गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्रसर कार्यविधि र मापदण्डविपरित सञ्चालन भएका सबै क्रसर बन्द गर्ने चेतावनी दिएका छन्। गण्डकी प्रदेशमा अहिले ४४ वटा क्रसर दर्ता भइ सञ्चालित छन्। तर, दर...
प्रादेशिक संरचनामा कार्यालय अभाव भएको विषयमा संघ सरकारलाई जानकारी गराउँदा पनि संघले वेवास्ता गरेपछि गण्डकी प्रदेश सरकारले आफै कार्यालय स्थापना गर्ने भएको छ।
आर्थिक वर्ष २०७३/०७४ मा बेनी–दरवाङ सडकको सम्झौता भयो। ३० महिनामा सक्ने गरी यो सडकको लागत ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ छ। समानान्तर जेभीले ठेक्का लिई तीन करोड ६३ लाख रुपैयाँ भुक्तानी समेत लिइसक्यो।
प्रदेशमा उन्नत जातका गाई भित्र्याउन गण्डकी सहितका ३ प्रदेशले चीनको जवाफ कुरेका छन्। सार्वजनिक–नीजि साझेदारी अवधारणा अनुसार तीनवटा प्रदेशमा चीनबाट १० हजार होलिष्टन फ्रिजियन गाई ल्याईनेछ।
अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा कफी निर्यात भने बर्सेनि बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएपछि उत्पादन र निर्यात बढेको हो।
स्थापनाको ३ दशकमै विकासमा छलाङ मारेको चीनको हाईनान प्रान्तले गण्डकी प्रदेशसँग भगिनी सम्बन्ध गाँसेको छ। नेपालमा प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक गण्डकी प्रदेशले विकसित देशको प्रान्तबाट समृद्धि अपेक्...
प्रादेशिक सडक अन्तर्गत आवश्यक मोटरवेल पुल निर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ। प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागि आवश्यक पर्ने सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास...