जनताका आधारभूत आवश्यकता प्राथमिकतामा राख्न मन्त्री हाङगामको आग्रह
१९ चैत्र २०७८
•
३ मिनेट पाठ
जनताका आधारभूत आवश्यकता प्राथमिकतामा राख्न मन्त्री हाङगामको आग्रह
जिल्ला समन्वय समिति ताप्लेजुङले विकास निर्माणमा सन्तुलन भए/नभएको अध्यय गरी संघ, प्रदेश र स्थानीय तहमा सुझाव दिनु अबको प्रमुख कार्यभार भएको निश्कर्ष निकालेको छ। शनिबार सम्पन्न छैटौं तथा यस कार्यकालको अन्तिम जिल्ला सभामा जिल्ला समन्वय समितिले आगामी कार्यभारलाई ४ बुँदामा लिपिवद्ध गरेको हो।




जिल्ला सभामा समन्वय समितिका सदस्य निमातेञ्जी शेर्पाले जिल्ला भित्रका स्थानीय तहमा भएका प्रगति र गर्न बाँकी विकास निर्माणका विषय पहिचान गर्नु, विकास निर्माणका कार्यमा सन्तुलन कायम गर्न गैर सरकारी र निजी क्षेत्रसंग प्रभावकारी समन्वय बढाउनु जस्ता विषय जिससबाट आगामी दिनमा सम्पादन गर्नुपर्ने प्राथमिक कार्यभारको रुपमा उल्लेख गरेका छन्।

यस्तै जिल्ला भित्र रहेका सरकारी तथा गैर सरकारी निकायबाट सञ्चालित विकास निर्माण सम्बन्धि कार्यक्रमको विवरण तयार पारी त्यस्ता कार्यक्रमको प्रभावकारीता मापन र व्यवस्थापन गर्न आवश्यक रहेको समेत उसले औंल्याएको छ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला भित्र रहेका स्थानीय तहबीचको काम कारवाहीमा समन्वय गर्ने दायित्व जिल्ला समन्वय समितिलाई हुने उल्लेख छ।

सोहि अनुसार जिल्ला सभा सञ्चालन हुने छ। संवैधानिक व्यवस्था अनुसार जिल्लासभामा जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्य र पालिकामा निर्वाचत प्रमुख÷अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सदस्य रहने छन्।

मेरिङदेन सहभागी भएन संस्थागत क्षमता स्वमूल्याङ्कनमा

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङको मेरिङदेन गाउँपालिका भने स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यमा सहभागी नभएको जिल्ला समन्वय समितिले जनाएको छ।

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीका बारेमा लेखाजोखा गरी सवल र दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समिक्षाको आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिका बीचमा तुलनायोग्य सूचकको आधारमा भएका कार्यको आफैं लेखाजोखा गर्न स्वमूल्याङ्कन गरिन्छ।

जिल्ला समन्वय समितिले स्थानीय तहमा वित्तीय सुशासन संस्थागत गर्ने प्रयास स्वरुप वित्तीय सुशासन जोखिम मूल्याङ्कनको कार्य समेत भइरहेको जनाएको छ।

'जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखौं'

प्रदेश १ सरकारका श्रम,उद्योग तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले स्थानीय सरकारको प्रमुख कार्यभार भनेकै जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर त्यसलाइ पूरा गर्नु रहेको बताएका छन्।

जिल्ला समन्वय समिति ताप्लेजुङको छैटौं जिल्ला सभाको उद्घाटन गर्दै सभाका प्रमुख अथिति मन्त्री हाङ्गामले स्थानीय तहका जनप्रतिनिधि भनेको जनताको पहिलो नजर पर्ने र जनतासंगै घुलमिल गर्ने प्रतिनिधि भएकोले आधारभूत आवश्यकताप्रति स्थानीय तह गम्भिर बन्नुपर्ने बताए।

उनले जनताको आधारभूत सरकार भनेकै स्थानीय सरकार भएकोले उनीहरुका आधारभूत आवश्यकताप्रति स्थानीय सरकारका प्रतिनिधि सम्वेदनशिल बन्नुपर्ने दोहोर्‍याए। कार्यकालको उत्तरार्ध समय भएपनि आफ्नो पालिका क्षेत्रमा पहिचान भएका आधारभूत आवश्यकता र जनताप्रति सर्मपण गर्नैपर्ने योजनाको खाँका अघि सार्ने दायित्व स्थानीय सरकारका प्रतिनिधिलाइ रहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रदेशसभाका सांसद तथा प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रदेशसभाका सांसद होमकुमारी साँवाको समेत उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको अध्यक्षतामा भएको जिल्लासभामा समन्वय समिति उपप्रमुख देवीमाया नेपालीले अथिति र आमन्त्रितलाई स्वागत गर्दै सभाको उद्देश्य बारे बताएकी थिइन्।

सभाले समन्वय समितिको मौज्दात कोषको परिचालन-आम्दानी र खर्चको विवरण समेत अनुमोदन गरेको निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुवेदीले जानकारी दिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस