'बाठो भएर लाटो पहाड लेखेको होइन'
२३ असोज २०७२
•
५ मिनेट पाठ
'बाठो भएर लाटो पहाड लेखेको होइन'
पोखरा-'लाटो पहाड बाठो भएको लेखिएको किताब होइन,' कुनै सम्बोधन र औपचारिकता बिनै उनले आफ्ना कुरा सुरु गरे, 'म त्यति गम्भीर लेखक पनि होइन । होसियारी र जिम्मेवारीवूर्पक लेख्दिनँ ।'रहरै रहरमा कविता लेख्दा लेख्दै प्रकाशकको अनुरोधमा लाटो पहाड कथा किताब लेखेकोे खुलाए । लेखक उपेन्द्र सुब्बा शनिबार ¥यान्डम रिडर्स सोसाइटीको मञ्चमा बोल्दै थिए ।

लिम्बु पुराण, कथा र मुन्धुमका शैली र छाप लेखनमा देखाउँदै आएका लेखक सुब्बाले त्यो भन्दा अर्काे लेख्ने आइडिया नै आफूसँग नभएको पनि खुलाए । 'लिम्बुवानकै कथा लेख्छु भनेर लेखेको होइन र सचेतनाले लेखेको पनि होइन,' उनी खुल्दै गए, 'लिम्बुवानको मुद्दा उठाउँछु भनेर लेखेको पनि होइन ।' लाटो पहाडजस्तो ७० पेजभन्दा लामो कथा हालेर किताब जबरजस्ती मोटो बनाएको आरोप लागेका सुब्बाले त्यो कुरा पनि लुकाएनन् । 'लेख्दै गर्दा १२ वटा कथा पुगेका थिए,' उनले जीब्रो चबाएनन्, 'लाटो पहाड पनि हालिदिएँ । त्यो पहिला लिम्बु भाषामा थियो, कट्याक कुटुक गरेर नेपालीमा बनाएँ । मैले पाठकलाई ठगेकै हो ।'

रहरै रहरमा कविता लेखेको र प्रकाशकको आग्रहमा कथा किताब छपाएको बताएका उपेन्द्रलाई साहित्यबाट निस्कन गाह्रो लागिसकेको छ । उनले भने, 'साहित्यमा पस्न सजिलो रै'छ, यसै पसिगएँ, निस्कन गाह्रो भा'छ ।' आफूले केही लेखेजस्तो नलागे पनि सबैले राम्रो भनिदिएको भन्दै विम्मय प्रकट गरे । 'वास्तवमा हाम्रो देश त राम्रै हो, यता गयो लाटो पहाड, उता गयो लाटो पहाड,' अनुभव सुनाए, 'लाटो पहाड पढें, राम्रो लाग्यो भन्ने मात्रै भेट्छु ।' तर, सँगसँगै उनलाई लागेको अर्काे विस्मात भनेकोचाहिँ प्रकाशकले सुनाएको किताब बिक्रीको अवस्था रहेछ । 'प्रकाशकलाई सोध्दा त ३ हजार कपीभन्दा बिक्री भएको छैन भन्छ त हाउ,' लिम्बु लवजको नेपालीमा उनी बोलेपछि दर्शकदीर्घामा हाँसोको फोहोरा छुट्यो । उपेन्द्रको लेखनलाई सरल भन्ने गरिन्छ । तर, उनले भने आफूले सरल बनाउँछु भनेर नलेखेको बताए । 'जानेर होइन, नजानेरै त्यस्तो भयो,' उनी बोले ।

पत्रकार वसन्त बस्नेतले सुब्बाको किताब अहिलेको प्रदेश नं १ अर्थात लिम्बुवानको समकालीन वैकल्पिक इतिहास हुन पुगेको टिप्पणी गरे । बहसका लागि कार्यपत्र नै प्रस्तुत गरेका बस्नेतले लिम्बुवानमा इतिहासदेखि आजसम्म सरकार र जनताबीच रहेको मनोवैज्ञानिक दुरीलाई किताबले उतारेको बताए । 'पञ्चायतले जन्माएको विकास अवधारणाले शिक्षा दिने र लिनेबीच सामुदायिक दुरी निर्माण भयो,' बस्नेतले भने, 'अलग भाषा, समुदाय, सम्यताका लागि एउटै पाठ्यक्रम चलाइयो, त्यसले एउटा समुदायको बर्चश्वलाई निरन्तरता दियो र अर्काे समुदायलाई प्रभावहीन करार ग¥यो ।'

स्वयं कथाकार सुब्बाले कथाको ढाँचा आफूलाई थाहा नभएको बताएका थिए । बस्नेतले त्यही कुरालाई सदर गरे 'कथाको सर्वकालीक परिभाषाभन्दा बाहिर छन्, सुब्बाका प्राय कथा । उठान, उत्कर्ष र बैठानको बेग्लै तरिका छ,' बस्नेतले तर्क गरे, 'आजसम्म नेपाली आख्यानमा गरिँदै आएको पात्र निर्माण र कथानकको पद्दतिलाई मानक मानेर सुब्बाका कथाहरुमाथि बहस गरियो भने अन्याय हुन्छ ।' किरात समुदाय, र त्यसमा पनि लिम्बुहरुको मानवशास्त्र नै अलग भएकाले त्यसलाई नबुझी पढ्दा उपेन्द्रका कथा हल्काफुल्का लाग्नसक्ने धारणा बस्नेतले राखे ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१२ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस