काठमाडौं– सञ्चारकर्मी सुव्रत आचार्यद्वारा निर्देशित फिल्म 'अधकट्टी' फूलपातीको दिनदेखि नेपालका मुख्य शहरहरुमा रिलिज भएको छ। काठमाडौंको कुमारी हलमा सोमबार भएको प्रिमियर शोपछि उपस्थित कलाकर्मीहरुले 'अधकट्टी'को खुलेर तारिफ गरे।
फिल्मलाई प्रदीपकुमार उदयले निर्माण गरेका हुन् । उनी नयाँ निर्देशकहरुलाई ब्रेक दिने निर्माताका रुपमा चिनिन्छन् । यसपालि पनि उनले सुव्रतलाई ब्रेक दिएका हुन्।
'सुव्रतजीले निर्माता खोजिदिनुहुन्छ कि भनेर मलाई कथा सुनाउनुभयो, मलाई कथा निकै चित्त बुझ्यो,' प्रदीपले भने, 'यो कथा म अरुलाई दिन्न, आपैm लगानी गर्छु भनेँ । सुव्रतजीले सहायक निर्देशन गरिसक्नुभएको थियो, त्यसैले उहाँमाथि मैले विश्वास गरेको हुँ।'
निर्माता प्रदीपका अनुसार फिल्म पहिलो चरणमा देशका ४० वटाजति हलमा रिलिज भएका छन् र दोस्रो चरणमा साना हलहरुमा चलाइनेछ । 'निर्मातालाई एकैचोटी सानाठूला हलमा रिलिज गर्दा फाइदा हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन, झन् अहिले नाकाबन्दीको बेला फिल्म रिलिजमा बढी ध्यान दिनुपर्ने हुन्छ,' उनले थपे ।
फिल्म निर्देशन गर्ने आफ्नो पहिलेदेखिकै योजना भएको र धेरै वर्षको धैर्यतापछि निर्देशनमा हात हालेको निर्देशक सुव्रतले बताए । 'मैले यसमा साधारण कथामा गहन मनोरञ्जनका सामग्री पस्केको छु, युवा दर्शकमात्र होइन सबै उमेरकाले यो फिल्म मन पराउनेछ भन्नेमा म ढुक्क छु,' सुव्रतले भने ।
विजय अधिकारीको पटकथा रहेको फिल्ममा विल्सनविक्रम राई, गौरव पहारी, गजित विष्ट, प्रदीप बास्तोला, आशिष्मा नकर्मी, रिस्ता बस्नेतको मुख्य भूमिका छ । एउटा आइटम गीतमा नम्रता श्रेष्ठले पनि अभिनय गरेकी छन्।