टायरको धुवाँ
१७ चैत्र २०६८
•
४ मिनेट पाठ
टायरको धुवाँ
विरोधका लागि टायर बाल्ने र सडक थुन्नेहरू स्वाँठ हुन्। नाफाका लागि टायर बालेर जनताको स्वास्थ्य बिगार्नेहरू चाहिँ अपराधी नै हुन्। सामाखुसीबाट म्हेपी जाने बाटामा पर्ने मञ्जुश्री देवी मार्गमा पिच गर्ने ठेकदारले अलकत्रा पगाल्न टायर बालेछन्। रातभर वरपरका बासिन्दालाई धुवाले सताएछ। अनि एक जना महिलाले सहनै नसकेपछि प्रतिवाद गर्दै रहिछन्। म त्यहाँ पुग्दा पहिले त ठेकेदारका कामदारहरू गलफती गर्दै थिए। महिला पनि पछि हटिनन्। त्यसपछि दाउरा प्रयोग गर्ने वचन लिएरै छाडिन्।

त्यति बेला खिचेको तस्बिरमो धुवाको मुस्लो देखिन्छ। आधा घन्टाजति पछि म्हैपीबाट फर्कँदा त्यहाँ कोही थिएनन्। धुवाँ पनि थिएन। रसौटामा दाउरा हालिएको थियो। अर्थात्, ती महिलाको प्रयास सफल भयो। ( नजिकै दाउरा थुपारेको पनि थियो। तर, हिजो र आजका बीचमा दाउरा खासै घटेजस्तो लागेन। टायरको करामत पो रहेछ।)
यसबाट दुईवटा शिक्षा लिनसकिने देखेँ। पहिलो, सहन नसकिने अत्याचारको प्रतिरोध हुन्छ। चेतनशील नागरिकले शान्तिपूर्वक त्यस्ता ज्यादतीविरुद्ध आवाज उठाउँछन्। अन्ततः त्यस्तो प्रतिरोध सफल हुन्छ। अर्को, राज्यको संयन्त्र बेकम्मा र भ्रष्ट भएकैले ठेकेदारले बस्तीको बीचमा टायर बालेर धुवाँको मुस्लो फैलाउने आँट गरेको हो। उसले ठेक्का लिँदा त अलकत्रा पगाल्न बाल्नुपर्ने दाउराको मोल पनि पक्कै गाभेकै होला। दाउराबाट पोल्ने दर राखेर ठेक्का लिने र टायर बालेर अलकत्रा पगाल्ने काम जनस्वास्थ्य विरुद्ध गरिएको अपराध त हो नै भ्रष्टाचार पनि हो। तर, यस्ता अपराधको निगरानी भने कसैले गर्दैन। सरकारको नियामक निकाय र सञ्चार माध्यमको यस्ता अवैध क्रियाकलापप्रति खासै ध्यान गएको देखिँदैन। यसैले मध्य दिनमा खुलायाम बस्तीको बीचमा टायर बाल्ने ठेकेदार दण्डित हुँदैन। उसलाई आफूले गल्ती गरेको महसुस पनि हुँदैन। ( ती महिलाले प्रतिवाद गर्दा सुरुमा त उल्टै उनैमाथि सबै खनिएका थिए।)
मालपोतको सुब्बा खरदारले जग्गा पास गर्दा खाने घुसभन्दा यस्तो प्रकृतिको भ्रष्टाचारमा धेरै रकम हिनामिना हुन्छ र जनतालाई प्रत्यक्ष हानि हुन्छ। अझ, स्वास्थ्यमा पर्ने असर त दीर्घकालीन र भयावह पनि हुनसक्छ। दमका बिरामीले रातभर टायरको धुवाँमा सास फेर्नु पर्‍यो भने ज्यानै जानसक्छ। सानानानीलाई दम हुनसक्छ। तैपनि, सहर वा गाउँका बस्तीका बीचमा टायर पोल्नेहरुलाई सरकारले कारबाही गरेको अहिलेसम्म सुनेको छैन। राजनीतिक दलहरू त टायर बाल्ने अपराधका अभियन्तै हुन्। यसरी टायर बाल्नेजस्तै अरू पनि थुप्रै जनस्वास्थ्यमा हानि गर्ने काम खुलायाम हुँदा पनि कुनै निकायले निगरानी गरेको छैन। यसका लागि जिम्मेवार निकाय कुन् हो?
कि कोही पनि जिम्मेवार नहुनु नै सरकारको स्थायी विशेषता र जनताको नियति हो? 


अर्को समाचार
चौतर्फी अराजकता
२२ फागुन २०६९
•
६ मिनेट पाठ
चौतर्फी अराजकता
विद्यालय बन्द छन्। पढ्नुपर्ने अवस्थाका बालबालिका धुलिमैदानमा रमाउन बाध्य छन्। अभिभावक भविष्यका यी कर्णधारप्रति चिन्ता व्यक्त गर्नेबाहेक केही गर्न नसक्ने अवस्थामा छन्। उता नेपाल बन्दको रोग पुनः बल्भि्कएको छ। सडक सुनसान हुन थालेका छन्।
टायरको धुवाँ धुलोले फेरि आकाश रंगिएको छ। जिन्दावाद-मूर्दावादको नारा सडकमा सुनिन थालेका छन्। ट्याक्सी चालकहरुले नयाँ ट्याक्सी भित्र्याउन पाइन्न भन्दै हड्ताल गरेका छन्। पेट्रोल पम्पहरु बन्द छन्। सर्वसाधारणले भने जति पैसा तिर्दा पनि पेट्रोलियम पदार्थ नपाएको पीडा व्यक्त गर्ने ठाउँसमेत पाइरहेका छैनन्। ग्यासदेखि दैनिक उपभोग्य सामग्रीमा कालोबजारी जारी छ। मुलुक यसैगरी चौतर्फी अराजकताको भिडमा रुमलिइरहेको छ।

तर मुलुक सञ्चालनको उच्च तहहरुमा नियुक्ति गर्न भ्याउने, ठेक्कापट्टामा सोझै हात हाल्न भ्याउने अनि आपराधिक क्रियाकलापमा लागेकालाई संरक्षण दिन भ्याउने सरकार तथा उच्चपदस्थ कर्मचारीतन्त्रलाई यी कुनै कुरामा मतलव छैन। दिनानुदिन कष्टकर बन्दै गएको जनजीवनप्रति उनीहरु 'जानकार' देखिन्नन्। संक्रमणकालको फाइदा उठाएर यी सारा ज्यादति भइरहेको छ। अर्कोतिर यस्ता ज्यादति रोक्न लागिपर्नुपर्नेहरु समेत यही संक्रमणकालको फाइदा उठाउँदै आफ्नै स्वार्थ पुरा गर्न लागिरहेका छन्। जसको प्रत्यक्ष मार भने जनताले भोग्नुपरिरहेको छ।
सत्तासीन दलकै विद्यार्थी हौं भन्नेले शिक्षालय तोडफोड गर्दा वा भौतिक सम्पत्तिमा क्षति पुर्यािउँदा पनि किन सरकार कारबाही गर्न सक्दैन? बालबालिका पढाउन भनेर शुल्क असुल्नेहरु नै विद्यालय बन्द गर्न अघि सर्ने कार्यविरुद्ध अंकुश लगाउन किन सरकार अघि सर्दैन? एक्लै 'कमाउन' पाउनुपर्ने माग राखेर थप ट्याक्सी भित्र्याउन दिनुहुन्न भन्नेहरुमाथि किन कारबाही हुन सक्दैन? अनि विभिन्न बहानामा बन्द गर्ने कार्य किन निरुत्साहित गर्न सक्दैन सरकार? र, अझ महŒवपूर्ण कुरा कमिशन बढाउनकै लागि हड्ताल गरेर सर्वसाधारणलाई दुःख दिने पेट्रोल पम्पवालाप्रति किन अत्यावश्यक ऐन लगाएर आपूर्ति सुचारु गर्न सक्दैन सरकार? के बाध्यता छ सरकार सञ्चालकहरुमा कि विद्यमान कानुनसमेत प्रयोग गर्न नसक्ने अवस्थामा छन् उनीहरु? प्रश्न धेरै छन् तर उत्तर सरकारसँग छैन। जसको मार भोग्न जनता विवश छन्।
जनताको मुहार फेर्नका लागि वा नयाँ नेपाल निर्माणका लागि दश वर्षे 'जनयुद्ध' छेड्नुपरेको दाबी गरेर नथाक्ने एमाओवादी अहिले सत्ताको बागडोर सम्हालिरहेको छ। तर यी यावत् अव्यवस्थाको जगमाथि आसन जमाइरहेको सरकार जनताको कष्ट टुलुटलु हेर्नेबाहेक केही गर्न सकिरहेको छैन। अराजकतामा रमाउनेहरु प्रश्रय पाएको पायै छन्। लुट्नेहरुले लुटेको लुट्यै छन्। ठगिनेहरु ठगिएको ठगियै छन्। उल्टै यस्तो कार्यमा संलग्नहरुबाट हप्तावारी तथा महिनावारी उठाउनेमा सत्तासीन दलकै कार्यकर्ता संलग्न भएका घटना बारम्बार सार्वजनिक भइरहेका छन्। उनीहरुमाथि कुनै पनि कारबाही नभएकै कारण यस्तो चौतर्फी अराजकताले आफ्नो आकार बढाइरहेको छ। तर पनि सरकार भने यी सबै घटनाप्रति मुकदर्शक रहनु आश्चर्यको विषय बनेको छ।
विद्यालय दुई दिन अनावश्यकरूपमा बन्द रहे। दुई दिनपछि हुने सहमति यसरी बन्द हुनुअघि नै किन हुन सकेन? पेट्रोल पम्प दुई दिन बन्द रहे, त्यसपछि सहमति भयो। यो सहमति दुई दिनअघि नै किन गरिएन? आखिर सहमति नै गर्नु छ भने बन्दअघि नै किन हुन सक्दैन? यसका लागि कसले रोकेको छ? जब जनताले पीडा बेहोरिसक्छन्, अनिमात्र सहमति गर्ने बानी छाड्न सरकार र उच्चपदस्थ पदाधिकारीलाई केले अवरोध सिर्जना गर्योन? आखिर सहमति त गर्नैपर्दोरहेछ भने पहिल्यै गर्दा के बिग्रन्छ? यस्ता प्रश्न पनि अनुत्तरित नै छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस