काठमाडौं– काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलले शास्त्रीय नृत्य भरतनाट्यमको तालिम तथा कार्यशाला सुरु गर्ने भएको छ ।

नाटक मञ्चन गर्दै आएको थिएटर मलले कलाका विविध विधालाई समेट्ने क्रममा कार्तिक नाच संरक्षण समिति पाटनको सहकार्यमा भरतनाट्यमको कार्यशाला सुरु गर्न लागेको हो ।
कार्यशाला मद्रास विश्वविद्यालय चेन्नई, भारतबाट स्नातकोत्तर गरेकी शास्त्रीय नृत्यङ्गना मतिना मानन्धरले मलले जनाएको छ । मलका अनुसार मानन्धर सो विश्वविद्यालयमा भरतनाट्यमका प्रख्यात गुरुहरु श्रीलता विनोद र अथिना मधुबाट दिक्षित हुन् । उनले आफूले वर्षौ लगाएर सिकेको भरतनाट्यमका मुख्य तथा आधारभूत पाटोहरु कार्यशालामा सिकाउने र अभ्यास गराउने बताएकी छन् ।
यही कात्तिक १३ गते शुक्रबारदेखि सञ्चालन हुने कार्यशालाका व्यवस्थापक इलिना नकर्मीले जानकारी दिएकी छन् । उनले भरतनाट्यमका कार्यशाला सःशुल्क ४० घण्टे अजधिको हुने पनि बताइन् ।
त्यस्तै कार्यशालाका संयोजक सुनिता राजभण्डारीले मतिना मानन्धर जस्तो दिक्षित व्यक्तित्व भरतनाट्यममा नेपालमा अरु कोही नभएको बताएकी छिन् । उनले भनिन्, 'भरतनाट्यमा स्नातकोत्तर गरेकी नेपालकी मतिना मात्रै हुन्, उनको कार्यशाला सुरु हुनु आफैमा उल्लेख्य कुरा हो । भरतनाट्यम जहिले पनि र जसले पनि सिकाउन सकिने नृत्य होइन, यो कार्यशाला सबैका लागि अवसर पनि हो।'
कार्यशालाको समापन पाटनस्थित नासः चोकमा गुरु मतिना मानन्धर र कार्यशालामा सहभागीहरुको भरतनाट्यम प्रस्तुतिहरुका साथ गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । नृत्यको आधारभूत ज्ञान भएका र रंगकर्मीहरुलाई विशेष लक्षित गर्दै थिएटर मलले यो कार्यशाला सुरु गर्न लागेको हो । साल्सा लगायतका पश्चिमी नृत्य तालिम केन्द्रहरुको जगजगी भइरहेको समयमा पूर्वीय शास्त्रीय कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि भरतनाट्यमका कार्यशाला गर्न लागेको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले जानकारी दिए। कार्यशालाको औपचारिक समापन कार्यक्रम पाटनस्थि नाःस चोकमा आउ"दो मंसिर ५ गते शनिबार हुने उनले बताए ।