मंगलबार बर्दियामा ९ जना कोरोना संक्रमित थपिएका छन्। बाँके स्थित भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ६७ जनाको परीक्षणमा बर्दियाका ९ जनालाई कोरोना पुष्टि भएको हो।
लोकसेवा आयोगले दोस्रो चरणको परीक्षा मिति तोकेको छ। कोरोना तथा लकडाउनका कारण लामो समयदेखि शाखा अधिकृत, नायव सुब्बाको रोकिएको परीक्षाको नयाँ मिति सार्वजानिक भएको हो।
सबै संक्रमितले कोरोना जितेपछि खोटाङ कोरोना संक्रमित मुक्त बनेको छ। फरक–फरक समयमा कोभिड–१९ बाट संक्रमित भएका २१ जनाले उपचारपछि डिस्चार्ज पाएसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना संक्रमित थपिएका हुन्।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरणको बजेटमा वनगाउँमा केन्द्रीय प्रशारणलाईन अन्र्तगतको विद्युत पुर्याइएको हो।