मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।
धेरैजसो स्थानमा मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भइरहेको र केहि स्थानमा मतदान जारी रहेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीले बताए।
मोरङमा दिउँसो पौने ४ बजेसम्ममा ५५ प्रतिशत भन्दा बढी मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार पौने ४ बजेसम्ममा ५५ प्रतिशत भन्दा बढी मतदान भएको हो।
शुक्रबार विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले स्थानीय तहको निर्वाचनमा केन्द्रीय नेताहरू देश दौडाहामा लाग्नु उचित नभएको बताए।
विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।
हावाहुरीको सिजन भएको र बर्षा हुने मौसम विज्ञान विभागले चेतावनी दिइरहेका कारण निर्वाचनका दिन बर्षा भएको अवस्थामा पतपत्रको सुरक्षा गर्नु चुनौतिपूर्ण देखिएको छ।