांग्रेसले बताएको छ।
पोखरा र भैरहवामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने पनि कांग्रेसले प्रतिज्ञामा उल्लेख गरेको छ। अहिले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित छैन। संचालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा र भैरहवाले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानमा योगदान दिन नसक्दा आलोचना पनि हुने गरेको छ।
त्यस्तै एमालेको घोषणापत्रमा नेपालमा विदेशी पर्यटकको वृद्धि, भित्रिएका पर्यटकको बसाई अवधि बढाउने उल्लेख छ। पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने एमालेको दावी छ। अहिलेको आगमनको हिसाबले पाँच वर्षभित्र एमालेले २४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य घोषणापत्रमा उल्लेख गरेको छ।
कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।
तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाइँ अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाइँ अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाइँ अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाइँ अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाइँ अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
पर्यटकको बसाइँ अवधि बढाउनका लागि विभिन्न आकर्षक कार्यक्रम गर्नुपर्नेमा व्यावसायीले जोड दिँदै आएका छन। त्यसबाहेक सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा जनाइएको छ।
अर्काे दल रास्वपाको वाचापत्रमा भने नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने उल्लेख छ। नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेको सरकारी तथ्यांक छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर, गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
अध्ययन अनुसार गण्डकी प्रदेश भित्रिएका पर्यटकको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ। तर, प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत दैनिक खर्च भने ८९.३१ अमेरिकी डलर रहेको उल्लेख छ। त्यसैगरी स्वतःस्फुर्त रुपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकको दैनिक औसत खर्च भने ५४.३२ अमेरिकी डलर रहेको राष्ट्रबैंकको अध्ययनले बताएको छ।
दलहरुले घोषणापत्रमा यो पटक पर्यटन क्षेत्रलाई समेटेको भएपनि यसअघिको अभ्यासमा प्राथमिकता भने कम दिने गरेको पर्यटन क्षेत्रले बताउने गरेको छ। पर्यटकको आकार बढाउनेदेखि खर्च र बसाई अवधि दोब्बर बनाउने तथा कुल गार्हस्थ उत्पादमा दिएको योगदानलाई बढाउने भनेर दलको घोषणापत्रलाई उल्लेख गरेपनि ती महत्वाकांक्षी योजनाका रुपमा मात्र रहेको उनीहरुको भनाई छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘आगमन दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादन १५ देखि २० प्रतिशत पुर्याउनु, खर्च गर्ने क्षमता वृद्धि गर्नेगरि दलहरुले घोषणापत्रमा पर्यटनलाई समेटेका छन। बाहिरबाट सुन्दा राम्रा योजना देखिन्छन। तर, यी सबै महत्वाकांक्षी योजना हुन। चाँसो दिएर लागिपरेमा पुरा गर्न नसकिने भन्ने होईन।’ पर्यटनमा राजनीतिक दलले उत्तिसारो चाँसो नदिँदा पछाडि पर्दै आएको उनले बताए।
‘नेपालले अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्ने भनेकै पर्यटनमा हो। तर, आलोपालो सरकार चलाउँदै आएका दलहरुले यसअघि पर्यटनलाई नै बेवास्ता गर्दै आएका थिए,’ उनले भने, ‘अहिले घोषणापत्रमा समेटेका त छन। तर, वास्तविक रुपमा कत्तिको महत्व दिन्छन त्यो भने हेर्न बाँकी छ। अहिलेसम्मको अभ्यासमा दलको प्राथमिकतामा पर्यटन परेको थिएन।’ नीतिगत रुपमा काम गर्ने हो भने पर्यटनबाट अहिले भन्दा अझै बढी लाभ लिन सकिनेमा कुनै द्विविधा भने नरहेको उनले बताए।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि अहिलेसम्म दलले पर्यटन क्षेत्रलाई बेवास्ता गरेकैले भनेजति लाभ लिन नसकेको बताउँछन। ‘दलहरुले यसअघि पनि पर्यटन विभाग बनाएका छन , तर पर्यटन क्षेत्र उनीहरुको प्राथमिकतामा परेको थिएन। विभागका लागि विभाग बनाइएको थियो,’ लामिछानेले भने, ‘यसअघि नै पर्यटनलाई महत्व दिएको भए साच्चै पर्यटन क्षेत्रले गति लिएको हुन्थ्यो। तर, दलको बेवास्तामा परेको थियो।’
अहिले चुनावको समयमा दलहरुले पर्यटनलाई प्राथमिकता राखेको देखिएको छ। ‘पर्यटनमा हामी गर्छाै भनेर कहिल्यै अघि बढेको देखिएन। यतिसम्म की भागबण्डाको राजनीतिमा पनि पर्यटन मन्त्रालय कसैले हत्तपत्ति रोज्दैनथे। पर्यटन मन्त्रालयलाई कमजोर बनाइएको थियो,’ उनले भने, ‘देशको अर्थतन्त्रमा योगदान दिएको भनेर पर्यटनलाई दलहरुले कहिल्यै बुझेनन।’
घोषणापत्रमा उल्लेख गरेको कुरालाई पुरा गर्न पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि कुटनीतिक रुपमा चासो देखाउनुपर्ने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई पुरा रुपमा संचालन गरेको खण्डमा मात्र पर्यटनमा केही लक्ष्य सहजै पुरा होला, नत्र सहज छैन,’ उनले भने, ‘कसरी लक्ष्य पुरा गर्ने भन्ने दलहरुले उल्लेख गरेका छैनन। समस्या थाहा भएर पनि ‘एक्सन’ मा नगएकोले पर्यटन क्षेत्र पछाडि परेको हो। सत्तामा पुगेपछि काम गर्ने चलन छैन। साच्चै लाग्ने हो अहिले घोषणापत्रमा समेटिएका कुरा पुरा गर्न असम्भव पनि छैन।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...