सुदर्शनको स्वरमा मुमताजको ताली
२९ कार्तिक २०७१
•
७ मिनेट पाठ
सुदर्शनको स्वरमा मुमताजको ताली
ढाका- 'स्वर्गझैं सुन्दर यो मातृभूमि
अन्त कहाँ पाइन्छ
मुखको होइन मुटुको माया
देशलाई चाहिन्छ...'
राष्ट्रप्रेम झल्कने यो नेपाली गीतबाट सुदर्शनबिक्रम राणाले शुक्रवार साँझ एकल गायन थाल्दा साढे तीन सय स्रोताको तालीले सभागृह गुञ्जियो।ढाकास्थित प्रतिष्ठित बाङ्ला एकेडेमीमा राणाको एकल गायन सुन्न बंगाली, नेपाली र विदेशी पहिल्यैदेखि तम्तयार थिए। विदेशी भूमिमा सांगीतिक स्वाद चखाउन नेपाली पोसाकमा सजिएका राणा जति भावुक भएर गाइरहेका थिए, शिरमा ढाका टोपी पहिरिएका आधा दर्जन बंगाली संगीतकर्मी उत्तिकै गम्भीर भएर वाद्यवादनमा हात चलाउँदै थिए। 
सार्क मुलुकका 'डिप्लोम्याट' सामु राणाको स्वर मुखर बनिरह‘दा दर्शकदीर्घाको अग्रपंक्तिमा मुस्कुराउँदै ताली बजाइरहेकी थिइन्, मुमताज बेगम। सात सयभन्दा धेरै गीत गाइसकेकी र बाङ्ला संगीतको पर्याय बनेकी मुमताजको समर्थनले सुदर्शन अताल्लिएनन्, झनै गम्भीर भएर स्वरमा निखार ल्याइरहे। नेपाली दूतावासका सैनिक सहचारी राणा ढाकामा पहिलोपल्ट गाउँदै थिएनन्। पोहोर यस्तै पहिलो एकल गायन गरिसकेका उनी यसपल्ट मुमताजको उपश्थितिले बढी परिपक्व गाइरहेका थिए। 
'नेपाल, नेपाली र नेपाली संगीतप्रति मेरो सदैव सद्भाएव रहनेछ' सुदर्शनको स्वर गुञ्जिनुअघि नै मुमताजले भनेकी थिइन्, 'दुई देशबीचको भाषा, कला र संस्कृतिको उन्नति भइरहोस्।' मुमताजको ममतापूर्ण सम्बोधनले सांगीतिक जमघटमा रस थप्यो। बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ, काउन्सिलर सुशीलकुमार लम्साल, बंगलादेशी पर्यटन मन्त्री रसिद खान मेनन् आदिले मुहारमा हाँसो ल्याउँदै मुमताज वाणीलाई होस्टेमा हैंसे गरे। त्यसैको उत्साहले सुदर्शन शब्दमा पोखिइरहे, 
शितल बहने ए हावा 
मेरो मायाको गाउँ जा 
यता सञ्चै छ भनिदे
उनको हालखबर बोकी आ 
आफैंले रचेका १७ गीतमध्ये सुदर्शनले चौथोमा यो प्रस्तुत गरिरहँदा सभागृहमा स्रोत बनेका ढाका अध्ययनरत नेपाली विद्यार्थी मात्र होइन, विदेशी 'डिप्लोम्याट'सम्मले टाउको हल्लाइरहे। किनकि, यो युगल गीतमा ढाकाकै गायिकाले सुदर्शनसँग सुरिलो स्वर खापिरहँदा सभागृह बढी सांगीतिक बनेको थियो। ढाकामा आक्कलझुक्कल हुने नेपाली सांगीतिक जमघटको परख लिन भेला भएका विभिन्न पेसाकर्मी लोभलाग्दो क्षण उम्केला भनेर बसिरहे। रात छिप्पिँदै जाँदा सुदर्शनले स्वर सुरिलो पारिरहे। 
५० वर्षअघि काठमाडौं टेकुमा जन्मिएका सुदर्शन नेपाली संगीतमा चिनिँदै गरेका व्यक्ति हुन्। २०४३ देखि नेपाली सेनामा आबद्ध उनी ढाकामा कर्नेलको पद सम्हालेर सैनिक सहचारीको कूटनीतिक भूमिका निर्वाह गर्दैछन्। बडीधारास्थित दूतावासमा बस्ने उनले एकल गायनको कम्ती तयारी गरेका थिएनन्। निकै दिनदेखि यतैका संगीतकर्मी र गायिकाको साथ लिएर बंगाली गीतमा पनि आफ्नो दक्षता पुष्टि गर्ने अवसर खोज्दै थिए। त्यसैले त दर्जनौं हेभिवेट उपस्थित सभागृहमा उनले गाइरहे, 
ओ अमार 
उडाल पंखी रे 
जा जा तुई 
उडाल दिया जा 
तीन वर्षे ढाका बसाइमा १० वटा सांस्कृतिक कार्यक्रममा स्वर पस्किइसकेका सुदर्शनलाई यसपल्ट स्थानीय ओएक्को लिमिटेडले सघाएको थियो। बंगलादेशी भाषा, कला र संस्कृतिको श्रीवृद्धिमा डटिरहेको उक्त कम्पनीले राणाले रचेका ५० गीतको संग्रह 'ढाका' प्रकाशन गरेको छ। नेपालीमा रचिएका गीतलाई सुशीलकुमार लम्सालले अंग्रेजी र द्रोण पौडेलले बंगाली अनुवाद गरेका हुन्। बुढीगंगा तीरको अहासन मन्दिर आवरण बनाइएको गीतिसंग्रह शुक्रवारै विमोचन गरि धेरैका हात पुर्याइयो।
'जागिरे जीवनका अनुभव, नेपालका कुना कन्दरा र दैनिक जीवनका भोगाइलाई गीतमा उतारेको हुँ,' दोस्रो एकल गायन र गीतिसंग्रहको सफल समापनपछि सुदर्शनले सुनाए, 'स्वदेश फर्केपछि सांगीतिक रुचिलाई अझ मलजल गर्छु।' २८ वर्ष लामो सैनिक जीवनमा थुप्रैखाले उतारचढाव व्यहोरेका र राजनीतिक अस्थिरता देखेभोगेका उनले गीतमा सद्‍भाव, एकता र शान्तिको सन्देश दिएका छन्। द्वन्द्वकालको दुई वर्षे इलाम बसाईमा तयार भएको 'इलाम' उनको पहिलो सांगीतिक एल्वम हो। 
आफूले लेखेका झण्डै पाँच सय गीतमध्ये सुदर्शनले २५ वटा रेकर्ड गरिसकेका छन्। दर्जनौंको कम्पोज भइसकेको छ। जागिरे जीवनमा दाङ पुगुन वा लेवनान, उनका डायरी गीतले भरिन्छन्। पहिलो एल्वम बिक्रीमार्फत् इलामका दृष्टिविहीनको क्षमता विकासमा खुलेर सहयोग पुर्याएका सुदर्शन 'ढाका' गीतिसंग्रह बिक्रीको रकम पनि सामाजिक काममै खर्चिन चाहन्छन्। एउटा साँझ स्मरणीय पार्दै गायनको बीचमा खुलेर त्यो उद्‍घोष गरेका उनले बंगलादेशी संगीतलाई गरेको प्रेम पनि कम थिएन, 
ढाका शहरे घुरेछी 
भालो बन्धु पेएछी।।।


अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस