विराटनगरका मतदान स्थलहरूमा ओतको उचित व्यवस्था नहुँदा मतदानका दिन पानी परे मतदान नै प्रभावित हुने देखिएको छ। मौसम विज्ञान विभागले मतदानका दिन वैशाख ३० गते पानी पर्ने जनाइरहँदा विराटनगरका धेरैजसो मतदान स्थलहरूमा ओतको राम्रो प्रबन्ध गरिएको छैन।
मतदान केन्द्र निर्माण अन्तिम चरणमा पुगे पनि मतदान केन्द्रमा पानी परेको अवस्थामा कसरी मतपत्रको सुरक्षा गर्ने र कसरी सुरक्षित रूपमा मतदानको व्यवस्था गर्ने भन्ने अझै अन्यौल देखिएको छ। विराटनगरका अधिकांश मतदान स्थलहरूमा त्रिपाललगायतको व्यवस्था गरिएको छैन। कुनै –कुनै मतदान स्थलमा त्रिपालको व्यवस्था गरिए पनि हावा हुरी चेले वा भारी वर्षा भए त्यस्तो हावा हुरी र वर्षा थेग्ने संरचना वनाइएको छैन।
विराटनगर स्थित आदर्श माध्यामिक विद्यालय केन्द्रमा विद्यालयको बरण्डामा मतदान गर्ने व्यवस्था गरिएको छ। तर, पानी परेको अवस्थामा बरण्डामा पनि पानी पुग्ने भएकाले मतपत्र कसरी सुरक्षित गर्ने र मतदाताले कसरी मतपत्र नभिजाई मतदान गर्ने भन्ने व्यवस्था गरिएको छैन। विराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श क्याम्पस मतदान केन्द्रमा त्रिपालको छानो लगाइए पनि उक्त छानोले बर्षा र हावा छेक्ने अवस्था देखिंदैन।
न्यूनतम बजेटका कारण बलियो छानोको व्यवस्था गर्न नसकिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका मदतान अधिकृत मोदराज दाहालले बताए। महेन्द्र मोरङ बहुमुखि क्याम्पस केन्द्रमा मटपत्र र मतपेटीकाको पानीबाट सुरक्षा दिन त्रिपालको व्यवस्था गरिए पनि मतदाता उभिने लाइनमा भने त्रिपालकोसमेत व्यवस्था गरिएको छैन।
हावाहुरीको सिजन भएको र बर्षा हुने मौसम विज्ञान विभागले चेतावनी दिइरहेका कारण निर्वाचनका दिन बर्षा भएको अवस्थामा पतपत्रको सुरक्षा गर्नु चुनौतिपूर्ण देखिएको छ।
यता प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले मोरङमा धेरैजसो भवन भएकै मतदान केन्द्रहरू रहेकाले पानी परेको खण्डमा मतपत्रको सुरक्षा गर्न सकिने दाबी गरे। केही मतदान केन्द्रहरूमा भवन नभए पनि त्रिपाललगायतको ओतको व्यवस्था गरेर मतपत्र सुरक्षित राख्ने र सहज रुपमा मतदान गर्ने प्रबन्ध मिलाइएको दाबी गरे।
अधिकारीले भने,‘धेरैजसो मतदान केन्द्र भवन भएकै ठाउँमा रहेका र भवन नभएका स्थानमा पनि मतपत्र तथा मतदानमा प्रयोग हुने सामाग्रीको पानीबाट सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।’ अधिकारीले मतदान गर्ने स्थलमा मात्रै ओतको व्यवस्था गरिएको तर, मतदातालाइन लाग्ने स्थानमा भने ओतको व्यवस्था गर्न नसकिएको स्पष्ट पारे। अधिकारीले वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि मोरङमा निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिए।