शिरमा मेरो ढाका टोपी
१७ साउन २०७७
•
१ मिनेट पाठ
शिरमा मेरो ढाका टोपी

निर्मलरमण पराजुली 

१) शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश 

     प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाइदिने भेष




धनदौलत सुखसयल, खोज्दै विदेश जानुभन्दा

ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।

          २) कति बस्छौ नारी तिमी ,कुसंस्कारमा जेलिएर

           अझैसम्म विभेदरूपी , खाडलभित्र छेलिएर

छातीभित्र साहस बोकी उठ्न सिक अब आफैं

बाँच्नु हुन्न हेलाहिंसा ,  अत्याचारमा पेलिएर ।

    ३) मर्दा केही लान्न भन्थ्यौ , गयौ सिन्दुरपोते दिएर

       मुटु फुट्लाजस्तै हुने , कस्तो यो पीडा दिएर

कस्ती रैछे अलक्षिनी , लोग्ने टोकी भन्छन् सबै

गार्ह्यो भयो मलाई बाँच्न, दिनरात आँसु  पिएर ।

       ४)  मेरी सासु यस्तीउस्ती भन्दै रात, दिन खैरो खन्नेहरू

         आमाजस्ती सासूलाई हेला, गरी दुष्ट बन्नेहरू

छन् हाम्रो समाजमा यस्ता नारी, अझै प्रशस्तै छन

त्यही सासूले पाएको छोरालाई , मेरो मुटु भन्नेहरू ।

        ५) बाढी आई बगाई लाग्यो , बस्ने मेरो बास हरायो

            बाढीले नै मार्यो छोरो , बाढीसँगै लास हरायो

चुनाव आउँदा म छु भन्थे , कुर्सीका लागि लडिरहेछन्

दुख पर्दा आँसु पुच्छन् भन्ने , भित्री मनको आश हरायो  ।
अर्को समाचार
शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश
०३ पौष २०७७
•
१ मिनेट पाठ
शिरमा मेरो   ढाका  टोपी , यो छातीभित्र देश

 

निर्मल रमण पराजुली 

                                 




१)  

यो देशका प्रत्येक सन्तानलाई , देशको  माया  हुनुपर्छ,

देशलाई   कतै    चोट   लाग्दा , उसको   मन  रुनुपर्छ ।

एकातिर संसारको सुख अर्कोतिर देशको माटो राखी,

के रोज्छस् भनी सोध्दा उसले, देशको  माटो  छुनुपर्छ ।

२)

देशमै  श्रम   गर्छु  म  त , आफ्नै ज्यानको हड्डी घोटी,

ढिंडो –आँटो सिस्नो अनि  खान्छु  कोदो फापर  रोटी ।

मेरो   लागि   देशभन्दा , ठूलो    कुरा    केही    छैन,

शिरमा  राखी  मातृभूमि , प्रणाम   गर्छु   कोटीकोटी ।

     ३)

तिम्रो  काखमा शरण पर्न , आउँछु  नेपाल आमा,

तिम्रो  ओठमा खुशी छर्न , आउँछु नेपाल  आमा ।

देश  दुखेको बेला विदेश , बस्ने  रहर छैन मलाई,

त्यो लिपुलेक  फिर्ता गर्न ,  आउँछु  नेपाल आमा ।

४)

शिरमा मेरो   ढाका  टोपी , यो    छातीभित्र    देश,

प्यारो  लाग्छ नेपाली भनी , मलाई चिनाइदिने  भेष ।

धनदौलत, सुखसयल , खोज्दै स्वदेश  जानुभन्दा,

ढिंडो   खाई   देशमै  बस्नु , बरु   त्यो   पो  हुन्छ   बेस ।

 ५)

ढिडो भए  पुग्छ मलाई , आँटो भए  पुग्छ,

श्रम  गर्न  खेतबारीको , पाटो भए  पुग्छ ।

देश छोडी अब कहिल्यै , विदेश जान्न  म,

यो जन्म मलाई  देशकै , माटो  भए पुग्छ ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस