नाटकीय खेलको ९७औं मिनेटमा कोलम्बियाले गोल गरेपछि जर्मनी २–१ ले स्तब्ध भएको दिन आइतबार नर्वे र स्विट्जरल्यान्डले महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएका छन्।
दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन्।
म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले साउदी प्रो लिगका कारण खेलाडी किनबेचको बजार नै परिवर्तन भएको उल्लेख गर्दै अभैm धेरै हाई प्रोफाइल खेलाडी त्यहाँ जाने बताएका छन्।
स्विडेनले इटालीमाथि ५–० को रबाफिलो जित निकाल्दै एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको छ। यो सफलतापछि स्विडेन उपाधिको दाबेदार स्पेन र पूर्वच्याम्पियन जापानसँगै नकआउट चरणमा पुगेको हो।
एडिलेडमा डेब्युटेन्ट हाइटीमाथि १–० को नाटकीय जितसँगै चीनको पनि नकआउट चरणको सम्भावना जीवन्त छ। खेलको एक घन्टाभन्दा बढी समय १० खेलाडीमा सीमित हुनाका बावजुद चीनले नाटकीय जित निकालेको हो।
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ। सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ।
सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो।