हङकङ-कोही हिट हुनुको अर्थ यो होइन कि ऊ सधैं त्यही क्षेत्रमा रमाइरहन्छ। जस्तो, विक्रम गुरुङ। चालीसको दशकमा साथीभाइमाझ हिट संगीतकारको पहिचान बनाएका विक्रम हिजोआज संगीतदेखि टाढा छन्। उनको साथीसंगत र दिनचर्या फेरिएको छ।
गायक अरुण थापा अल्पायुमै बिदा भए पनि उनले गाएका थुप्रै गीत सदाबहार वा अमर छन्। उनका त्यस्ता सदाबहारमध्येकै एउटा गीत हो, ‘भुलुँ भुलुँ लाग्यो मलाई।' अहिले अलग हावापानी र दुनियाँमा बाँचिरहेका विक्रम गुरुङ यही गीतका कम्पोजर हुन्।
गीतसंगीतको क्षेत्रमा गायक पर्दाअगाडि रहन्छ भने गीतकार र संगीतकार पर्दापछाडि। त्यसैले एउटा हिट गीतका गायकलाई श्रोताले जति चिन्छन्, त्यति गीतकार वा संगीतकारलाई चिन्दैनन्। नामले चिने पनि अनुहार खासै चिन्दैनन्।
झन् विक्रम त गीत हिट भएको छोटो समयमै सन् १९८५ तिर हङकङ आए। नेपाल छाडेपछि उनी संगीतबाट लगभग टाढा रहे। हङकङमा उनको कलाकारिताले निरन्तरता पाएन। स्कुलमा अंग्रेजी पढाउन उनी हङकङ आएका थिए, जुन अहिले पनि जारी छ। स्थानीय डायसेसन ब्वाइज स्कुलमा उनको मास्टरी चल्दैछ।
फेवाताल सिरानको गाउँमा जन्मेका विक्रमको बाल्यकाल साहित्यकार सरुभक्तहरुसँग बितेको थियो। सरुभक्त र उनका अरु साथीहरु कलासाहित्यमै रमाइरहेका छन्। विक्रम चाहिँ स्कुलका केटाकेटीहरुलाई शिक्षामा हुर्काइरहेका छन्। बरु कहिलेकाहीँ क्यामेरा भिर्छन् र आफ्नो गाउँका दृश्य कैद गर्न बरालिन्छन्।
हङकङको जोर्डनमा बाक्लो भीडभाड हुन्छ। सबैलाई उतिकै हतार। तर, आफ्नो स्वाभाविक चालमै प्रकट भए विक्रम। नेपालीहरुको ओहोरदोहोर भइरहने ठाउँ हो जोर्डन। ‘भुलुँ भुलुँ' गीत नसुन्ने नेपाली सायदै होलान् हङकङमा। तैपनि त्यही गीतका कम्पोजर आफ्नै सहरमा छन् भन्ने धेरैलाई थाहा छैन।
‘मलाई चिन्ने पनि धेरै छन्, गीतलाई चिन्ने पनि धेरै छन्। तर मलाई चिन्नेहरुमध्ये धेरैलाई समेत त्यो गीत मैले नै कम्पोज गरेको भन्ने थाहा छैन। तैपनि यसमा कुनै दुखेसो छैन, मेरो गीतलाई सम्भि्कदिए पुग्छ,' म्याक डोनाल्डको उज्यालोमा उनले भने, ‘श्रोताहरु गीतलाई सम्भि्कन्छन् होला, तर मलाई बेलाबेला अरुणको याद आइरहन्छ।'
व्यक्तिगत रुपमा अरुण कस्ता थिए भन्ने बारेमा धेरैका आ–आफ्नै अनुमान छन्। यसलाई अन्धोले हात्ती छामेको दृष्टान्तसँग तुलना गर्छन् विक्रम। ‘अरुण एक जेन्टलम्यान थिए, तर उनको जीवन चाहिँ अलि अस्तव्यस्त नै थियो,' उनले सम्झे।
विक्रमको संगीतमा जम्मा तीनवटा गीत रेकर्ड भएका थिए। तीनवटै अरुणले गाए। अरुणको पहिलो गीत ‘कतै टाढा तिमीबाट' र अर्को गीत ‘आँखाको निद खोसिन' विक्रमका कम्पोजिसन हुन्। उनले आफ्नो एकल संगीत रहेको एल्बम अरुणकै स्वरमा निकाल्ने योजना बनाएका थिए। तर पूरा भएन।
‘पहिलो गीत उसलाई मन परेछ, त्यसपछि लगातार माग्यो, मैले कम्पोज गर्दैगएँ, उसको स्वरदेखि म पनि प्रभावित थिएँ,' बताउने विक्रमले सरुभक्तका दुइटा नाटक ‘एउटा घरको कथा होइन' र ‘शिशिरको अन्तिम दिन'मा संगीत दिएका थिए। त्यसपछि उनले अरु केही गीत कम्पोज गरे। रेकर्ड भएनन्। कतिपय गीत उनले बिर्सिसके।
उनी पहिलेजस्तो बिरानो भएर बस्न चाहन्नन्। छिट्टै नयाँ गीतहरु कम्पोज गर्ने सोच छ। केहीले उनलाई शब्द दिइसकेका छन्। ‘हङकङमा मान्छेलाई सुत्ने फुर्सद छैन, गीत कम्पोज गर्न कसरी भ्याउनु? तैपनिसमय मिलाएर काम गर्नेछु, नयाँ गीत लिएर आउनेछु,' वचन दिँदै उनी फेरि हङकङको भीडमा मिसिए सुस्त सुस्त।