राजधानीमा पाँच दिने हस्ताकला व्यापार प्रदर्शनी बिहीबार देखि सुरु भएको छ। नेपाल हस्तकला महासंघद्वारा आयोजित प्रदर्शनी दरबारमार्गस्थित नेपाल अन्नपूर्ण होटलमा आज देखि सुरु भएको हो।
एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले काठमाडौंको शान्तिबाटिका विरोध प्रदर्शन गरेका हुन्।