मोरङको उर्लाबारी नगरपालिका–९ खोपी डाँडास्थित भित्री सडक खण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन्।
मोरङको बुढीगंगामा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–३ को सेटमा हराउँदै उपाधि हात पारेको हो।
मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान एक कुखुरा फार्म सञ्चालकको हत्या भएको छ। सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव फार्मभित्र फेला परेको छ।