२८ वर्षीय कृष्ण बहादुर खड्काले श्रीमती २७ वर्षीय पार्वती बिसीसँग सामान्य घरायसी विवाद गरेका थिए। विवाद बढ्दै जाँदा कृष्णले पार्वतीको टाउकोमा ढोका लगाउने गरालोले हिर्काउँदा मृत्यु भएको हो।
कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
वीरेन्द्रनगर नगरपालिका –३ पाथिभारा मन्दिर नजिकबाट प्रहरी टोलीले कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिली ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो।
नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश कार्यालयले प्रदेशभर एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन-दिनका लागि टोल फ्रि नम्बर सुचारु गरेको हो।