बंगालको खाडीबाट उडेर आएको बादल हिमालमा ठोकिएपछि नेपालमा मनसुन सुरु हुन्छ। समुन्द्र र हिमालको संगमबाट निस्कने बर्सातको धुनलाई लिएर धेरैले गीत पनि लेखेका छन्।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा आइतबार भोटो देखाएका हुन्।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
कांग्रेस र एमालेबीचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३/३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्र...