चार महिनादेखी डुडुवाको गाउँसभा अवरुद्ध, सबै सेवा ठप्प
२९ कार्तिक २०७९
•
३ मिनेट पाठ
चार महिनादेखी डुडुवाको गाउँसभा अवरुद्ध, सबै सेवा ठप्प
बाँकेको डुडुवा गाउँपालिका कार्यालय। तस्बिर: अर्जुन ओली/नागरिक
आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि बाँकेस्थित डुडुवा गाउँपालिकाले आफ्नो ११ औं गाउँसभा गर्न सकेको छैन। 




सभाले चालु आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट स्वीकृत नगर्दा गाउँपालिकाले प्रदान गर्ने सबै सेवा ठप्प भएका छन्। ‘राजनीतिक पुर्वाग्रह’ राखेर गाउँपालिकालाई बन्धक बनाइएका कारण सेवा ठप्प हुन पुगेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित नेपाली काँग्रेसले एउटा मात्र वडा जितेको थियो। कुल ६ वटा वडा रहेको गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) ले ३ र नेकपा एमालेले २ वटा वडा जितेको थियो। गत असारमा तीन पटक गाउँसभा र ६ पटक कार्यपालिका बैठक आब्हान गरेपनि जसपा र एमालेका जनप्रतिनिधीले ‘बहुमतको दम्भ’ देखाएर सभा अवरुद्ध गरेको अध्यक्ष चौधरी बताउँछन्।

‘मैले तीन पटकसम्म गाउँसभा आब्हान गरे, ६ पटक त कार्यपालिका बैठक बोलाएर सहमती गर्न धेरै प्रयास गरे, तरपनि जसपा र एमालेका जनप्रतिनिधीले सभालाई अगाडी बढ्न दिनु भएन, सभाले बजेट स्वीकृत नगर्दा अहिले गाउँपालिकाको सबै सेवा ठप्प भएको छ, स्थिती निकै जटिल बनिसकेको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।  
सभाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत नगर्दा कर्मचारीले ४ महिनाको तलब खान नपाएको, गाउँपालिकाले अत्यावश्यक सेवा र विकास निर्माणका कार्यहरु अगाडी बढाउन नसकेको अध्यक्ष चौधरीले सुनाए।

‘जनताले अत्यावश्यक स्वास्थ्य सेवा पाउन सकेका छैनन्, स्वास्थ्य चौकीमा औषधी नै छैन, पशु चौपायाले उपचार पाउन सकेका छैनन्, पशु चौपाया रोगले मरिरहेका छन्, यसबाट डुडुवाका मेरा मालिक(जनता) परिसान भएका छन्,’ उनले भने। गाउँपालिकाले समयमा गाउँसभा नगर्दा मुल्यांकनमा समेत पछाडी परेको र ठुलो नोक्सानी बेहार्नु परेको उनले बताए।

चौधरीले अगाडी थपे, ‘असार १० गते सुरु गर्नुपर्ने गाउँसभा गर्न सकेनौं, यसले हाम्रो १० नम्बर घट्यो, अब आगामी आर्थिक वर्षमा संघिय सरकारबाट करिव अढाई करोड बजेट कम पाउने भयौं।’ उक्त गाउँपालिकामा यसअघि (२०७४) उपाध्यक्ष, बहुमत वडाअध्यक्ष र वडासदस्यसहित चौधरीले नै नेतृत्व सम्हालेर पाँच वर्ष चलाएका थिए। त्यतिबेला काँग्रेसको स्पष्ट बहुमत भएकाले काममा कुनै बाधा र अवरोध नआएको उनी सम्झिन्छन्।

‘अघिल्लो आर्थिक वर्षमा हाम्रो गाउँपालिका स्व–मुल्यांकन सहित हरेक काममा देशकै अग्रस्थानमा आएको हो, बेरुजु पनि अन्य गाउँपालिका भन्दा कम देखिएको थियो, त्यतिबेला हाम्रो बहुमत भएपनि सबैलाई मिलाएर चलाएको हुँ, अहिले हामी अल्पमतमा हुँदा उनीहरुले बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाउने काम गरिरहेका छन्,’ उनले भने।
डुडुवालाई बन्धक बनाउनमा जसपाका नेता एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईको मुख्य संलग्नता रहेको अध्यक्ष चौधरीको आरोप छ। तर, पुर्वमन्त्री राईले डुडुवामा अहिले कसैको बहुमत नभएपनि जसपा ठुलो पार्टी भएको र वडाले सिफारिस गरेका ६० प्रतिशत विकास बजेट र गाउँपालिकाले ४० प्रतिशत बजेट खर्च गर्ने नीतिलाई पालना गरेमा सभा सञ्चालन गर्न दिइने बताएका छन्।

‘गाउँपालिका सञ्चालन गर्ने कार्यकारी अधिकार अध्यक्षलाई छ, वडाको बजेटलाई वडाले खर्च गर्न पाउने नीतिलाई पालना गर्ने हो भने अहिले पनि सभा सञ्चालन हुन्छ,’ केहीदिन अघि पत्रकार सम्मेलनमा पुर्वमन्त्री राईले भनेका थिए। अध्यक्ष चौधरीले गाउँसभा गर्न नचाहेको भनि पुर्वमन्त्री राई उल्टै आरोप लगाउँछन्। गाउँसभा सञ्चालन गर्ने हो भने विकास बजेटमा ६० र ४० को भागबण्डामा सहमती गर्नुपर्ने पुर्वमन्त्री राईले संकेत गरेका छन्।

गाउँपालिका अध्यक्ष चौधरी भने आफुलाई ‘विकास पुरुष’ भनेर प्रचारबाजी गर्ने पुर्वमन्त्री राईले डुडुवा गाउँपालिकालाई अदृश्य रुपमा बन्धक बनाउने काम गरेको बताए। उनले भने ‘डुडुवाको विकास रोक्नेलाई मेरा मालिक (जनता) ले चिनेका छन्, उनीहरुले सही विवेक प्रयोग गर्ने यो उचित समय हो।’ गलत मान्छेलाई रोज्ने या नरोज्ने अधिकार जनतामा रहेको उनले बताए।

डुडुवामा गाउँसभा र सेवा अवरुद्धको विषय अदालतसम्म पुगेको छ। उक्त विषयबारे अदालतले फैसला गरेको छैन। उक्त विवादलाई अदालत र राजनीतिक संवाद दुबै ढंगबाट समाधान गर्न सकिने अध्यक्ष चौधरी बताउँछन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस