गायिका समीक्षा अधिकारी तथा गायक मानस राजले तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएका छन्।
गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको ‘यसपालीको तीज बरै मेलबर्नमा’ गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन्। नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्त गीतलाई गायक मानस राजकै युट्युब च्यानलमार्फत आज शुक्रबार सार्वजनिक गरिएको छ।
यस गीतको भिडिओलाई मेलबर्नका रमणीय दृश्यमा छायांकन गरेका छन्, भने भिडिओमा पुजा क्षेत्री र सायद श्रेष्ठसहित गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्री फिचर्ड छन्।