धन्न कोरनाको भरिया भइएन !
०७ जेष्ठ २०७७
•
१० मिनेट पाठ
धन्न कोरनाको भरिया भइएन !
१० फेबु्रअरी २०२० देखि १७ फेब्रुअरी अर्थात २०७६ माघ २४ देखि फागुन ५ गते सम्म पर्यटन प्रवद्र्धन समिति र स्थानीय जनप्रतिनिधिहरूको टोली इटली भ्रमण भएको थियो । पर्यटन प्रवद्र्धन समितिको अध्यक्षको नाताले म पनि यो टोलीमा सामेल थिएँ । हाम्रो टोली फागुन २५ अर्थात फेब्रुअरी ६ मा इटलीको मिलानो एयरपोर्टमा स्थानीय समयअनुसार १२ः३० तिर पुगेको थियो । त्यसपछि हामी एयरपोर्टको इमिग्रेसनबाट प्रवेश गर्ने तरखरमा लाग्यौँ । हाम्रो टोलीलाई प्रवेशका निमित्त अलि कडाइ गरियो अर्थात निकै सोधपुछ भयो ।  




इमिग्रेसनका लागि एयरपोर्टमा दुई वटा लाइन थिए । एउटा युरोप र अर्को एसियाली मुलुकका मानिसका लागि प्रवेश मार्ग तोकिएको थियो । सोहीअनुसार हाम्रो टोली एसियाली मुलुकका मानिसको लाइनमा उभियो भने युरोपियनहरू अर्को लाइनमा उभिए । युरोपियनहरूलाई बिना रोकटोक प्रवेश गराइयो तर हामीलाई भने निकै सोधपुछ पश्चात मात्र प्रवेश दिइयो ।

नेपालीहरू चीनको छिमेकी भएकानाताले होला, सुरुमा नै हाम्रो टोलीलाई मिलानो इमिग्रेसनका मानिसले तापमान यन्त्र प्रयोग गरेर कोरोनाको प्रारम्भिक जाँच गरेका थिए । हामी दोहाबाट एउटै एयरवेजमा गएका एसियाली र युरोपियन मुलुकका यात्रुलाई फरक फरक लाइनमा उभ्याएर फरक फरक व्यवहार गर्दा मिलानो प्रवेशमा नै विभेद महसुस भयो ।

इटालीको यो भ्रमणको प्रबन्धमिला उनका लागि पर्यटन प्रवद्र्धन समितिका सचिव रवीन्द्र अधिकारी र गरिमा भोयजको प्रतिनिधि फेद्रिकालाई जिम्मेवारी दिइएको थियो । व्यवस्थापनको जिम्मेवारी लिने साथीहरूले हामीलाई त्यस दिन मिलानो एयरपोर्ट नजिकैको एउटा होटलमा बस्ने व्यवस्था मिलाउनु भएको रहेछ । त्यस दिन हामी त्यही होटलमा बास बस्यौँ । भोलिपल्ट अर्थात फेब्रुअरी ९ मा हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार मिलानो टुरिज्मफेयरमा नेपाल र हाम्रो कार्यक्षेत्रभित्रकाआकर्षक पर्यटकीय स्थलहरूको प्रचारका लागि तयार पारिएका सामग्री सहित सहभागी भयौँ ।  

हामीफर्कन केही समय मात्र ढिला गरेको भएअहिलेसम्मपनिइटलीको लकडाउनमैपर्ने रहेछौँ । इटलीबाट फर्कँदाकोरोना संक्रमितभएर फर्किएको भएहामी नै नेपालमाकोरोनाआयातगर्ने मानिसका रूपमादर्ज हुने थियौँ ।
बाहिरको वातावरण निकै ठण्डा भएपनि हाम्रो एक्सपो भएको महल निकै भव्य र पुरै हिटिङ थियो । त्यस महल भित्रको वातावरणले हामी गर्मी याममा छ कि जाडो यामा भनेर छुट्टयाउन कठिन भयो । पहिलो दिन प्रदर्शनी (एक्सपो) उद्घाटनमा संसारभरका झण्डै डेढ लाख जति मानिस भेला भएका थिए भने यसबाहेक एघार सय स्टलहरूमा थपबीस हजार जति मानिस सामेल थिए ।  

टुरिज्म प्रदर्शनी (एक्स पो) सकिएपछि हामी दिउँसो पर्यटकीय स्थल दोभो सहर गयौँ । यहाँ निकै चर्चित म्युजियम, राजतन्त्रको अन्तपश्चातअन्तिम राजाको दरवारमा निर्माण गरिएको रहेछ । म्युजियमको अवलोकन बाहिरबाटै ग¥यौँ । यो म्युजियम रहेको दरवार झण्डै दुई सय फिट अग्लो छ तर पनि पिलर छैनन् । 

इँटाको पर्खाल लगाएर दरबार निर्माण गरिएको छ र पनि विशेष आर्किटेक्टहरूबाट डिजाइन भएकाले होला, यो भवन अहिले पनिउस्तै छ । नेपालको राणाकालीन दरबार जस्ता ठूला ठूला घरयहाँ छन् । पुराना दरवार जस्तो देखिने यी अधिकांश घरमाहोटल सञ्चालन गरिएको पाइयो । सहरको चोकमा एउटा सानो हात्तीको चित्र देखियो । धन, दौलत र सुख शान्तिप्राप्त हुन्छ भन्ने विश्वासका साथत्यो चित्रमाथि कुर्कुच्चाले टेकेर धेरै मानिस परिक्रमागर्दै थिए । हामीले पनि अरुसँगै त्यो हात्तीको चित्र परिक्रमा ग¥यौँ ।

बेलुका रोभेटो सहरमा गएर बास बस्यौँ र भोलिपल्ट बिहान हामी मानडोना गयौँ । यो ठाउँ हिउँको संसार भएको अर्को एउटा पर्यटकीय स्थल रहेछ । हिउँमा स्केटिङ गर्न संसार भरिका मानिस यहाँ आउँदारहेछन् । हामी त्यहाँ गएका बेला अस्ट्रेलिया, बेलायतदेखि हजारौँ मानिस स्नोस्केटिङका लागि आएका थिए ।  

उनीहरू तल हिउँमा स्केटिङ गर्दै थिए भने हामी त्यही रुटको ठीक माथिबाट केबुलकारमा सेयर गर्दै थियौँ । स–साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरू यो खेलमा सहभागी भएका देखियो । ती सहभागीले एक सय बीस भन्दामाथिको स्पिडमा स्केटिङ गरेको देख्दा जति आनन्द आयो त्यति नै डर पनि लागेको थियो । हामी दोस्रो स्टेसनमा गएर बस्यौँ र दिउँसोको खाना खायौँ । होटल पुरै हिउँले ढाकेको थियो, मुटु काप्ने सिरेटो चलेकाले धेरैबेर त्यहाँबस्न सक्ने अवस्था भएन । थोरै समय बसेपछि खाना खाएर हामी त्यहाँबाट फेरि केबुलकारमा स्नो स्केटिङको दृश्य हेर्दै फर्कियौँ । 

मान्डोना, केही दशकअघिसम्म पनि पिछडिएको ठाउँका रूपमा चिनिँदो रहेछ । त्यस बेलाका मानिस खोरिया फाँडेर कोदो, फापर र जुनेलोको खेती गरेर जीवन निर्वाह गर्दा रहेछन् । अहिले यहाँका मानिस निकै धनी, सुखी र सम्पन्न छन् । उनीहरू हिउँको सदुपयोग गरेर नै समृद्ध बनेको सुन्दा प्रकृतिले कहीँ न कहीँ, केही न केही, उपहार दिएको हुन्छ भन्ने कुराको थप पुष्टि भयो । यस क्रममा यहाँका मानिसलाई प्रकृतिले हिउँको बरदान दिएको रहेछ भन्ने लाग्यो ।

फेब्रुअरी १३ मा ट्रेन्टो सहर घुम्यौँ । यो पुरानो सहर हो । यो सहर अवलोकन पश्चात बेलुका स्याटसँगको बैठकमा हामी सामेल भयौँ । स्याट इटालीको पर्यटनको क्षेत्रमा काम गर्ने एक अर्धसरकारी र निकै पुरानो संस्थाहो । स्याटसँगको बेलुकाको बैठकमा हामीले सिन्धुपाल्चोकका पाँचवटा पालिकाक्रमशः मेलम्ची, पाँचपोखरी, हेलम्बु, इन्द्रावती र जुगल गाउँपालिकामा तत्कालदेखि सञ्चालनमा आउन सक्ने पर्यटन विकास कार्यक्रम बारेमा छलफल गर्यौँ । 

यो पर्यटकीय नगर ट्रेन्टो र मेलम्ची नगरपालिका एकापसमा भगिनी सम्बन्धका लागि प्रस्तावित पालिका हुन् । त्यहाँको नगरपालिकाका जनप्रतिनिधिहरूसँग भने हाम्रो कुराकानी हुन पाएन । बैठक सम्पन्न भए पश्चात उल्लिखित पालिकालगायत समग्र नेपालको पर्यटन क्षेत्रलाई समेटेर तयार पारिएको वृत्तचित्रको समीक्षा गर्दै पुनः कतिपय छुटेका विषयलाई समेटेर वृत्तचित्रलाई पूर्णता दिने सहमति भयो ।  

भोलिपल्ट बिहानअर्थात फेब्रुअरी १४ मा भेनिस सहर गयौँ । यो सहर निकै पुरानो र छोटो आयु भएको सुन्दर पर्यटकीय स्थलका रूपमा परिचित रहेछ । यहाँका घर एक सय पचास वर्ष भन्दा पुराना छन् । यसलाई पानीको सहरभन्दा पनि फरक पर्दैन । यहाँका सबै गल्लीको निर्माण पानीबाटै भएको छ । प्रायजसो बस्तीवा घर सम्म पुग्न डुँगा प्रयोग हुन्छ । यसका लागि हरेक टोलको बीचमा जलमार्ग बनाइएको छ । झट्ट हेर्दा असन इन्द्रचोक जस्तो लाग्ने यो सहरका होटल छ महिना अघिदेखि बुक हुँंदारहेछन् ।

५० देखि ६० मि.समुन्द्र सतहको उचाइमा रहेको यो सहरमा यही क्रमले समुन्द्र सतहबाट पानीको मात्रा बढ्दै जाने हो भने केही दशकभित्र यस सहरको अस्तित्व समाप्तहुने पक्का छ भन्ने कुराले पनि पछिल्लो समय पर्यटकहरूको आकर्षण झनै बढ्दो क्रममा रहेको पाइयो । अन्तिम दिन हामी गारदहताल गयौँ । यो ठाउँमा गर्मीको मौसममा संसारभरका मानिस डुंगा वाजहाजमा यात्रा गर्न आउँदा रहेछन् । यो ताल तीनवटा जिल्लासम्म फैलिएको छ र तिनै जिल्लाले तालबाट ठूलो आम्दानी गराउँछन् ।  

इटालीले पर्यटनको क्षेत्रबाट सबै भन्दा बढी राजस्व संकलन गर्ने भएकाले हाम्रो ठाउँको पर्यटन प्रवद्र्धनमा इटालीबाट केसिक्न सकिन्छ ? भन्ने कुराको अध्ययन गर्ने उद्देश्यबाट यो भ्रमण आयोजना भएको थियो । यस विषयको अध्ययन अवलोकन सकेर फेब्रुअरी १६मा इटलीबाट हामी स्वदेश फर्कियौँ ।  

इटलीको यो भ्रमणका क्रममा संसारका विभिन्न देशबाट आएका लाखौँ मानिससँग हाम्रो भेट भएको थियो । त्यहाँबाट फर्किएपछि लगत्तै इटलीमा कोरोना भाइरसको महामारी फैलियो र एक्सपो सञ्चालन भएको ठाउँ मिलानो सबै भन्दा धेरै प्रभावित भयो । जहाँ कोरोनाले ३१ हजार भन्दा बढी इटलियनहरूको ज्यान लियो ।

हामीफर्कन केही समयमात्र ढिला गरेको भएअहिलेसम्म पनि इटलीको लकडाउनमै पर्ने रहेछौँ । इटलीबाट फर्कँदा कोरोना संक्रमित भएर फर्किएको भए हामी नै नेपालमा कोरोना आयात गर्ने मानिसका रूपमा दर्ज हुने थियौँ । यिनीहरू, स्वदेश नफर्किएका अथवा इटली नगएका भए कोरोना नेपालमा आउने थिएन भनेर पनि मानिस अनुमान गरिरहेका हुने थिए होला । यदि त्यो अवस्था आएको भए नेपालमा कोरोना आयात गर्ने भरियाका रूपमा सदाका लागि हामी माथि दाग लाग्ने थियो ।
अर्को समाचार
बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
१५ माघ २०७७
•
२ मिनेट पाठ
बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
तस्बिरः एजेन्सी।
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन्। बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन्।




हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ। यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन्। यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन्।

तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन्। चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन्। उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन्।

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो। यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ। चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो। तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन्। चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो। तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन्। यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ। सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस