ढाका टोपी
३१ साउन २०८३
•
२ मिनेट पाठ
ढाका टोपी
मेरो जन्म पाल्पाको मखन टोलमा भएको हो। नाम अमन खान हो। हाम्रो पुस्तालाई नेपालका भाषाविदहरूले "चुरैटे" भन्ने नाम दिए। व्यापारको सिलसिलामा यो सम्प्रदाय नेपाल आइपुगेर यही नै स्थायी बसोबास गरेका रहेछन्। डोरीमा काँचका चुरा न फुट्ने गरेर बाँधेर काँधमा झुन्ड्याएर अरू पनि स्वास्नीमान्छेका प्रशोधनका साधन सानो फलामको ट्याङ्कामा बोकेर घरघरै बेच्दै हिंड्ने यिनको पेसा थियो। व्यापार गर्दै जाँदा रसद पानी, बास पाइने ठाउँमा पुगेर यिनीहरू स्थायी समूहको रूपमा बसोबास गर्थे।




अमन खानले आफ्नो परिचय खुलाउँदै "जातले म मुसलमान हुँ। मेरा बाल्यकालका साथीहरू कृष्ण,राम, हरि र सुदर्शन हुन्। सानो बेलामा हजुरबाबा मलाई "हामी मुसलमान हौं। तिमी कसैको घरमा गएर पनि केही नखानु। हाम्रो धर्मले त्यसो भनेको छ" भन्नुहुन्थ्यो।

हजुरबाको कुरा सुन्दा त्यसो किन भनेको होला भनेर मलाई अचम्म लाग्थ्यो। उहाँ साथीहरूको घरमा पुजा भएको बेला नजानु। प्रसाद नखानु। दसैंको बेला उनीहरूको घरमा मासु नखानु" आदि गर्नुहुन्थ्याे।

तर मलाई हजुरबाको कुराले कत्ति पनि छुँदैन थियो। साथीहरूको घरमा सत्यनारायणको पुजा भएको बेला निधारमा रातो टीका र प्रसाद लाएर सेल, पुरी र अपुङ्गो खाँदै म अग्रपंक्त्तिमा बसेर भजन गाउँथे।

पञ्चामृत खाएर हात टाउकोमा दल्थें। अनि मनमनै "मेरी आमालाई केही दुख नहोस्" भनेर भगवानसँग पुकारा गर्थें। साथीहरूको घरमा सबैले मलाई माया गर्थें। मेरो घरमा "इद" को बेला साथीहरूलाई हजुरआमाले पकाएको हलाहल गरेको मासुको कवाफ र सेवहीको खीर खान लान्थे। मीठी मानेर खान्थे।

मेरी आमाको नाम सलमा वानु र अब्बावाको नाम हुसेन हो। मेरो अब्बाले टेलरिङकाे काम गर्नु हुन्थ्याे रे। महिलाको ब्लाउज धेरै राम्रो सिउनुहुन्थ्यो रे।

एकदिन एउटी लक्ष्मी श्रेष्ठ नाम गरेकी  केटी ब्लाउज सिउन आइछन्। आउजाउ गर्दा गर्दै ती दुईको मन मिलेर गहिरो प्रेममा बाँधिएछन् तर त्यो रिस्ता कट्टर मुसलमानलाई मन परेन अनि त्यो जोडीसँगै आत्महत्या गरेर मर्न लागेको सलमाको फुपाले थाह पाएर उनीहरूको विरादरी पुरेतसँग लक्ष्मी श्रेष्ठलाई सलमा बानु भन्ने नाम दिएर मुसलमान बनाएर उनीहरूको निकाह गरिदिए।

बाल्यकालदेखि यस्ता घटनाहरू आफ्नो समुदायमा देख्दै र भोग्दै आएको अमन खान त्यसमा परिवर्तम ल्याउन चाहन्थ्यो। मैले अमन खानलाई स्वस्थानी पूर्णिमाको दिन साली नदीमा भेटेको हुँ। त्यसबेला उसकाे निधार र प्रसादको टिकाले राताम्मे थियो भने शिरमा छड्के ढाका टोपी थियाे।
अर्को समाचार
ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस
१७ पौष २०७३
•
३ मिनेट पाठ
ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस
काठमाडौं–आइतबार सबेरै काठमाडौंको माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए। उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।




अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियान नेपालले तीन वर्षदेखि टोपी बचाउ अभियान  चलाउँदै आएको छ ।

ढाकाटोपी, दौरासुरुवाल पहिरिएका युवाहरु विहान ७ बजे माइतीघरमा भेला भएर झण्डा फहराउँदै  माइतीघरदेखि वानेश्वरसम्म र्याली निकालेका थिए। भेलामा अधिकांश युवा थिए भने थोरैमात्र पाका पुस्ताको सहभागिता देख्न सकिन्थ्यो। र्यालीमा उपस्थित भएका सबैले दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट राज्यले हटाइएको भन्दै संविधान संशोधनमा यो विषयलाई पनि उठाउनुपर्ने माग समेत रोखेका थिए ।

‘हरेक देशको आ–आप्mनै पहिचानजन्य पोशाक हुन्छ,’ ¥यालीमा उपस्थित नुवाकोटका ७० वर्षीय रामकृष्ण भट्टले भने, ‘तर अहिले हामीसँग कुनै पहिचान नै छैन, राष्ट्रिय पहिचान नै संकटमा पर्न थाल्दा पनि सरकार मौन छ ।’

ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने जागरुक युवा अभियान नेपालका सदस्य तथा युवा भएर पनि कहिल्यै टोपी शीरमा नछुटाउने व्यक्ति ज्ञानमणि नेपालले बताए।

‘नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ, तसर्थ नेपाली टोपी नेपाली पहिचानका रुपमा घोषणा गर्न हामी जोडदार  माग गर्छौ,’ उनले भने,  ‘ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरु यस अन्तर्गत नै पर्छन्।’ ‘हाम्रो शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाइएको चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा कार्यक्रममा नेपाली टोपीमा सजिएर सय भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सबै तस्बिर : प्रबिन काेइराला
https://images.nagariknewscdn.com/archive/17-20/news_images/58689893077c2.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5868989388d0c.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/586898963c481.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/58689896a37dc.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/58689898975e7.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/586898992e62f.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5868989b9a117.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5868989bbd683.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5868989df1cbf.JPG
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5868989ea3ea6.JPG
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस