मोरङको उर्लाबारी नगरपालिका–९ खोपी डाँडास्थित भित्री सडक खण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन्।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको हो । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार रिजाल गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । उपचारका क्रममा रिजाललाई राति सवा ७ बजेतिर चिकित्सकले मृत घोषित गरेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । गम्भीर घाइते भट्टराईलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पताल रेफर गरिएको छ।’
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरे पनि घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।