खुम्बु क्षेत्रमा पर्ने गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हराएका छन्। खुम्वु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माविमा कक्षा ९ मा अध्ययरत तीन जना विद्यार्थी हराएका हुन्।
सोलुखुम्बुमा कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना सोलु–दुधकुण्ड नगरपालिकाका मेयरले तुहाइदिएका छन्। ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’ अन्तर्गत आएको बजेट काम नै नगराई उपभोक्ता समिति...
अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।
यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका...
पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको गुजारा चलाउने कुमार कुलुङको दिनचर्या नै अचेल फेरिएको छ।
कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय एक विदेशी नागरिकले सगरमाथा आरोहण गरेका छन्। दुईवटै कृत्रिम खुट्टाको सहायताले चीनका जिया बोयूले सोमबार बिहान सगरमाथा आरोहण गरेका हुन्।
चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा प...
सोलुखुम्बुको सोताङ गाउँपालिका–४ निवासी निम्न आयस्तर भएका सञ्चमान विश्वकर्माको जिन्दगी पछिल्लो समय फेरिएको छ । गाउँमा बाख्रापालन व्यवसाय सुरु गरेपछि उनको दैनिकी बदलिएको हो।