कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे।
भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता! विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो।
सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन।
थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।