कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।
संसारभरि छरिएका नेपालीहरू पहिलो पुस्ताका आप्रवासी भए पनि मातृभूमिको समृद्धि र विकासका लागि सक्दो योगदान गरिरहेको उनको भनाइ थियो। उनले शुक्रबार मात्रै नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर गै...