बुधबार बेलुकी ८:१० बजेतिर घरभित्र बम बिस्फोट भएको हो। नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले डुडुवाको गाउँसभा र सेवा अवरुद्ध गर्न लगाएर ‘बन्धक’ बनाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले निर्वाचन पश्चात संघ र प्रदेशमा काँग्रेससहित गठबन्धनकै सरकार बन्ने बताएका छन्।
‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितिले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म ज...