सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।
स्थानीय तहको उमेदवार मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाको मेयरमा तीन जनाको उमेदवारी परेको मुख्य निर्वाचन कार्यालयका सुचना अधिकारी हेम वुढाथोकीले जानकारी दिए।
मोरङमा गठबन्धनको बैठकविना सहमति टुंगिए पनि नेकपा एकीकृत समाजवादी पार्टी मोरङले मोरङमा गठबन्धन नहुने निश्कर्ष निकाल्दै छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ।
गठबन्धनका दलहरूबीच भागबन्डा मिलाउन नसक्दा मोरङमा गठबन्धन गर्ने या नगर्ने भन्ने अन्योलमा दलहरू परेका छन्। सबै दलले धेरै भाग खोजेपछि मोरङमा गठबन्धन दलहरूबीच भागबन्डा मिलाउन सकस परेको हो।
विराटनगरमा ३ दिने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर आयोजना गरिने भएको छ। द ह्याण्ड प्रोजेक्ट जर्मनीको सहयोग न्यूरो अस्पतालसँगको सहकार्यमा करुणा फाउण्डेशन र रोटरी क्लव विराटनगरले शिविर आयोजना गर्...