निर्मल रमण पराजुली
१)
यो देशका प्रत्येक सन्तानलाई , देशको माया हुनुपर्छ,देशलाई कतै चोट लाग्दा , उसको मन रुनुपर्छ ।
एकातिर संसारको सुख अर्कोतिर देशको माटो राखी,
के रोज्छस् भनी सोध्दा उसले, देशको माटो छुनुपर्छ ।
२)
देशमै श्रम गर्छु म त , आफ्नै ज्यानको हड्डी घोटी,ढिंडो –आँटो सिस्नो अनि खान्छु कोदो फापर रोटी ।
मेरो लागि देशभन्दा , ठूलो कुरा केही छैन,
शिरमा राखी मातृभूमि , प्रणाम गर्छु कोटीकोटी ।
३)
तिम्रो काखमा शरण पर्न , आउँछु नेपाल आमा,तिम्रो ओठमा खुशी छर्न , आउँछु नेपाल आमा ।
देश दुखेको बेला विदेश , बस्ने रहर छैन मलाई,
त्यो लिपुलेक फिर्ता गर्न , आउँछु नेपाल आमा ।
४)
शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश,प्यारो लाग्छ नेपाली भनी , मलाई चिनाइदिने भेष ।
धनदौलत, सुखसयल , खोज्दै स्वदेश जानुभन्दा,
ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।
५)
ढिडो भए पुग्छ मलाई , आँटो भए पुग्छ,श्रम गर्न खेतबारीको , पाटो भए पुग्छ ।
देश छोडी अब कहिल्यै , विदेश जान्न म,
यो जन्म मलाई देशकै , माटो भए पुग्छ ।