सबै संक्रमितले कोरोना जितेपछि खोटाङ कोरोना संक्रमित मुक्त बनेको छ। फरक–फरक समयमा कोभिड–१९ बाट संक्रमित भएका २१ जनाले उपचारपछि डिस्चार्ज पाएसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको हो।
हालसम्म १ हजार ५७५ जनाको पिसिआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको तथा उपचारपछि फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसिआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन्।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसिआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसमध्ये ७ जना नेपाल प्रहरीका जवान रहेको प्रशासनले जनाएको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसिआर परीक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १४६ जनाको पिसिआर परीक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसिआर परीक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो।
१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन। हालसम्म जिल्लामा १ हजार ६०८ जनाको आरडिटि परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ।