मध्यपुर थिमिको मेयरमा एमालेका निवर्तमान एवं यस पटकका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई हराई कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठले जित हात लिएका छन्। उता चाँंगुनारायणमा एमालेका निवर्तमान उपमेयर एवं व...
भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्ष जितेको छ। सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।
राजनीति गर्ने व्यक्तिहरुले धेरै पढेलेखेका हुँंदैनन् भन्ने नेपाली मान्यतालाई गलत सावित गरिदिएका छन् भक्तपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित वडा अध्यक्ष डाक्टर हरिराम सुवाल।
नेपाली कांग्रेसले भने चाँंगुनारायण र सूर्यविनायकमा दुई दुई वटा वडा अध्यक्ष गरी कुल चार वटा वडा अध्यक्ष जितेको छ। उसले दुई वटा नगरपालिकामा चार वटा वडा अध्यक्ष जितेको हो।
युवा उम्मेदवार बालेन शाह आइतबार भक्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मतगणना अनुसार अग्रता हासिल गर्दै आएका उनी बिहान भक्तपुर आएका हुन्।
उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट शुक्रबार विहानै पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए।
यो पटकको निर्वाचनमा यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन बनेको छ। यस अनुसार कांग्रेसका निशान ढुंगेल मेयरमा उठेका छन् भने नेकपा एसबाट श्याम वस्नेत उपमेयरमा उठेका छन्। यता एमालेबाट भने पह...