चाहाना, इच्छा दुःखको कारण
२२ साउन २०७९
•
४ मिनेट पाठ
चाहाना, इच्छा दुःखको कारण
चाहाना, इच्छा दुःखको कारण




बलराम खवास (सृजन)

हाम्रो जीवनमा बिना कारणको समस्या हुदो रैनछ। हामी आफै समस्याको निर्माता रहेछौ। समस्या आफैँ आउदैन, त्यसलाई हामी नै निम्ता गेरेर बोलाइरहेका हुदाे रहेछौ। स्वास्थ्यमा समस्या आयो हामीले त्यो समस्या आउनु पूर्व नै खानपानमा ध्यान दिदैनौ। स्वास्थ्यको ख्याल नगरी जे पायो त्यही खान्छौ। शारीरिक अभ्यास गर्दैनौ। त्यसको कारण रोग आयो। समस्या बन्यो। मानसिक समस्या आयो। हामी ध्यान, योग, प्राणायाम गर्दैनौ। नचाहिने कुरा बढी सोच्छौ, हेर्छौ, सुन्छौँ। त्यही कारण बन्यो मानसिक समस्याआउनुमा।  

परीक्षामा कम नम्बर आयो पढ्दा ध्यान नदिएको कारण, स्कुल वा कलेजमा गेट बाहिर बस्नुपर्यो समयमा नपुगेको कारण,आदि /इत्यादि कारण हाम्रो आफ्नै कारणले जीवनमा समस्या आइरहेका हुन्छन्। तर कतिपयले यसलाई भाग्यको दोष दिन्छन। उनीहरुले बिर्सिन्छन कि समस्या आउनु भन्दा पहिले आफुले गरेको हेलचेक्र्याइँको कारण यो समस्या आएको हो भनेर।

जीवनको समस्या भनेको  समस्या नै हैन रहेछ। यो त हाम्रो अधिक चाहाना र इच्छा पो रहेछ। हरेक समस्या जुन समाधान नै नहुने समस्याले मलाई पोलिरहन्छ। मलाई मात्र होइन मलगायत धेरैलाई त्यस्तै हुन्छ होला जस्तो लाग्छ। उदाहरण दिई हालौ है त जस्तैः  मेरो साथी ठिक भएन। उसले मैले चाहेको जस्तो गरेन। मैले उ मैले चाहेको जस्तो होस् भनेर चाहाना राखे। तर ऊ त्यस्तो भएन। तर सत्य यो हो कि मैले चाहेको जस्तो उ हुनुपर्छ भन्ने पनि छैन। उसको नि आफ्नो सोच, विचार र जीवनशैली हुन्छ। उसले आफूले जति बुझेको छ, त्यही अनुसारको व्यवहार गर्ने त हो। तर मेरो चाहना के हुन्छ भने उ मैले चाहेको जस्तो हुनुपर्छ। तर ऊ हुँदैन अब आँफै भइन्छ दुःखी। मैले म स्वयंलाई मात्र बदल्न सक्छु। म  पात्र मात्र आफ्नो चाहना अनुसार चल्न सक्छु। अरुलाई चलाउन सक्दिन।। त्यसैले साथी वा अन्य व्यक्ति मैले चाहेको जस्तो भएनन् ।   ठिक छ, त्यसलाई मैले अथवा हामीले उनीहरुसग अपेक्षा हैन, उपेक्षा गरेर उ जस्तो छ, त्यस्तैमा स्वीकार गर्नु पर्थ्यो। अनि म दुःखी हुँदैनथे। तर म यस्तो चाहन्न। मेरो चाहना यही हुन्छ कि उ मैले सोचेको जस्तो हुनैपर्छ।  

अब अर्को उदाहरण मैले उसलाई धेरै प्रेम गर्छु। त्यति प्रेम त महाकवि लक्ष्मीप्रसाद देवकोटाको उपन्यासको पात्र मुनाले मदनलाई अनि मदनले मुनालाई पनि गर्दैनथ्यो होला। त्यति धेरै माया, विश्वास र भरोसा गर्दा पनि उसले मलाई वास्तै गर्दैन। मलाई माया गर्दैन। अब यहाँं पनि सुरु भयो चाहना कि उसले मलाई माया गरेन। उसले पनि मलाई माया गरोस। हो अब त्यो चाहना पूरा भएन फेरि दुःखी। अझ त अझ मेरो देश नै ठिक भएन। विकास कहिले हुँदैन। नेताहरु नै ठिक छैनन्। भ्रष्टाचार मात्र गर्छन्। ह्यातेरिका म कहाँ नेपालमा जन्मेको। अमेरिकामा जन्मिनुपर्ने । कम्तीमा जापानमा जन्मेको भए पनि हुने नि । त्यहाँ जन्मेको भए रोजगारी र खुशीको  लागि १८ वर्ष पुग्ने बित्तिकै पासपोर्ट बनाउन त पर्ने थिएन । तैत नेपालमा जन्मेर अमेरिका जानको लागि चारचोटी मख परिसके । पर्दै पर्दैन । न कुनै राम्रो देशको भिसानै लाग्छ । अब ती दुःखी र चिन्तित भैइन्छ ।  

खासमा के हुनुपर्थ्यो भने ठीक छ, प्रयास गरेको हो । भएन प्रयास नै नगरेको भए पो मेरो गल्ती अब गर्दा गर्दै भएन । यसलाई स्वीकार गरेर खुसी हुनुपर्थ्यो । तर म अथवा हामी त्यस्तो गर्न सक्दैनौं । कसैलाई हाइट कम भएकोमा दुःख, कोहीलाई तौल कम वा बढी भएकोमा दुख । अझ कोहीलाई आफन्त सुधार्न नसकेकोमा दुख । अतः दुखै दुःख । यसरी खोतल्दै जाने हो भने हजारौ चाहना र इच्छाले मलाई अथवा हामीलाई दुखी बनाइरहेको हुन्छ । त्यसैले सधै खुसी हुनु छ भने इच्छा र चाहनाहरु पूरा गर्नको लागि त्यसमा गर्नुपर्ने प्रयास र लगनशीलता जरुरी छ । तर पूरा भएन भने त्यसलाई स्वीकार गर्नुको विकल्प अरु छैन । कि दुखी भएर बस्नुपर्यो  कि त्यसलाई स्वीकार गर्नुपर्यो । जीवनभरको समस्या भनेको घटना र  अवस्था होइन, चाहना हो ।  

जीवनमा दुःख कहाँ बाँकी छ भनेर सरसर्ती हेर्ने हो भने दुख बाँकी भएको ठाउँमा त्यसको पछाडि लुकेर बसेको हुन्छ चाहना । मलाई के लाग्छ भने कसैमा दुख छ । तर त्यसमा कुनै चाहना मिश्रित छैन यस्तो कसैलाई हुँदैन ।  

मेरो एकजना काका हुनुहुन्छ । उहाँलाई क्यान्सर भएको छ । तर पनि उहाँ खुसी हुन्छ । जीवनलाई सिंगारेर अझ रमाइरहनु भएको छ ।  

मलाई लाग्यो मेरा केही सामान्य चाहनाहरु पूरा नभए त बेलाबेलामा दुखी हुन्छु । उहाँ सधै कसरी यति धेरै खुसी? उहाँले मुस्कुराउँदै भन्नुभयो, क्यान्सरमा शारीरिक दुखाई हुन्छ । कतिबेला यो सुन्दर संसारलाई छोड्नुपर्छ ठेगान छैन । हो म क्यान्सर र शारीरिक पीडालाई निको पार्न सक्दिन । तर म मानसिक पीडालाई भने कम गर्न सक्छु, जसले गर्दा म अझै केही समय थप बाँच्न सक्छु ।  

उहाँले अझै थप्दै भन्नुभयो, अब मलाई क्यान्सर छ भनेर पीडा अथवा दुखी भएर बसे भने मलगायत मेरा परिवारलाई पनि गाह्रो हुन्छ । त्यसैले मैले यसलाई स्वीकार गरे ।

(बलराम ख्वप कलेज भक्तपुरको पत्रकारिताका दोश्रो वर्षका विद्यार्थी हुन् ।)  
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१२ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस