गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।
सिरहाको बरियारपट्टीनाका क्षेत्र मदिरा तस्करीको इपिसेन्टर बनेको छ। यस नाका क्षेत्र भएर भारतीय नम्बरको स्कार्पियो, मोटरसाइकल, साइकलमा मदिराको ब्यापक तस्करी हुँदै आएको स्थानीय बताउँछन्।
कात्तिक शुक्ल पञ्चमी तिथिदेखि पूर्णिमासम्म मनाइने यो लोकपर्वमा दिदीबहिनीले प्रत्येक साँझ टोलटोलमा गीत, भजनकीर्तन गर्दै हर्षोल्लास साथ सामाचकेवा नचाउँछन् ।
बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो। भोलि बिहान (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि...