विकास कि झारो टार्ने ?
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतियोगिता आयोजना गर्ने नेपालको इच्छा पूरा हुने क्रममा छ । वास्तवमा विश्व क्रिकेट लिग डिभिजन-५ को उल्टो गणना सुरु भइसकेको छ । नेपालले पहिलो पटक विश्व क्रिकेटको सर्वोच्च संस्थाको आधिकारिक प्रतियोगिता गर्न लागेको हो । जनवरीमा अमेरिका, जर्सी, फिजीसहितका राष्ट्र नेपाल आएर खेल्दैछन् । यसले भविष्यमा नेपालका लागि आइसिसीको थप प्रतियोगिता आयोजना गर्ने ढोका खोल्न सक्ने छ ।
यसै साता डिभिजन-५ का लागि नेपालको भौतिक पूर्वाधार तथा तयारी निरीक्षण गर्न आएका आइसिसीका डेभलपमेन्ट इभेन्ट्स मेनेजर एन्ड्रयु फाइन्चीले सफल आयोजनाबाट नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक बन्ने ढोका खुल्ने बताइसकेका छन् । तर के नेपाल विश्व स्तरीय प्रतियोगिता आयोजना गर्न साँच्चै तयार छ ? यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेकाले ब्यवस्थापन पक्षमा प्रश्न उठाउने ठाउा नहोला तर भौतिक पूर्वाधारतर्फ ठूलै फड्को मार्नुको विकल्प छैन । सधैा कीर्तिपुर, भक्तपुर र पुल्चोक मैदानको भरमा नेपाल क्रिकेट संघ -क्यान) ले ठूला आाट गर्नु मूर्खता सावित हुन सक्छ । सधैाझैं डिभिजन-५ का खेल पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ क्याम्पस र वीरेन्द्र सैनिक स्कुल मैदान भक्तपुरमा हाुदैछ । कीर्तिपुर मैदान मात्र क्यानको आˆनै पकडमा छ । पुल्चोक र भक्तपुरको मैदान क्यानले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा प्रयोग गर्दै आएका मैदान हुन् । अर्को वर्ष मुलपानीको मैदान निर्माण सकिए क्यानसाग अर्को विकल्प थपिनेछ ।
भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ, तर कीर्तिपुर मैदानको सुविधा स्थिति निर्माण भएको १२ वर्षपछि पनि जस्ताको तस्तै छ । कीर्तिपुर मैदानका भौतिक पूर्वाधार भनेकै उत्तरपट्ट िरहेको पवेलियन र शौचालय मात्र हो । मैदानलाई कचौराको डिलझैं घेरेको नाँगो भिरालो चौर दर्शकका लागि क्रिकेट हेर्ने प्यारापिट बनेको छ । तथापि बुज्जकी नेपाली दर्शकले यसलाई न्युजिल्यान्ड र दक्षिण अपि|mकी व्यवस्थासाग दाँजेर व्यंग्य गर्दै भए पनि रमाउने गरेका छन् । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदानमा दर्शकका लागि न कुनै शौचालय छ, न कुनै स्टयान्ड । खेल भइरहादा खेलाडीबाहेक सबैले सास्ती खप्दै आएका छन् । पीडितको यो सूचीमा अम्यायर पनि पर्छन् । नेपालले प्रतियोगिता जित्दा दर्शक कीर्तिपुरको हलुका बार नाघेर सजिलै मैदानभित्र पस्ने गरेका छन् । यसले भाग दौड मच्चिने सम्भावना बढी हुन्छ । नेपालमा क्रिकेट व्यवस्थापनको जिम्मेवारी लिएर बसेको क्यान यसतर्फ बेलैमा सचेत हुनु जरुरी छ । किनकि विश्वमा मैदानभित्रको भागदौड घटनाले धेरैको ज्यान लिएको छ ।
डिभिजन-५ का लागि भनेर कीर्तिपुरमा मिडिया सेन्टरसहित, मेडिकल रूम, सिमेन्टेड साइड स्त्रिmन बनाइने भएको छ । त्यसपछि मैदानको स्वरूपमा केही परिवर्तन आउला । कीर्तिपुर मैदान अहिलेको अवस्थामा मात्र सीमित रहनुमा एक्लो जिम्मेवार क्यान नै हो । सरकारी सहयोग न्यून रहेको अवस्थामा उसले हरेक समयमा आउने अवसरलाई किस्ताबन्दीमा मात्र उपयोग गरेको भए पनि अहिले १२ वर्षमा कीर्तिपुर मैदानको स्वरूप अर्कै हुने थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मैदान सधैा तयार राखिरहनुपर्छ । जुन यथार्थ सायद दर्शकले समेत बुझिसके, तर मौसमपिच्छे बदलिने क्यान पदाधिकारीको घैंटोमा यो घाम अझै पस्न सकेको छैन ।
पुल्चोक मैदानको वर्तमान अवस्था प्राविधिक रूपमा स्कुल प्रतियोगितालाई पनि योग्य छैन । डिभिजन-५ अगाडि निश्चय पनि यसको रूप फेरिने छ । डिभिजन-५ आउन सात महिना बाँकी छ, मैदानको स्थिति हेर्ने हो भने त्यो अपुग हुन सक्छ । आइसिसीले २०१० मा कमजोर भौतिक पूर्वाधारका कारण केन्याबाट यु-१९ विश्वकप न्युजिल्यान्डमा सारेको घटनालाई नेपालले नजिरका रूपमा लिनुपर्छ र भविष्यमा नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न क्यानले मैदानमा पहिलो ध्यान दिनु पर्दछ । झारो टार्नका लागि हो भने अहिलेको भौतिक पूर्वाधार पनि बढी हुन सक्छ । क्यान पदाधिकारीसामु एउटा गम्भीर प्रश्न- सााच्चिकै विकास चाहने कि झारो मात्र टार्ने ?