यसबीच अर्को बहस सुरु भयो– आन्दोलन किन भयो? गोली कसले चलायो? भोलिपल्टको विध्वंस कसले गरायो? यी प्रश्नहरू राजनीति, टेलिभिजन बहस र सामाजिक सञ्जालमा घुमिरहे। तर उत्तर भने सधैँझैँ धुवाँझैँ हावामा उडिरहे।
भदौ २३ र २४ का घटनालाई आधार बनाएर बीबीसीले सार्वजनिक गरेको वृत्तचित्रले नेपालमा व्यापक तरंग सिर्जना गरेको छ। यस सामग्रीको समय, प्रस्तुति शैली, निष्कर्ष र सम्भावित राजनीतिक प्रभावबारे गम्भीर प्रश्न उठे...