कोरोना (कोभिड–१९) महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानमार्फत १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडको कारण सन् २०१९ देखि रोकिएको चिनियाँ पर्यटकको आगमन यस भ्रमणपछि तोडिएको छ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न, सिफारिस एवं वस्तु विनियम बजार सञ्चालन गर्न र कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि पुनः आवेदन माग गरेको छ।
लगानी बोर्डको ५३ औं बैठकले ५ जलविद्युत् परियोजनाको लागि एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो परियोज...
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्।
प्रतिनिधिसभाका सदस्य डा. सुनिलकुमार शर्माले संसद्बाट पाउने कुनै पनि सेवा सुविधा लिएका छैनन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा मोरङ ३ बाट निर्वाचित उनले गत संसद्को शपथ ग्रहण गरेयता कुनै पनि सुविधा लिएका छ...
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
एसोसिएसनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रधानन्यायाधीश नियुक्तिलगायतका प्रक्रिया छिटो थाल्न माग राखेको छ। एक वर्षदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा छ।