कर्णाली राजमार्ग अन्तर्गतको जुम्लाको तिला गाउँपालिका-१ मा पर्ने गाडगोडेनी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले बताए।
विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्न सुरु भएको कर्णालीको पहिलो यो ट्रेनिङ सेन्टर बजेट अभाव र जग्गा विवादले रोकिएको स्थानीय ललिता रावत बोहोराले बताइन्।
जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन्। ५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्।