बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेक...
धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै तीन सवारी ठोक्किदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन्।
रोगका कारण दुई साता अघि भुस्याहा कुकुरले पशुहरुमा आक्रमण गरेको र पशु मरेको स्थानीयहरुले बताएका छन्। पशु मरेको खबर आएपछि रोकथामको लागि नीलकण्ठ नगरपालिकाले एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको छ।
मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। त्रिपुरासुन्दरीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ।
नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिश...