नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।
जिल्ला समन्वय समिति ताप्लेजुङले विकास निर्माणमा सन्तुलन भए/नभएको अध्यय गरी संघ, प्रदेश र स्थानीय तहमा सुझाव दिनु अबको प्रमुख कार्यभार भएको निश्कर्ष निकालेको छ।
आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।
मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले बुझिलिएको रकम र भुक्तानी गरिएकाहरुको नामावली अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।
आउँदो स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्तरको ट्रेड युनियन वा आधिकारिक ट्रेड युनियनका केन्द्र र जिल्ला समितिका पदाधिकारीलाई निर्वाचन सम्बन्धी काममा खटाउन नपाइने भएको छ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरी छनोट कार्य सुरु भएको छ। पहिलो चरणमा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणलाई आधार बनाएर छनोट कार्य सुरु गरिएको छ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्ति व्यवस्थापनका लागि निर्देशिका जारी भएको छ।