नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले स्वच्छ र मर्यादित प्रतिश्पर्धाका लागि सबै राजनीतिक दल र उम्मेदवारहरुलाइ आव्ह्वान गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसी क्यामेराबाट निगारानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ।
दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले यहाँका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराएको छ।
नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।