प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ।
भूकम्पले ठुलो पीडा दिइरहेका बेला राहत सामग्री बोकेर सहयोगी दाता गाउँमा पुग्दा जाजरकोटको भेरी नगरपालिका–१ की ६६ वर्षीया वृद्धा भजी रानाको मनलाई थोरै भए पनि शान्ति मिल्छ।
अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका...
जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन।
‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन्।
भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न...