कोभिड महामारी जारी रहेकै बेला गत नोभेम्बरमा एक हजार नौ सय ४७ विदेशी नेपाल आएका छन्। कोरोनाका कारण नेपालमा लकडाउन सुरु भएपछिको अक्टोबरसम्ममा अरू दुई हजार विदेशी आएका थिए।
प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।
‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’
कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम र...