संघीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछ...
जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ। कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो।
गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ। गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे।