काठमाडौं- फिल्म निर्माणसम्बन्धी नयाँ मापदण्डको विरोध गर्ने फिल्मकर्मीहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले वैकल्पिक उपाय खोजिदिन आग्रह गरेका छन्। 'नेपाली फिल्मको गुणस्तर वृद्धि होस् भनेर नै बोर्डले यो मापदण्ड ल्याएको हो, तपाईहरुसँग अरु वैकल्पिक उपाय छ भने हामीलाई भन्नुस्,' अध्यक्ष राईले बिहीबार भएको अनौपचारिक छलफल कार्यक्रममा भने।असार १ देखि लागू हुनेगरी चलचित्र विकास बोर्डले ल्याएको मापदण्ड अनुसार पाँचवटा फिल्ममा सहायक निर्देशक भई काम गरेका वा फिल्म निर्देशनमा स्नातक उत्तीर्ण वा दस वर्ष फिल्म क्षेत्रको कुनै पनि विधामा अनुभव बटुलेका वा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट हुनेगरी सर्ट फिल्म बनाएकाहरुले मात्र फिल्म निर्देशन गर्न पाउनेछन्। त्यस्तै नयाँ निर्माण कम्पनीले पुरानो कम्पनीसँग एउटा फिल्ममा सहकार्य गर्नुपर्नेछ।
मापदण्डको विरोध गर्दै फिल्मकर्मीको एक समूहले गत सोमबार सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाएको थियो। सोही समूहका फिल्मकर्मीहरु बिहीबार चलचित्र विकास बोर्डमा आफ्नो असहमति राख्न पुगेका थिए।
अध्यक्ष राईको आग्रहपछि निर्माता तथा निर्देशक भाष्कर ढुंगानाले भने, 'बोर्डले मापदण्ड फिर्ता लिओस्, त्यही हो हामीले दिने वैकल्पिक उपाय। फिल्म बनाउने मापदण्ड सरकारले तोक्ने होइन, व्यक्तिव्यक्ति आफैंले तोक्ने हो। आफू फिल्म निर्देशन गर्न सक्षम छु कि छैन, आफैंले निर्णय गर्ने हो।'
विकास बोर्डले फिल्म क्षेत्रमा शासक होइन सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने निर्देशक मनोज पण्डितले तर्क गरे। उनले भने, 'तैँले फिल्म बनाउन पाउँदैनस् भनेर बोर्डले भन्न पाउँदैन, यो मौलिक हकको उल्लंघन हो।' नेपाली नागरिकता बोकेका सबैलाई नेपालमा स्वतन्त्र रुपमा फिल्म निर्देशन गर्न पाउने वातावरण निर्माण गर्न बोर्डसँग उनले आग्रह गरे।
विकास बोर्डका सदस्य राजेन्द्र केसीले विभिन्न संघसंस्थासँग छलफल गरेरै यो मापदण्ड ल्याइएको जिकिर गरे। 'लहडमा फिल्म बनाउने र निर्मातालाई घरबारविहीन बनाउनेहरुविरुद्ध हो यो मापदण्ड,' केसीले भने।
नेपाल इन्डेपेनडेन्ट फिल्ममेकर्स् सोसाइटी (निफ्स)का अध्यक्ष तथा डकुमेन्ट्री निर्माता अनुप सुवेदीले कुनै पनि संस्थासँग आवद्ध नभएका स्वतन्त्र फिल्मकर्मी र डकुमेन्ट्री तथा सर्ट फिल्म बनाउनेहरुसँग सल्लाह नगरिएकोमा बोर्डप्रति गुनासो पोखे। अध्यक्ष राईले आफूले सक्दो सबै पक्षसँग छलफल गर्ने प्रयास गरेको तर यो समूह छुटेकामा माफी मागे। 'तपाईंहरुका पाँचजना प्रतिनिधि आइतबार आउनुस्, हामी अझ विस्तृतमा छलफल गर्नेछौं,' राईले भने, 'त्यतिबेला फिल्मको विकासका लागि के–के उपाय छन्, त्यो पनि सोचेर आउनुहोला।'
झुर फिल्मको संख्या बढेकोमा चिन्ता लाग्नु स्वाभाविक भए पनि यो मापदण्डले नयाँ फिल्मकर्मीलाई बाटो छेकेको निर्देशक निश्चल बस्नेतले बताए। स्वअध्ययन गरेर निर्देशनमा आउन लागेका आफ्ना एक मित्रलाई यो नियमले रोकेकोमा निश्चलले दुःख मनाउ गरे। 'अहिलेको समयमा इन्टरनेटबाटै मान्छेले धेरैकुरा सिक्नसक्छ, सेल्फ स्टडी गरेर फिल्ममा आउन लागेका थुप्रै युवालाई यो नियमले निराश बनाइदिएको छ,' निश्चलले भने, 'जुन निर्देशकको फिल्म मन परिरहेको छैन, तिनै निर्देशकसँग सहायक भएर समय बर्बाद गर्न को चाहन्छ र?'
फिल्म उद्योग असफल हुनुमा अहिलेका सक्रिय फिल्मकर्मी नै दोषी रहेको बोर्डका अर्का सदस्य सुरेशदर्पण पोखरेलले स्विकारे। 'हामी सबै दोषी छौं, हाम्रोजस्तै गल्ती नयाँले पनि नगरोस् भनेर यो मापदण्ड ल्याएका हौं,' उनले भने।
पोखरेलको भनाइमा निर्माता तथा निर्देशक प्रचण्डमान श्रेष्ठले आपत्ति जनाए, 'हामीले गरेको गल्तीको सजाय यो क्षेत्रमा नआइसकेकालाई किन दिनु नि? हामीलाई नै अयोग्य घोषणा गरिदेओस् न बोर्डले, हामी कहाँ गएर के सिक्नुपर्ने हो, सिक्नेछौं।'
प्रचण्डमानले आजभन्दा १० वर्षपछिको फिल्म उद्योगलाई यो मापदण्डले के असर पार्छ भन्ने विषयमा सोच्नुपर्ने आवश्यकता औँल्याए। कुनै पनि कार्यक्रम ल्याउँदा त्यसको दीर्घकालीन असरबारे सोच्न उनले सुझाव दिए।
सदस्य पोखरेलले जवाफमा भने, 'हाम्रो दिमागले भ्याएको यो एउटा मापदण्ड पनि हो, योभन्दा राम्रो अर्को बाटो छ भने तपाईंहरुले देखाइदिनुपर्योम।'
आइतबार थप अन्तर्त्रि्कया गर्ने सहमतिसहित बिहीबारको छलफल समापन भएको थियो। छलफलमा निर्देशक दीपक रौनियार, सचिन घिमिरे, दीपेन्द्र भण्डारी, कलाकार नम्रता श्रेष्ठ, ऋचा शर्मा, रेमनदास श्रेष्ठ, वकिल तारा श्रेष्ठ र विकास बोर्डकी सदस्य रुपा रानाको पनि उपस्थिति थियो।