नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।
उनले पार्टी छाडेर जानेभन्दा बढी प्रवेश गर्नेहरु रहेको भन्दै एमाले पहिले भन्दा सुद्रिढ रहेको समेत दाबी गरे। नेकपा एमालेकातर्फबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा उम्मेदवार बनेकाहरुलाई शुभकामना दिन आयोजित चुनावी सभालाई शुक्रबार आम्बेगुदिनमा सम्बोधन गर्दै नेम्बाङले मेची महाकाली देशैभर एमालेको पक्षमा जनलहर देखिएको दाबी गरे।
‘हाम्रो पार्टीको यही जनलहर देखेर आत्तिएकाहरुले बनाएको गठबन्धन निर्वाचन पछि आफैं शिथिल हुन्छ’ उनले भने। जत्रो र जतिसुकै गठबन्धन भएपनि एमाले अझ सुद्रिढ र व्यवस्थित बनेर चुनावी मैदानमा होमिएको बताउँदै उनले वैशाख ३० गतेपछि मुलुकको नेतृत्व फेरी एमालेले लिनेमा ढुक्क रहन कार्यकर्ताहरुलाई आस्वास्त पारे।
जनताको मन एमालेको विचार, राष्ट्रियताको भावना र कार्यशैलीले जितेको भन्दै यही ओजका कारण आसन्न स्थानीय तहको निर्वाचनको नतिजामा एमाले अब्बल देखिने नेम्बाङको भनाइ थियो। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको नाम नलिइ तर उनीप्रति लक्षित गर्दै नेम्बाङले भने ‘चुनाव पछि एमालेलाई धुलो चटाउँछौं भनेर उहाँहरुले भनेको दिनदेखि मलाइ हाछियु आइरहेको छ।’
‘मलाइ धुलोको एलर्जी छ, एमालेलाई उहाँहरुले धुलो चटाउँछौं भन्नुभएछ’ उनले व्यंग गर्दै भने ‘धुलो चाटिन्छ की भनेर उहाँहरु आफैंनै कसैको वैशाखी समाइरहनु भएको छ।’ वैशाखी समाए पनि वैशाखपछि कसैले पनि समाउन नसक्ने अवस्था बन्न सक्नेतर्फ उनले नेपाल र खनाललाई चुनौती दिए। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्मा र प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको सेटिङमा देशभर घोटाला भइरहेको आरोप लगाएका छन्।
गठबन्धन सरकारको मुख्य काम भनेकै देशको अर्थतन्त्र डामाडोल बनाउने मात्र रहेको उनको थप आरोप थियो। देशको अर्थतन्त्र टाट पल्टिएको, महंगी अचाक्ली बढेको, बैंकहरुमा आर्थिक तरलता कायम भएको, सात दिनमा एकपटक जनताले सहन नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुमा देखिएको अचाक्ली मूल्य वृद्धिले जनतामा गठबन्धन सरकारबाट आस राख्न नसक्ने समेत बस्नेतले बताए।
कार्यक्रममा एमाले सचिव योगेशकुमार भट्टराई, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धर, केन्द्रीय सदस्य टंक आङबुहाङ, पासाङ शेर्पा, उर्मिला थेबे, जिल्ला अध्यक्ष भूपेन्द्र थेबे लगायतको उपस्थिति रहेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...