वाग्मतीमा फुल्यो रसिलो फूल
१९ माघ २०७२
•
१३ मिनेट पाठ
वाग्मतीमा फुल्यो रसिलो फूल
फिल्मः पशुपति प्रसाद star
निर्देशकः दीपेन्द्र के खनाल
निर्माताः रोजिना सिटौला, रजना नापित
लेखकः खगेन्द्र लामिछाने
कलाकारः खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, वर्षा सिवाकोटी, विपिन कार्की, मिश्री थापा आदि।




झट्ट नाम सुन्दा कुनै धार्मिक विषयमा आधारित वा पशुपतिनाथ मन्दिरसम्बन्धी फिल्म हो कि भन्ने लाग्नसक्छ । तर, यो 'पशुपतिप्रसाद' न त हिन्दु धर्ममा आधारित छ, न त पशुपतिनाथ मन्दिर नै यसको विषय हो । यसले त सिर्फ धर्ममा आस्था राख्ने पात्रहरुका जीवन र चरित्रलाई पर्दामा उतारेको छ ।

फिल्म अझ पशुपतिनाथ मन्दिरभन्दा पनि आर्यघाट वरिपरि घुम्छ । आर्यघाटमा मान्छेहरु सबै चीज गुमाएर अथवा मरेपछि पुग्छन् । तर, यसमा मुख्य पात्रहरु चाहिँ बाँच्न र जीविकोपार्जन गर्न आर्यघाट पुग्छन् । र, सबैको गुजारा मरेका मान्छेहरुका कारण नै सम्भव हुन्छ । कसैको मरणमा कसैको जीवन चल्छ, कसैको आँसुमा कसैको मुस्कान पलाउँछ । प्रकृतिको निर्दयी 'इको सिस्टम'को यही नियमलाई फिल्मले कथानकमा ढालेको छ ।

गत वर्ष 'टलकजंग भर्सेस टुल्के' फिल्मको शीर्षभूमिकामा अभिनय गरेर दर्शकलाई रिझाउन सफल भएका रंगकर्मी खगेन्द्र लामिछानेले 'पशुपतिप्रसाद' नामक नया अवतार धारण गरेका छन् । भूकम्पमा आमाबुवा गुमाएपछि साहुको ऋण तिर्ने उद्देश्य लिएर ऊ पशुपतिनाथ परिसरमा आफ्नो मितबा खोज्दै आइपुग्छ । पशुपतिवरिपरि उसले भेट्ने पात्रहरु र ती सबै पात्रका भोगाइहरुको चखिलो प्रस्तुति हो यो फिल्म ।

मितबा र मितछोराबीचको रोचक वार्तालापसँगै फिल्म र यसको कथा अघि बढ्छ । मितबा (प्रकाश घिमिरे)ले मितछोरा पशुपतिप्रसादलाई निकै प्रेम गर्छ । उसलाई शरण पनि दिन्छ । तर, रक्सीको कुलतले गर्दा ऊ र मितछोराबीच तितोपन उब्जिन्छ । तैपनि मितेरी साइनोको आत्मीयता र गरिमालाई दुवै पात्रले अन्तिमसम्म बचाएर राख्छन् । दुवैको अभिनयले फिल्म अझ मार्मिक र विश्वसनीय बन्नपुगेको छ ।

फिल्मको अर्को रोचक पात्र हनुमान हो । वास्तवमा ऊ हनुमान होइन, हनुमानको भेष धारण गरेर भक्तजनहरुलाई उर्जा प्रदान गर्ने साधारण मान्छे हो । हनुमान बाहिरबाट निकै बलवान देखिन्छ । उसलाई देख्दा गुन्डा केटाहरु डराएर भाग्छन् । तर, हनुमानको खोलभित्रको मान्छे भने भित्रभित्रै कमजोर छ । ऊ समाजदेखि लुक्दै हिँड्छ ।

ऊ पशुपतिप्रसादको दुःखको साथी हो । पशुपतिलाई काम खोजिदिने, गुन्डाहरु भगाइदिने र प्रेमपत्र लेख्न सिकाउनेसम्मका अभिभारा उसले लिन्छ । मुखुन्डो पहिरिएको भए पनि हनुमानको अनुहारका भावहरु 'टर्निङ प्वाइन्ट' अनुसार अदलीबदली भइरहन्छ । मुखुन्डोमा समेत भाव पोत्ने कलाकार रवीन्द्रसिंह बानियाँ तारिफयोग्य छन् । आँखा र बडी ल्यांग्वेजमा सीमित उनको अभिनय प्रस्तुति कलात्मक छ ।

हनुमानले रियल जुस पिएका, अखबार पढेका र मःमः खाएका दृश्यहरु हास्यात्मक र व्यंग्यात्मक दुवै छन् । आध्यात्मिक हुन खोजे पनि भौतिक मोहले मान्छेलाई सजिलै छोड्दैन भन्ने दृष्टान्त ती दृश्यहरुमा लुकेका छन् । फिल्मले खडा गरेको नक्कली हनुमानलाई पौराणिक पात्र हनुमानको आधुनिक संस्करण मान्न सकिन्छ ।

मृत्तकको आफन्तले वाग्मतीमा फ्याँकेको सुनलाई पशुपतिप्रसादले भ्यागुताझैं उफ्रेर समातेको र ऊ वाग्मतीको दूषित पानीमा चुर्लुम्म डुबेको दृश्य सबैलाई स्तब्ध पार्ने खालको छ । नेपाली फिल्मका अहिलेसम्मकै शक्तिशाली दृश्यमध्ये एक मान्न सकिन्छ यसलाई । यो एउटै दृश्यमा पूरा फिल्म प्रतिविम्बित हुन्छ ।

धनले मान्छेको जीवनमा खुसी ल्याउँछ भन्ने बुझाइ पशुपतिप्रसादको हुन्छ । तर, पशुपतिमै बरालिने एक दुःखी आमा पात्र (मिश्री थापा)को सरसंगत रहे पनि उसले महसुस गर्न सक्दैन कि, धनले मान्छेलाई खुसी दिँदैन । किनभने ती आमा काठमाडौंमै घर भएकी र छोराबुहारी अमेरिकामा रहेकी पात्र हुन् । धनी पनि दुःखी छन्, गरिब पनि दुःखी छन् । सबै दुःखीलाई पशुपतिनाथ अर्थात भगवानले शरण चाहिँ दिइरहेको छ ।

फिल्मले आमिर खानको बहुचर्चित हिन्दी फिल्म 'पिके'लाई सम्झाउँछ । जसरी पिके एउटा धार्मिक जञ्जाल रहेको धर्तीमा अर्कै ग्रहबाट आइपुग्छ । त्यसैगरी 'पिपी' अर्थात पशुपतिप्रसाद अर्कै दुनियाँबाट एउटा धार्मिक स्थलमा आइपुग्छ । पिकेले जस्तै पिपीले पनि धर्मदर्शन, अन्धविश्वास र ढोंगीहरुको पर्दाफास गर्दै जान्छ ।

पिकेलाई आफ्नो लकेट फिर्ता लिएर घर फर्कनु छ भने पिपीलाई ५० हजार रुपैयाँ लिएर गाउँ फर्कनु छ । दयनीय हुँदाहुँदै पिकेलाई नसोचेको पात्रले दुःख दिन्छ । पिपीले पनि नजिककै पात्रबाट धोका पाउँछ । शिवको काखमा बसे पनि सबैले पिपीलाई लुट्न खोज्छ ।

बहुसंख्यक दर्शकले अपेक्षा गरेभन्दा भिन्न मोडमा पुगेर फिल्म टुंगिन्छ । दर्शकले फिल्मको अन्त्यप्रति असन्तुष्टि वा विमति राख्ने सम्भावना प्रशस्त छ । तर, पशुपतिप्रसाद एक भाग्यवादी पात्र हो । ऊ जीवनको गन्तव्यमा सटकट बाटोबाट पुग्न खोज्छ । उसले रोजेको बाटो यथार्थमा कतिको जायज छ ? यसलाई मनन गर्ने हो भने फिल्ममा उसको जे हविगत देखाइएको छ, त्यो बिल्कुल स्वाभाविक लाग्छ । तैपनि वैकल्पिक अन्त्यमाथि दर्शकले चर्चा गरिरहनु फिल्मको सफलता हो ।

भस्मे (विपिन कार्की) र पशुपतिप्रसादको 'टम एन्ड जेरी' दृश्यको मात्रा अलि बढी भएको भान हुन्छ । भस्मेले पशुपतिप्रसादलाई पिट्न खोज्दा हनुमान देखा परेका दृश्यहरुलाई घटाउन वा 'मर्ज' गर्न सकिन्थ्यो । दुई पात्रका केही दृश्यहरु हँसाउनमात्र राखिएको देखिन्छ । ती दृश्यहरुले कथालाई अगाडि घचेट्ने काम गर्दैनन् ।

पशुपतिनाथका सुन्दर र कलात्मक ल्यान्डस्केपहरुका कारण दर्शकलाई आपैंm मन्दिरमा पुगेको भ्रम हुनसक्छ । पशुपतिलाई फरक एंगल र रङहरुमा पोत्नुको श्रेय छायाँकार निरज कँडेललाई जान्छ । तर, छोटो अवधिमै छायांकन सिध्याउने हतारोको बेफाइदा पनि फिल्ममा देखिएको छ ।

फ्रेम चाहिनेभन्दा बढी 'टाइट' छन् । पात्रको अनुहारतिर क्यामेरा जाँदा हात देखिँदैन । हाततिर जाँदा अनुहार देखिँदैन । समोसाको त्यति लामो प्रसंग छ । तर, समोसा एउटा पनि फ्रेममा देखिँदैन । पशुपतिप्रसादले सुन बेच्न जाँदा साहुजीले सुनलाई पत्थरमा घोट्छ । त्यो घोटाइ र पत्थरमा बस्ने दागको 'एक्सट्रिम क्लोजअप' सट नहुँदा दृश्य खल्लो लाग्छ । हेडरुम (पात्रको शीरमाथि छाडिने खाली ठाउँ)को सामान्य नियम पालन नगर्नाले फ्रेमिङको सुन्दरता धेरै दृश्यमा गुमेको छ ।

पशुपति परिसरका बैरागलाग्दा दृश्य, फोहोर वाग्मती र पात्रहरुका दुःखका बीच बुनु नामक पात्र (वर्षा सिवाकोटी)ले शृंगार रस पैदा गरिरहन्छे । उसको सौन्दर्यले आनन्द सञ्चार गराइदिन्छ भने उसलाई पाउने पशुपतिप्रसादको सपनाले आशावाद जगाउँछ । भलै, कहिलेकाहीँ बुनुको उपस्थिति अतिनाटकीय लाग्छ । तैपनि फिल्ममा फेन्टासीको जलप लगाउन ऊ उपयोगी भएको छ । फिल्म 'पशुपतिप्रसाद' र बुनु पात्र दुवैलाई वाग्मतीमा फुलेको रसिलो फूलको संज्ञा दिँदा अतिशयोक्ति हुँदैन ।

राजादेखि प्रजासम्मले भन्दै आएका छन्, पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । तर, पशुपतिनाथको कल्याणका लागि चाहिँ भक्तजनहरुले के गरे वा के गर्दैछन् ? ढोंगी भक्तजनहरुको भीडले पशुपतिनाथको कल्याण होइन अपमान पो हुन्छ । फिल्म 'पशुपतिप्रसाद'ले यो कटु यथार्थलाई समेत मुद्दा बनाएको छ ।

यसअघि 'धर्मा', 'द युगदेखि युगसम्म', 'चपली हाइट', 'भिजिलान्ते' र 'झोले' फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालले 'पशुपतिप्रसाद'मा आफ्नो 'दृश्य–विधान'लाई थप निखारेका छन् । पात्र र दृश्यको संवेदनालाई लयात्मक प्रवाह दिन उनी सफल छन् । क्लाइमेक्सपछिको दस मिनेट लामो 'रिजोलुसन' वा 'डिनोमेन्ट'मा पनि उनले सन्तुलन गुमाएका छैनन् ।

सानो क्यान्भासको फिल्ममा ह्युमर र फिलोसफीको पौष्टिक खुराक पस्केर आफ्नो लेखन कलालाई बहुआयामिक बनाएका छन् खगेन्द्र लामिछानेले । खगेन्द्रको लेखनलाई दृश्यमा हुबहु रुपान्तरण गर्दै निर्देशक खनालले आफ्नो खातामा एउटा लोभलाग्दो फिल्म थपेका छन् । यस्तै फिल्म बन्दै गए, नेपाली फिल्मलाई पशुपतिनाथले कल्याण गरिरहन जरुरी छैन । र, मिहेनत गरे वाग्मतीमा सुन पनि फल्नसक्छ ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस